(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121117

झापड काण्डले उठाएको प्रश्न : केहि महिना पहिला सुशील कोईराला, त्यसभन्दा अघि झलनाथ खनाल, त्यसभन्दा अघि झक्कु प्रसाद र अहिले प्रचण्ड । आखिर किन यस्तो भईरहेको छ त ??

- बासु श्रेष्ठ 
एका विहानै श्रीमतिले समाचार सुनाईन 'प्रचण्डलाईपनि झापड हानेछन्' । मैले लगत्तै ठट्टाको स्वरमा भनेँ 'लौ त्यसो भए प्रचण्ड फेरी प्रधानमन्त्री हुनेभयो ।' तर तुरुन्तै म सोच्न बाध्य भएँ आखिर किन यस्तो भई रहेको छ त ? केहि महिना पहिला सुशील कोईराला, त्यसभन्दा अघि झलनाथ खनाल, त्यसभन्दा अघि झक्कु प्रसाद र अहिले प्रचण्ड । 'पन्ध्रहजार नेपालीको रगतले मुछिएको प्रचण्डलाई नहाने कसलाई हान्ने त?' 'झापड होईन म भएको भए लात दिन्थेँ' या यस्तै यस्तै टिका टिप्पणी अनलाईनमा देखिए । धेरैले आफ्नै मनको चाहना पुरा भएको भाव व्यक्त गरे । अनलाईनमा त के छ र बकि दिए पुग्यो । कोठामा बसेर जे भनेपनि भयो । तर त्यत्तिका सुरक्षाको माझ थप्पड हान्दा के परिणाम हुन्छ भन्ने जान्दाजान्दै किन हाने होलान् त? आखिर ज्यानको खतरा त पदम कुँवरकै छ । पिटाई उसैले खायो रक्ताम्य हुनेगरी । धन्न प्रहरीले सुरक्षामा लिईहाल्यो । नत्र उसको मृत्यु त्यहिँ हुन बेर लाग्दैनथ्यो । यो परिणामको सम्भावना हुँदाहुँदै
किन हिम्मत गर्याे होला त ? तर नेपालको राजनैतिक वृत्तमा जुन परिस्थिति देखा परेको छ त्यो कदापी प्रिय होईन । अपितु एउटा अहम् प्रश्न भने उठेको छ आखिर किन यस्तो भई रहेको छ त ? नेताप्रतिको वितृष्णा जनताको त छँदैछ तर यिनकै पछि लागेर जयजयकार गर्ने कार्यकर्ताहरुको वितृष्णा देखेर सोच्नैपर्ने भएको छ आखिर किन ? यस्तो व्यवहारले के कस्तो परिणाम निम्त्याउन सक्छ ? विरोधको शैली किन र कसरी यस्तो कठोर र हिँसात्मक हुँदैछ ? यि प्रश्नहरु मेरो मन मथिँगलमा घुम्न थाल्यो । दुर्भाग्यबश नेपालको ईतिहासमा अहिलेसम्म हामी एकापसमै लडिरहेका छौँ । एकिकरणको युद्ध होस् या राणा विरुद्ध होस्, २०३६ होस् या २०४६ होस् या २०६३ हामी आपसमा आपसकैलागी लडिरहेका छौँ । एकिकरणको युद्धलाई छोडेर बाँकि सबै लडाईँमा जनताले विश्वास गरेकाहरुबाट जनताले धोका पाएको अनुभव गरेका छन् । विसँ २००७ देखि २०१७ सम्मको उतार चढाव र अनिश्चिततामा नै जनता थाकि सकेका थिए । त्यसैको फाईदा लिएर पँचायत व्यवस्थाको उदय भयो । तर तीसवर्षपछि निरकँुश पँचायतको अवसान भएपनि अर्काे यस्तो उदार पँचायतको उदय भयो जहाँ नेता मन्त्रीहरुमात्र रातारात सडकबाट महलमा पुगे । तर जनआन्दोलनमा लडेका मरेकाहरुको र आम जनताको परिस्थितिमा कुनै आशातित परिवर्तन भएन । फलतः जनतामा पलाएको आशा निमोठिएर कुँजिन बाध्य भयो । सत्तामा पालैपालो पुगेका दलहरुले राष्ट्र् र जनताको नाममा केहि नगरी दल अनि आफ्नै र आफन्तकोमात्र पृष्ठपोषक भएको फलस्वरुप अर्काे आन्दोलनले जन्म लियो माओवादी आन्दोलन । तर यो आन्दोलन राष्ट्र्कोलागी सबैभन्दा विकास घातक, वृहत, लामो र परिवर्तनकारी ठहरियो । किनभने यस आन्दोलनले १३ हजार नेपालीको ज्यान लियो नेपालीबाटै । देशमा निर्मित विकासका पूर्वाधारहरु ध्वस्त भए । तर यसको बदलामा राजतन्त्रले विदा लियो । लोकतन्त्र गणतन्त्रको स्थापना भयो । १३ वर्षे माओवादी आन्दोलनको अवधिमा देशका युवाहरुले रँगीन र मीठो सपनाकोलागी सरकार विरुद्ध आफुलाई होमे । देशमा परिवर्तन आए आफुलाई र सन्ततीलाई केहि हुन्छ कि भनेर ज्यान हत्केलामा राखेर बन्दुक बोके । कतिले जबर्जस्ती बन्दुक बोकेपनि मीठो सपनामा आफ्नो बाध्यता भुले । कतिपय बाबुआमाले तिनै सपनाकोलागी आफ्ना छोराछारी डरले, करले या रहरले सरकारविरुद्ध सुम्पे । आज नभए नि भोली दुई छाक राम्रोसँग खान पाइएला, शान्ति सुरक्षाकासाथ बस्न पाईएला भनेर । आन्दोलनले केहि परिवर्तन त ल्यायो तर आम जनताको स्थितिभने जस्ताको त्यस्तै रह्यो । अपितु नेताका आर्थिक स्थितिमा उल्लेखित सुधार आयो । बसउठ, खानपिनमा सुधार आयो । हिजो आन्दोलनको बखत एउटै रुखमुनी बसेको, एउटै थालमा खाएको या एउटै ओछ्यानमा सुतेको व्यक्ति आज दुर्लभ र चिल्लो मोटरमा चढ्छ भने परिवर्तन कसकोलागी थियो रहेछ भन्ने प्रश्न सजिलै उठ्नसक्छ र कार्यकर्ताहरुमा नैराश्य, क्रोध या हिँसाको भावना जागेको हुनसक्छ । सुशील कोईराला, झलनाथ खनाल तथा झक्कुप्रसादप्रतिको आक्रोस स्पष्ट थियो । तर प्रचण्डप्रतिको आक्रमणको कारण भने अझै गर्भमै छ । हुन त माओवादीले यसमा षडयन्त्रको आशँका गरेका छन् । अझ देश विदेशको आशँका गरिएको छ । तर जब प्रतिपक्षीले षडयन्त्र नै गर्छ भने यस्तो हलुका षडयन्त्र किन गरीरहन्थ्यो र ? त्यसप्रति शँका गर्नु प्रतिपक्षीलाई फितलो या कमजोर आँक्नु हो । बरु माओवादीले यसको कारण पत्ता लगाएर निदानको मार्ग खोज्नु नै बुद्धिमत्ता हुन्छ । यदि प्रचण्डले आत्मालोचना गर्नुपर्छ भने त्योपनि गर्न पछि हट्नु हुन्न । पदम कुँवरलाई भेटेर उनको मनको कुरा प्रचण्डले आफैँ बुझ्न गए आफ्ना कार्यकर्ताप्रतिको मान, सम्मान र माया देखिन्छ र कुँवरले सजिलै आत्मग्लानी बोध गर्नेछ । उल्लेखित अड्कलका अतिरिक्त अर्काे कारण के पनि हुनसक्छ भने माओवादी मूल धारमा आएपछि हिँसात्मक मार्ग त्यागेको छ । सर्वहाराकोलागी लड्ने भनिएको दल सर्वसत्तावादमा गएर फसेको अनुभव गर्ने कार्यकर्ताहरुपनि छन् । आफुले जुन उदेश्यकोलागी लडेको हो त्यो उदेश्य पुरा हुनुपूर्व नै आन्दोलन रोकेको हुनाले कार्यकर्ताप्रति असन्तुष्टि जागेको हुन सक्छ र यो घटना निम्त्याएको हुन सक्छ । तर कारण जुनसुकै या जेसुकै भएपनि आवेगमा आउने, हिँसात्मक मार्ग अवलम्बन गर्नु भनेको कुनैपनि शान्तिप्रिय मानिसकोलागी पाच्य हुनसक्दैन । अपितु यस्तो स्थिति निम्त्याउने र अवलम्बन गर्ने दुबै पक्ष दोषी हुन् र दुबै सच्चिनु पर्दछ ।
************************************************
प्रचण्ड चड्कन काण्डमा चड्कन प्रदायकमाथि झन ठूलो प्रहार भयो तर प्रचण्डले त्यसमाथि कुनै दयाभाव राखेनन् एवम् उनको पार्टीद्वारा यो शान्ति र संविधान बन्न नदिने सुनियोजित षड्यन्त्र हो भन्यो !!!

- Narayan Adhikari 
चड्कन इतिहासः तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु. बुशको इराक भ्रमणताका उनीमाथि एकजना पत्रकारले जुत्ता फ्याँके । प्रतिक्रियामा राष्ट्रपति महोदयल भने– कुनै पनि अर्थमा यसबाट मेरो अपमान भएको छैन । स्वतन्त्र समाजको निर्माण गर्ने सवालमा यस्ता कुराहरु भइरहन्छन् । झलनाथ चड्कन काण्डमा चड्कन प्रदायक सम्मानित भए । शुशिल कोइराला चड्कन काण्डमा चड्कन प्रदायकले धुलाइ खाए पनि शुशिल कोइरालाद्वारा त्यसलाई छाडिदेऊ भन्ने अभिव्यक्ति आयो र प्रचण्ड चड्कन काण्डमा चड्कन प्रदायकमाथि झन ठूलो प्रहार भयो तर प्रचण्डले त्यसमाथि कुनै दयाभाव राखेनन् एवम् उनको पार्टीद्वारा यो शान्ति र संविधान बन्न नदिने सुनियोजित षड्यन्त्र हो भन्यो । सभ्यता खोज्न बाहिर निस्कने होइन, त्यो आफैबाट सुरु गर्नुपर्छ, अनुशासन अरुमा मात्र हेर्ने होइन, आफू पनि हुन जान्नुपर्छ । - source Facebook.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक