20121103

एमाले नेता, माओवादीका कट्टर आलोचक केपी ओली अहिले खराव स्वास्थ्य स्थितिका कारण उपचारत, ओलीको शिघ्र स्वाथ्यलाभको कामना

- RaZesh Luitel 
एमाले नेता, माओवादीका कट्टर आलोचक केपी ओली अहिले खराव स्वास्थ्य स्थितिका कारण उपचारत छन ! हिजो र आज दिन भरि सामाजिक सन्जाल ट्विट्टर र फेसबुक उनको मृत्यु कामना गर्ने मित्रहरुको अभिव्यक्त्तीले भरिएको देख्दा हामीले भन्ने गरेको "मानविय संवेदना" हामी नेपाली माझ दिऊसै बत्ति बालेर खोज्नु पर्ने भएको हो कि भन्ने आभाष भएको छ ! यसो भन्दै गर्दा मलाई केपी ओलीको पिछलग्गु भनेर कसैले भन्छ भने ज्ञात रहोस केपी ओली र मेरो राजनितिक स्कूलिङ र बिचारधारामा आकाश जमिनको फरक रहेको छ ! मलाई के लाग्छ भने माओवादी डोमिनेन्ट रहेको बर्तमान राजनितिक अवस्थामा नेपाली माओवादीलाई टक्कर दिन सक्ने हैसियत मँ केपी ओली भन्दा बाहेक अरु कुनै नेतामा देख्दिन ! ज्ञात रहोस नेपाली माओवादीलाई नजिकवाट चिन्ने सिमित राजनितिज्ञ मा केपी ओली, कमल थापा मात्रै हुन भने बिदेशीहरुमा पूर्व अमेरिकी राजदूत मोरियार्टी नै
हुन ! मोरियार्टी तिनै मान्छे हुन जसले नेपाल छोडने बेलामा पनि प्रचण्ड संग हात नमिलाएको कुरो हामी सबैले देखे भोगेकै हो !केपी ओली अहिलेको खराव राजनितिक परिस्थितिका एक कारक हुन सक्दछन तर उनि आवश्यकता पनि हुन ! अत आऊनुस , हामी सबैले केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरौ ! ( राजेश लुइटेलले फेसबुकमा लेखेको यो प्रतिकृया प्रती शत प्रतिशत सहमति जनाउँदै नेपाल मदर डट कम पनि ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।)  
नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीलाई थप उपचारका निम्ति एयर एम्बुलेन्सबाट भारत लगिने कार्य आजका लागि स्थगित भएको छ। भारतबाट एयर एम्बुलेन्स आउन ढिलाई भएको तथा उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएकाले आज त्यसतर्फ लैजाने कार्यक्रम स्थगित गरिएको हो।
नेकपा (एमाले) का प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले आजका लागि स्थगित भए पनि भारत लैजाने विषयमा भोलि निर्णय हुने जानकारी दिए। नेता ओलीको छातीमा निमोनिया र सेप्टिसेमिया देखिएपछि शुक्रबार उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालले थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा सिफारिस गरेको थियो। 
ओलीका कटाक्ष :
ओली बिरामी भएपछि धेरैले उहाँले यसअघि बोलेका रमाइला तुक्काहरुको संग्रह सम्झेर आफ्नो फेसबुकमा राखेका छन् ।

· वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रुख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ । (माओवादी ठूलो पार्टी भए पनि एमाले कम्युनिस्ट आन्दोलनको मूलधार रहिरहने तर्क गर्दै )
· हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन (संविधानसभामा एमाले तेस्रो पार्टी भएपछि दिएको प्रतिकृया )
· छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस्’ (आफूलाई माओवादी विरोधी नठान्न अनुरोध गर्दै )
· झुम्रा, कागज र अरु मटेरियल त पहिलै थिए, तर ती पहिलै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।’ (पार्टीर्मागर्दशक सिद्धान्त जनताको बहुदलीय जनवाद आफ्नो कार्यकालमा विकास भएको पार्टी अध्यक्ष झलनाथ खनालको भनाइलाई खण्डन गर्दै मदन भण्डारीको अगुवाइमा जबज विकास भएको बताउँदै)
· झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौं । पुतली बनाएपछि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौं भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रुपान्तरण गरेर वामपन्थी बनाउन सक्छौं, त्यही दिन वामपन्थी भनौंला । हाललाई माओवादी वामपन्थी होइन ।
· गोगो साबुनको विज्ञापनमा भन्छ नि, गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाइ अरुले अरूले गालामा चड्याम्म हान्छ, अनि कस्तो दुख्नेगरी हानेको सहन्नँ है म भन्या छ । (माओवादीले एमाले कार्यकर्तामाथि गरेको ज्यादतीलाई पार्टी नेतृत्वले सामान्य वक्तव्यमै टुंग्याउने गरेको बताउँदै)
· पत्रिकामा ल बाबु हो अब रंग भर भनेर एउटा कुखुरो बनाइदिएको हुन्छ । र्लुकामा रातो, खुट्टामा खैरो, सिउरमा फुस्रो रंग भरेर पठाउँछन् केटाकेटी । जबजलाई त्यस्तै र्गन खोजिएको छ । केटाकेटीलाई रंग भर भनेर दिइएको चित्रजस्तो होइन जबजको व्याख्या गर्ने तरिका ।’ -महाधिवेशनअघि र्पाटीको सिद्धान्त जबजलाई तोडमोड र्गन खोजिएको भनाइ राख्दै)
· जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपिस्टिक लगाइदिनुपर्छ भनेर बहस र्गने कि जबजले भनेअनुसार उग्रबामपन्थी र दक्षिणपन्थी बिरुद्ध लड्न थाल्ने र’ (र्पाटीले अघि सारेको विचार जबजलाई सही प्रयोग नगरी यसको अपव्याख्यातिर ध्यान दिएको बताउँदै)
· संविधानसभामा वामपन्थीको दुई तिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी परेको छ । त्यसमाथि त्यहीँ बाँदर पल्केको छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ?
(संविधानसभामा वामपन्थीहरूले ६२ प्रतिशत सिट जितेकालाई उपलब्धि भन्ने झलनाथ खनालको विश्लेषणप्रति टिप्पणी गर्दै)
· हाम्रा पार्टीका महासचिवको हत्या गर्न भीरमा ढुकेर ढुंगा गुल्ट्याउने अपराधीहरूसँग सुमधुर सम्बन्धको वीणा र एकतारे बजाइरहेका छौं ।’ (पार्टी महासचिव ईश्वर पोखरेललाई रामेछापमा माओवादीले आक्रमण गरेपछि पनि पार्टी अध्यक्ष झलनाथ खनालको वामपन्थी जुधाएर दक्षिणपन्थीले फाइदा उठाउन खोजेको भन्ने भनाइको जवाफ दिँदै)
· सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पूरोमा हात राखेर रुन्छन, जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो । अहिले देखिइहाल्यो नि एमालेको नेतृत्वमा सरकार बन्न दिनु भएन प्रभु, बरु तपाइं हुनुस् दुई तिहाइ हामी मिलाइदिउँला’ भनेर गिरिजाबाबुकहाँ लम्पसार परेको ।’ (एमाले र माओवादी सम्बन्धबारे टिप्पणी र्गदै)
· माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल्नु, नकुद्, जमिन हेर भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो ।’ (माओवादी नेतृत्वको सरकार ढलेपछि कार्यकर्ता भेलामा बोल्दै)
· हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।’ (माओवादी आफ्नै उत्ताउलोपनले अप्ठेरोमा परेको र उसको आकार अस्थायी भएको बताउँदै)
· दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ ।’
(संविधानसभाको चुनावपछि माओवादीले अरूलाई हरूवा भनेर अपमान गरेको बताउँदै ।)
· माओवादीको जनविद्रोह भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै हो।’
· अठार पुराणको निष्र्कष परोपकारपुण्याय, पापाय परपीडनम्’ भने जस्तो एमालेको अहिलेको निष्र्कष माओवादी सुधार हो । तर, माओवादीलाई सुर्धानु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के र्गनु त ? -माओवादीलाई रुपान्तरण एमालेको प्रयास विफल भएको बताउँदै)
· युथर्फोस गठन किन गर्यौ भनेको चाहिँ ढोकामा पाले किन राखिस् भने जस्तो हो । चोर आएको आयै गर्छ, फेरि हतियारधारी चोर आउँछ । पहिला चोर नलाग्दा राख्ने गरेको थिएन । अचाक्ली गरेर आँखा झिमिक्कै गर्न दिँदैन त के गर्ने ? -(पार्टीको सुरक्षार्थ युथर्फोस गठन गरिएको जानकारी दिँदै)
· केको वाइसिएल र युथर्फोसको भिडन्त हुन्छ ? खुकुरी र टाउकोको मुठभेड’ भन्ने ?
(माओवादी र एमालेबीच भिडन्त होइन माओवादीले एकोहोरो आक्रमण र्गने गरेको बताउँदै)
· सरकारमा बस्ने एमालेको धर्म होइन । बाहुनले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार, शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन र्चचमा जान्छ भने जस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ?
· म उपप्रधानमन्त्री बन्ने कुरै छैन । केपी ओलीले कुनै कक्षा दोर्होयाएर पढेन, पढ्दैन पनि।
· माओवादीलाई शान्ति प्रकृयामा झुम्केबुलाकी दिउँला, कण्ठेतिलहरी दिउँला भनेर फकाएर ल्याएको होइन ।
· अंकको कुरा नर्गने हो भने माओवादीले मुख्य पार्टी भनेर ङ्र्यारर्ङुर गर्ने, गर्धन फुलाउने काम नगरे हुन्छ । यति जनादेश, उति जनादेश भनेको अंककै कुरा हो, दस्ताबेजको कुरा होइन । बहुमत भनेको संख्या पुर्याउने हो, प्रर्चा पुर्याउने होइन ।
· बाहृय शक्तिका कुरा माओवादीले धेरै बुझ्छन् । धेरै र्वष बाहिर बसेर संगत गरे, हिमचिम राखे । त्यस्ता कुरा हामी कसरी बुझ्छौं ? (अन्य र्पाटी विदेशी इसारामा चलेको माओवादी भनाइप्रति प्रतिक्रिया दिंदै)
· गुरिल्लाले फुटबल खेल्ने भएपछि खेलाडीको के काम ? म पनि काठमाडौं र्फकेर बुट लगाएर फुटबल खेल्न जान्छु ।
· सरकार आफैं अस्पष्ट रहेछ । त्यही भएर सेनापतिसँग स्पष्टीकरण मागेको रहेछ । सेनापतिले स्पष्टीकरण दिए, अब सरकार स्पष्ट भयो । अब यो च्याप्टर सकियो । (सेनापति प्रकरणलाई स्पष्टीकरण मात्रै सोधेर टुंग्याउन सुझाव दिँदै)
· एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । ँलौ अब त्यो हात्ती यो झोलामा हालिदे’ भनेर निहुँ खोज्यो भने के र्गने ? मधेसको माग भनेको यस्तै हो ।
· बाबुराम भट्टराईजी सम्बन्ध चिसियो भनेर आउनुभा’रछ । तताएर जानुभयो । (माओवादी नेता बाबुराम भट्टराईसँग आफ्नै निवासमा भेटपछि प्रतिक्रिया दिँदै)
· मोहनविक्रम र माओवादी कति जडसूत्रवादी हुन्न भने माओ लङर्माचमा दक्षिणबाट उत्तरतिर गएका थिए भनेर यी रक्सोलबाट रसुवातिर हिँड्न बेर मान्दैनन् ।
· माओवादीले केही नाप्दैन । बाँदरले रुख हल्लाउने मात्रै हो, रुख भाँच्न सक्दैन ।
· म र्ककलोमाथि बन्चरो चलाउन चाहन्नँ । (माओवादीका ससाना कुरामा आफूसँग प्रश्न नर्गन अनुरोध र्गदै)
· माओवादीको एक्काइसौं शताब्दीको जनवाद भनेको भुमरी हो । भुमरी बाटो होइन, चक्र हो । यो प्रचण्डपथ पनि कुनै निसानामा खसाल्ने होइन, जहाँ खस्यो त्यही निसाना भन्ने हो । हतियार उठाउँदा पनि प्रचण्डपथ, हतियार बिसाउँदा पनि प्रचण्डपथ । के हो यो प्रचण्डपथ ? (माओवादीको प्रचण्डपथलाई जबजसँग तुलना नर्गन अनुरोध र्गदै)
· माओवादी अरु आठ र्वषमा सकिन्छ । उग्रवामपन्थको आयु २० र्वष हो, १२ र्वष त भइसक्यो ।
· संविधानको कुनै धारा पेस्की दिइने विषय होइन । (संविधान बन्नुअघि नै आश्वासन बाँड्न नहुने र्तक र्गदै)
· पार्टीमा एकता भनेको सबै स्थायी कमिटी सदस्यलाई एकैचोटि रायोको सागसँग हरियो र्खुसानी कुटुक्क टोक्न मन लाग्ने, सबैलाई एकै दिन मस्यौरा खान मन लाग्ने होइन । (एकताको र्अथ बहस निषेध नभएको बताउँदै)
· नयाँ नेपाल बनाउने भनेको बैतडीको गोलीकाण्ड हो ? विराटनगरको ठेक्कापट्टा हो ? वनफँडानी र रक्तचन्दन हो ? सप्तरीको हत्याकाण्ड हो ? -विधिको शासनबाट मात्रै नयाँ नेपाल बन्ने बताउँदै)
· प्रचण्डको सम्बोधनमा आदरणीय बा रे, आदरणीय आमा रे, आदरणीय दाजुभाइ, दिदीबहिनी रे, बाको खुट्टा भाँच्या छ, आमाको टाउको र्फोया छ, दाजुभाइको नलीहाड फुटालेको छ । पहिले टाउको र्फोने अनि कानबाट खुदो खन्याइदिने ? (माओवादीको भनाइ र गराइमा अन्तर रहने गरेको र्दसाउँदै)
· माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।
· गोरुसँग ज्ञान र बोल्ने सीप हुँदैन, सिङको भरमा हान्न खोज्छ, माओवादीको चरित्र उसैसँग मिल्छ ।
· बाँदरलाई खेताला लगाएर कसैले पनि मकैको कुन्यु खडा र्गन सक्दैन

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक