नेकपा-माओवादीले ग्यासँ र औषधि बोक्ने बाहेकका भारतीय सवारी साधन नेपाल प्रवेश गरे नियन्त्रणमा लिने चेतावनी दिएको छ । माओवादी सचिव देब गुरुङले सांकेतिक रुपमा
आफूहरुले थालेको राष्ट्रियता जागरण अभियानमा सरकारले दमन गरे प्रतिरोध
गर्ने चेतावनी दिनुभयो । गुरुङले भन्नुभयो-’सरकारले रेस्पोन्स गरेको छैन ।
पेलेर नै अगाडी बढ्ने सोचेको हो भने यो विवाद टुङ्गदिैन, अझै बढेर जान्छ ।
हामी कुनै पनि हालतमा छाड्ने पक्षमा छैनौं ।’ उहाँले नेपाल र भारतको १० किलोमिटर वर पर
गर्न पाउने सम्झौता अनुसार सिमा वारिपारि गर्ने भारतीय सवारी साधनलाई भने
नरोक्ने प्रष्ट पार्नुभयो । हालै मात्र सरकारलाई ७० बुँदे माग बुझाएको
नेकपा-माओवादीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई असोज ११ गतेदेखि
नेपाल प्रवेशमा रोक लगाएको छ । सरकार र दलहरुले भने माओवादीको आन्दोलनको
विरोध गरेका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक