20121210

प्रचण्डको जालझेल, तिग्डम, पर्दा पछाडिका खेल सबै हेर्दा लाग्छ यती धुर्त नेता नेपालमा जन्मेको पनि छैन र जन्मने पनि छैन । धुर्त पनि कती है आम्मै नि !

प्रचण्डलाई हातपात गरी सार्वजनिक मुद्दामा सजाय भोग्न जेल चलान भएका बाग्लुङका पदम कुँवरलाई प्रचण्डले नै जेल मुक्त गराउने भए रे !
तोरीको फुल देखिने गरी आफ्नै कार्यकर्ता पदम कुँवरले आफ्नो गालामा झापड हानेको केशमा आफैले टिभीहरुमा अन्तर्वार्ता दिँदा मैले माफि दिएँ भन्ने, फेरी भित्र भित्रै मुद्धा चलाऊन लगाउने, सार्वजनिक आपराधमा अधिकतम धरौटी २८ हजार लिन पनि लगाउने, जब उनी पैसा तिर्न नसकेर जेल गए, बिदेश बाट नेपालीहरुले पदम कुँवर लाई पैसा पठाएर छुटाउन थाले, त्यस पछी आफै धरौटी राखेर जेल मुक्त गराउँछु भन्ने नेपालका महान नाटककार, नौटँकी
गर्न माहिर प्रचण्डको चर्तिकला बुझिनसक्नुको छ । यिनले यहाँ पनि राजनीतिक खेल खेलेर मान्छे बेकुफ बनाउदैछन । अब यसैमा पनि उनले वाह वाह कमाउन खोज्दै छन । प्रचण्डको जालझेल, तिग्डम, पर्दा पछाडिका खेल सबै हेर्दा लाग्छ यती धुर्त नेता नेपालमा जन्मेको पनि छैन र जन्मने पनि छैन । धुर्त पनि कती है आम्मै नि ! ल अब यिनको नौटँकिको समाचार पनि पढ्नुस :            एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हातपात गरी सार्वजनिक मुद्दामा सजाय भोग्न जेल चलान भएका बाग्लुङका पदम कुँवरलाई प्रचण्डले नै जेल मुक्त गराउने भएका छन् । जिल्ला प्रशासन कार्यलयले मागेको २८ हजार धरौटी रकम बुझाउन नसेकर जेल चलान भएका कुावरको धरौटी रकम प्रचण्डले नै बुझाएर जेल मुक्त गर्ने तयारी भएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । प्रचण्डले आज सवै प्रक्रिया बुझेर धरौटी रकम फिर्ता गरी कुावरलाई जेल मुक्त गराउनुहुनेछ । प्रचण्डले आफुलाई थप्पड हान्नेलाई पहिले नै माफि दिएपनि अहिले यो घटनालाई तोडमोड गरेर वृहत बनाउन खोजिएपछि अध्यक्षले नै धरौटी रकम तिर्न लाग्नुभएको पनि खकुरेलले बताउनुभयो । कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगत्तै माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक