माओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकारको
प्रधानमन्त्रीका लागि सम्भावित चार जनाको नाम अघि सार्नुभएको छ ।
प्रचण्डका नजरमा अबका सम्भावित प्रधानमन्त्री डा. बाबुराम भट्टराई,
नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार र महन्थ ठाकुर हुन् ।
कांग्रेसका
हकमा भने प्रचण्डले शर्तसमेत अघि सार्नुभएको छ । आफ्नै
निवास लाजिम्पाटमा सोमबार साँझ सीमित सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले
प्रधानमन्त्रीको पहिलो बिकल्पमा बाबुराम भट्टराईकै नाम अघि सार्नुभयो ।
‘पहिलो बिकल्प बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सहमतिका सरकार बनाउने हो,
त्यसो हुन नसके माओवादीभित्रैबाट बन्ने अवस्थामा प्रकाश (नारायणकाजी) जीको
नेतृत्वमा जान सकिन्छ ।’ प्रचण्डले भन्नुभयो-’गठवन्धनभित्रबाट जानु
पर्ने भएमा मोर्चाका संयोजकसमेत रहनुभएकाले बिजयकुमार
गच्छदारजीको नाम आउन
सक्छ । उहाँको विकल्पमा महन्थ ठाकुरजी पनि हुन सक्नुहुन्छ ।’
कांग्रेसलाई पूर्वशर्त
पाँचबुँदे सहमतिअनुसार नेपाली काँग्रेसलाई
नेतृत्व दिने भनिएको भए पनि त्यसका लागि काँग्रेसले संबिधानका
अन्तरवस्तुको प्रष्ट खाका ल्याउनुपर्ने प्रचण्डले शर्त राख्नुभएको छ ।
‘उहाँहरुलाई नेतृत्व दिने पहिल्यै भनिएको हो, कांग्रेसको नेतृत्वबारे हामी
नकरात्मक छैनौं तर संबिधान पनि बन्दैन, सरकार पनि देउ भन्नुचाँहि
माओवादीमाथि अन्याय हुन्न ।’-प्रचण्डको भनाइ थियो ।
राष्ट्रपतिको वक्तव्य अनपेक्षित, तर मुठभेडमा नजाने
राष्ट्रपतिले वक्तब्य निकाल्नुअघि आफूसित
टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै प्रचण्डले आफुसँगको समझदारीभन्दा
भिन्नै तरिकाले अनपेक्षित रुपमा वक्तब्य आएको बताउनुभयो । ‘लिखित आउँछ भनिए
पनि अलि राजनीतिक किसिमको आउला भन्ने थियो, संविधानको धारा नै तोकेर आयो ।
यो संबिधानको मर्म र भावना बिपरीत भयो ।’-उहाँले सञ्चारकर्मीहरुसित
भन्नुभयो ।
राष्ट्रपतिले पत्र पठाएपछि सरकारले जवाफ
फर्काउनु स्वभाविक हो भन्दै प्रचण्डले अब प्रधानमन्त्री र राष्ट्रपतिवीच
द्वन्द्व बढाउन नहुने बताउनुभयो । एमाओवादी अध्यक्ष प्रचण्डले
राष्ट्रपतिसित थप मुढभेडमा जानुभन्दा सहमतिबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
यसबारेमा पार्टीभित्र कुनै विवाद नभएको समेत उहाँको दावी छ । नायँ प्रधानमन्त्रीको नाम सिफारिस गर्न
राष्ट्रपतिले दिएको समयसीमा सकियो भने मंसिर १४ पछि के हुन्छ ? भन्ने
संचारकर्मीको जिज्ञासामा प्रचण्डले हाँस्दै भन्नुभयो- ‘२१ गते आउँछ ।’
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक