20121210

डिसेम्बर २१ तारिखमा पृथ्वीमा प्रलय हुन्छ, पृथ्वी ध्वस्त हुन्छ भन्ने जस्ता कुराहरुबाट अहिले संसार चिन्तितछ तर यो कुरा गलतछ !

मानिसहरु यसैवर्षको डिसेम्बर २१ तारिखमा पृथ्वीमा प्रलय हुन्छ, पृथ्वी ध्वस्त हुन्छ भन्ने जस्ता कुराहरुबाट अहिले चिन्तित भएका छन् । तर, यो कुरा गलत भएको र यसको बारेमा कुनै प्रमाण समेत हालसम्म नजुटेको समाचार बीबीसीले सम्प्रेशन गरेको छ । बीबीसी अनलाईनमा प्रकाशित समाचार अनुसार हालै मंगल ग्रहमा मानिसको अस्थित्व खोजी गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यसैवर्षको डिसेम्बर २१ मा ‘पृथ्वीको अन्त्य’ हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो । उक्त अध्ययनलाई
स्रोत मान्दै समाचारमा भनिएको छ, २१ डिसेम्बरमा पृथ्वीको अन्त्य हुन्छ भन्ने भविश्यवाणी सम्भवतः गलत हुनेछ । यसअघि पनि यस्तो भविश्यवाणीहरु गलत हुँदै आएका छन् । समाचारका अनुसार यस्तो भविष्यवाणी सन् २००३ मा पनि गलत सावित भएको थियो । त्यस्तै २१ डिसेम्बर १९९१ मा पनि यस्तै किसिमको भविष्यवाणी गलत भएको थियो । त्यतिमात्रै होइन, १९९० को दशकमा त ६ पटक यस्तो समय थियो, जसमा पृथ्वी ध्वस्त हुन्छ भनिएको थियो । तर, ती सबै गलत हुँदै आए । सन् १८४० पछिको हरेक दशकमा कम्तिमा २–३ पटक पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरिदै आइएको छ । पृथ्वी ध्वस्त हुने यस्तो गलत प्रचार प्राचीन रोमको समयदेखिनै हुँदै आएको जनाइएको छ । त्यस्तै खबरका अनुसार यसैवर्ष रोयर्टसले गरेको एक सर्वेक्षणमा हरेक ४ मध्ये एक अमेरिकी र विश्वका हरेक ७ मध्ये एक मानिसहरु आफ्नो जीवनकालमै पृथ्वीको अन्त्य हुन्छन् भन्ने मान्यता राख्छन् । समाचारमा यो पनि उल्लेख गरिएको छ कि कुनै पनि ग्रह सधैं जीवित रहँदैन । तर, खगोलविद्हरुका अनुमान अनुसार पृथ्वीको साथमा ७.५ अरब वर्ष आयु अझै बाँकी छ । यसपछि भने पृथ्वी सूर्यमा बिलिन हुने जनाइएको छ


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक