20121104

एमाले नेता केपी ओलीलाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगियो

एमाले नेता केपी ओलीलाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।
निमोनिया भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका ओलीलाई थप उपचार गर्न भारत लगिएको एमालेले जनाएको छ । नेता ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुने छ । उनलाई एयर एम्बुलेन्स मार्फत लगिएको हो । उनको साथमा पत्नी र सहयोगी गएका छन् । यसैबीच, भारत लैजानु अघि नेता ओलीको स्वास्थ्य अवस्थाका बारेमा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतले अस्पताल पुगेर जानकारी लिएका थिए । फोक्सोमा निमोनिया भए पछि
नेता ओलीलाई शुक्रबार बेलुका उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।







तस्बिर : केशव थोकर /Nagarik

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक