20121231

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकार चाख्ने बाहेक अरु कुनै उपलब्धि मुलक काम गर्न नसकेको आरोप

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले गोलमेच सम्मेलनबाट सहज निकास नखोजिए बन्दुक उठाउने चेतावनी

एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकार चाख्ने बाहेक अरु कुनै उपलब्धि मुलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपालले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकारको स्वाद लिएर भट्टराईले देश र जनतालाई ऋणमा डुबाएको वताउनुभयो । गणतन्त्र दैनिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रमलाई सोमवार दाङको घोराहीमा सम्बोधन गर्दै नेपालले  भन्नभयो,’महिना-महिनामा दलवलसहितको जम्बो टोली गरिब बस्तीमा गएर भोजभतेर लगाउने र जनतालाई ऋण बोकाएर फर्कदैमा नयाँ नेपाल बन्दैन ।’ उहाँले आफू जनताको गरिव बस्तीवाट फर्केपछि बिपन्न बर्गलाई राज्यले के दियो भन्नेवारे प्रधानमन्त्रीले गम्भीररुपमा सोच्नु पर्ने
वताउनुभयो । नेपालले मुस्ताङ म्याक्सवाट सुरु भएको भट्टराईको यात्रा गन्तव्यमा नै नपुगि गाडिको हावा फुस्किएको टिप्पणी गर्नु भयो । उहाँले सहमतीय सरकार निर्माणका नाममा विपक्षी दल भट्टराई नेतृत्व सरकारको टाङमुनी नछिर्ने वताउनुभयो । नेता नेपालले भन्नुभयो,’सहमतीय सरकार बनाउने नाममा वर्तमान सरकारमा सहभागी हुँदैनौँ । त्यसैले भट्टराई सरकार नहटेसम्म सहमतीय सरकारका निम्ति कुनै सहमति हुन सक्दैन ।’ उहाँले  काँग्रेस सभापति सुशील कोइराला जस्ता पाका नेतालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले पङ्गु बनाएको वताउनुभयो । बर्तमान सरकारको बर्हिगमन नहुँदासम्म सहमति नहुने भन्दै नेपालले राष्ट्रपतिले सहमतिका लागि जति पटक समय थपे पनि कुनै प्रगति नहुने बताउनुभयो ।
नेपालले काँग्रेसकै नेतृत्वमा सहमतीय सरकार वनाउने निर्णय विपक्षी दलले गरिसकेकाले सुशील कोइरालाकै  नेतृत्वमा सरकार वनाएर चुनावमा जानु पर्ने वताउनुभयो ।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले गोलमेच सम्मेलनबाट सहज निकास नखोजिए बन्दुक उठाउने चेतावनी दिनु भएको छ । पार्टीको नेवाः राज्यको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा बैद्यले भन्नुभयो-’जनताका समस्या समाधान गर्ने नाममा पुरानै ढङ्गले जाने हो भने जनता चुप लागेर बस्दैनन्, अर्को पटक बन्दुक उठ्छ, कसैले रोकेर रोकिन्न ।’ पुरानै तरिकाले जनताका समस्या सम्बोधन गर्न नसकिने भन्दै उहाँले क्रन्तिकारी शक्तिहरु एक भएर क्रान्तिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पार्टीको सातौं महाधिवेशनमा जनतासामु प्रतिबद्धता जनाएर आफ्नो पार्टी अघि बढ्ने जानकारी दिँदै उहाँले सहिद, घाइते योद्धाका आकांक्षा र जनताका चाहनालाई पार्टीले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो । नेता हितमान शाक्यले १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौताको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै नयाँ सहमति गर्न सकेमात्र समस्याको निकास निस्कन सक्ने धारणा राख्नुभयो । महाधिवेशन भोलिसम्म चल्ने छ । एक्काइस वर्षपछि पार्टीको सातौं महाधिवेशन आउँदो पुस २५ देखि २९ सम्म काठमाडौँमा हुँदैछ ।
 मधेसी जनअधिकारी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले संस्थाको गरिमालाई बचाउन एवम् राजनीतिक गतिरोध अन्त्य गर्न अग्रगामी कदम उठाउनुपर्ने बताउनु भएको छ । मधेसी पत्रकार समाज धनुषाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यादवले पटकपटकको म्याद परिणाममुखी हुन नसकेका कारण पनि राष्ट्रपतिले ठोस निर्णय जरुरी रहेको बताउनु भयो । राष्ट्रपतिको पटक-पटकको सहमतिको आग्रहलाई तीनदलका शीर्ष नेताहरुले उपहास गरेको भन्दै उहाँले उहाँले यस्तो अवस्थामा राष्ट्रपति संस्था नै निरीहसावित हुन सक्ने धारणासमेत राख्नुभयो ।राष्ट्रपतिले वर्तमान सरकारलाई बर्खास्त गरेर तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनभन्दा अरु विकल्प समाप्त भइसकेको अध्यक्ष यादवले बताउनुभयो ।उहाँले राष्ट्रपतिले अग्रगामी कदम नउठाएमा सरकार तानाशाही भई लोकतन्त्रका आधारलाई ध्वस्त पार्न सकिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक