20121105

नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिका लाई अन्तराष्ट्रिय कलाकार मँचले मान्यता प्रदान गर्दै मँचका उपाध्यक्ष यम बराललाई मँचका तर्फबाट आधिकारिक रुपमा प्रतिनिधित्व गर्न अनुमती, मँचका कुनै पनि सदस्य उक्त संस्थामा आबद्ध भै कृयाशिल हुन सक्ने

नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिका ( UNAA -युना) ले आउने नोभेम्बर १७ तारीखको दिन न्यूयॉर्कमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यूयोर्कको कुईन्स स्थित कुईन्स प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा कलाकारहरुको जम्बो टोलीले बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्ने भएकाछन ।अमेरिकामा रहेका नेपाली कलाकारहरुको सहयोगार्थ आयोजना गरिन लागेको उक्त
कार्यक्रमलाई न्यूयोर्कमा ऐतिहासिक कार्यक्रमको रुपमा हेरिदै आएको छ ।"कार्यक्रममा गीत / संगीत र नृत्य नभएर फरक प्रस्तुति लिएर दर्शक सामु प्रस्तुत हुनेछु" बरिष्ठ अभिनेत्री गौरी मल्ल भन्छिन -" आशा छ मेरो प्रस्तुतिलाई दर्शकले मन पराउनु हुन्छ" ।अमेरिकामा रहेका नेपाली कलाकारहरु बिच आपसी सद्भाव बढाउदै र एक आपसमा सहयोग गर्ने मुख्य उद्देश्य अनुरूप स्थापना गरिएको यस संस्थामा हाल ८० जना भन्दा बढ़ी सदस्यहरु आबद्द छन । अन्य सामाजिक संघ संस्थाको जस्तो बिभिन्न पदाधिकारीहरु चयन नगरिएको यस संस्थालाई हाल नेपाली चलचित्र क्षेत्रकी बरिष्ठ अभिनेत्री गौरी मल्लले संयोजन गर्दै आएकीछिन ।अमेरिकामा स्थापना भएका बिभ िन्न नेपाली संघ संस्थाले आयोजना गरेको कुनै पनि कार्यक्रममा अब उपरान्त संस्थामा आबद्द कुनै पनि कलाकारले निशुल्क कार्यक्रम प्रस्तुत नगर्ने भएकाछ्न । यसको लागी कलाकारको लोकप्रियता र माग अनुरूप पारिश्रमिक निर्धारण गरिने र यसको लागी संस्थामा आयोजक संस्थाले आधिकारिक रुपमा पत्रचार गर्नु पर्ने अनिवार्य नियम कायम गरिएको छ । यो संगै कलाकारले कार्यक्रम प्रस्तुत गरेबापत पाउने पारिश्रमिकको निश्चित प्रतिशत संघलाई अनिवार्य रूपले बुझाउनु पर्नेछ । संस्थाले सामजिक संघ संस्था वा अन्य कुनै व्यक्ति या समूहले ले आयोजना गरेको कुनै पनि कार्यक्रममा बिना पारिश्रमिक आफ्नो प्रस्तुति प्रस्तुत नगर्ने अडान लिए पनि संचार संस्थाको कार्यक्रममा भने कुनै पारिश्रमिक नलिने भएकाछन । कलाकार र पत्रकारबिच नंग र मासुको सम्बन्ध रहेको कारण बताउदै कार्यक्रममा कुनै पनि पत्रकार एवं संचार संस्थाले आयोजना गरेको कार्यक्रममा कुनै पारिश्रमिक नलिने समेत पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । स्मरण रहोस् उक्त संस्थालाई अन्तरराष्ट्रिय कलाकार मँचले स्वागत र मान्यता प्रदान गर्दै मँचका उपाध्यक्ष यम बराल लाई मँचका तर्फबाट प्रतिनिधित्व गर्न अनुमती दिएको कुरा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले जानकारी गराउनुभएको छ । श्री खनाल ले यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिका ( UNAA -युना) मा आबद्ध सबै कलाकारहरुलाई बधाई दिदै मँचका कुनै पनि सदस्य उक्त संस्थामा आबद्ध भै कृयाशिल हुन सक्ने , यसले उद्देस्य अनुरुप काम गर्ने, कलाकारहरुको हक हित, कला र संस्कृतिका लागि अघी बढ्नेमा आफु पूर्ण बिश्वस्त रहेको बताउनुभएको छ । मँचका उपाध्यक्ष एबम यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिका ( UNAA -युना) का अग्रणी यम बरालले अन्तराष्ट्रिय कलाकार मँच अन्तराष्ट्रिय स्तरको संस्था छाता संस्था भएकोले यस् संस्था सँग समन्वय गर्दै अगाडि बढ्ने र नब गथित संस्था अमेरिका बेस भएको प्रस्ट पार्नुभयो ।  
   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक