20121001

नेपाली कांग्रेसका असन्तुष्ट जनजाति नेताहरुले असोज १७ गते पार्टी परित्याग गर्ने !

१८ गते एमाले परित्यागको घोषणा गर्ने तयारीमा रहेका असन्तुष्ट जनजाति नेताहरुले अन्य दल र समूहसँगको वार्तालाई पनि तिब्रता दिए
नेपाली कांग्रेसकास असन्तुष्ट जनजाति नेताहरुले असोज १७ गते पार्टी परित्याग गर्ने भएका छन् ।पूर्व सभासदहरु कुमार राई, डीबी लामा लगायतका नेताहरुले पार्टी परित्यागको तयारी गरेका हुन् । ‘काठमाडौंमा रहेका हामी साथीहरुले १७ गते कांग्रेस परित्यागको तयारीमा छौं’ भोजपुरका पूर्व सभापति समेत रहेका राईले अनलाइनखबरसँग भन्नुभयो-’यो सांकेतिक रुपमा मात्र हो ।’ उहाँका अनुसार कांग्रेस परित्यागको तयारी गर्नेहरुमा संखुवासभाका पूर्व सभापति गुर्गामणि देवान, ओखलढुंगाका पूर्व क्षेत्रीय सभापथि जुद्ध राई लगायतका जनजाति नेताहरु रहेका छन् । कांग्रेस परित्यागको तयारीमा रहेका नेताहरु एमालेको अशोक राई लगायतको समूहसँग मिलेर नयाँ पार्टी गठनको तयारीमा छन् । ‘हामी उहाँहरुसँग निरन्तर छलफलमा छौं’-राईले भन्नुभयो । उनीहरुले पार्टीले आफ्नो विचार छाडेको, पहिचानजसहितको संघीयता स्वीकार नगरेको, संविधानसभा संविधान नै नबनाई विघटन गराउन भूमिका खेलेको र सभासदलाई मतदान गर्ने अधिकारबाट बन्चित गरेको लगायतका आरोप लगाएका छन् । पूर्व सभासद इन्द्रबहादुर गुरुङ सहितका समूह भने तत्काल
कांग्रेसमा बस्ने भएका छन् । गुरुङको नेतृत्वमा कांग्रेसका जनजाति नेताहरुले पहिचानसहितको संघीयता स्वीकार नगरे पार्टी छाड्ने चेतावनी दिएका थिए । नेकपा एमाले उपाध्यक्ष अशोक राई नेतृत्वको अग्रगामी विचार समूहले नयाँ पार्टी गठनमा सघाउन तराई मधेस लोकतान्त्रिक पार्टी नेपाललाई प्रस्ताव गरेको छ ।
ललितपुरस्थित एक कार्यकर्ताको घरमा भएको वार्तामा अग्रगामी विचार समूहले नयाँ पार्टी गठनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेको छ । नेताहरुका अनुसार पार्टीको सम्पूर्ण दस्तावेजहरु तयार भएपछि यसबारे निर्णय गर्ने सहमति भएको छ । छलफलमा पार्टी एकतासम्म सक्ने गरी सहकार्य गर्ने सहमति भएको छ । अग्रगामी विचार समूहका नेता अजम्बर काङमाङ राईले भन्नुभयो-’पार्टी एकतासम्म हुन सक्ने गरी सहकार्य गर्ने समझदारी भएको छ । दस्तावेजहरु तयार भएपछि छलफल गछौं ।’ १८ गते एमाले परित्यागको घोषणा गर्ने तयारीमा रहेका असन्तुष्ट जनजाति नेताहरुले अन्य दल र समूहसँगको वार्तालाई पनि तिब्रता दिएको छ । नेताहरुका अनुसार कांग्रेसको असन्तुष्ट समूह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी लगायतसँग वार्ता भइरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक