20130101

लथालिंग देशको भताभुँग चाला, म्यादमात्रै थपेर देश कता जाला ?!

राष्ट्रपति डा. रामवरण यादव भारतको दिने भ्रमणबाट स्वदेश फर्केपछि सत्ता राजनीतिले अब कुन कोल्टो फेर्ने हो भन्ने चासो सबैतिर बढेको नेपालको आन्तरिक राजनीति निकासहीनताको संकट झेलिरहेको बेला आफैंले सुरु गरेको सहमतिको प्रयासलाई बिचल्लीमा पारेर राष्ट्रपति विदेश भ्रमणमा जानु उचित छैन भन्ने व्यक्त व्याप्त धारणालाई उपेक्षा गरी उहाँ भारत प्रस्थान गर्नुभएको थियो उहाँले बनारसमा हिन्दु विश्वविद्यालयबाट मानार्थडक्टर्स अफ को डिग्री लिनुभयो त्यसपछि उहाँले दिल्लीमा पुगेर त्यहाँका प्रायः सबै तहका नेताहरूलाई भेटेर नेपालको निकसहीन राजनीतिक स्थिति, निकासका निम्ति आफूले सहमतीय सरकारका निम्ति थालेको प्रयास दिल्लीकै टेकोमा उभिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट खडा भएको अबरोधवारे बेलिबिस्तार लगाउनुभएको कुरा जगजाहेर नै भैसकेको उहाँले चालेको कदमलाई भारतले समर्थन गरेको उहाँले आव्हान गरेकै आधारमा राष्ट्रिय सहमतिको सरकार छिट्टै बन्नेसम्मको प्रचारबाजी पनि उहाँ फर्केपछि सुरु भएको भारत जानुअघि आँफू फर्कनेबेलासम्म मिलिसक्नु भनेर दिनको म्याद उहाँले दिनुभएको थियो त्यसबीचमा प्रमुख दलहरूले सिन्को पनि भाँचेनन् स्वदेश फर्केपछि
उहाँले फेरि दिनको म्याद दिएर सहमति गर्न फर्मान जारी गर्नुभएको उहाँले भारत कसैको पक्ष विपक्षमा नरहेको, सहमतीय सरकार बैशाखजेठमा चुनाव भारतको पनि चाहना रहेको बुझेर उहाँ फर्कनुभएको तर भारतले जे भन्छ त्यो गर्दैन जे गर्छ त्यो भन्दैन भन्ने बुझेका राजनीतिक सूत्रहरू भने भेदनीतिले नेपालको राजनीति सहजै संगालिने अवस्था नरहेको जिकिर गर्नथालेका छन्
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति यादवले दिल्लीमा पुगेर आफ्नो पोल लगाएको आरोप लगाएर आक्रोश व्यक्त गरिसक्नु भएको आफ्नो समस्या आफैं समाधान गर्नुपर्छ भन्ने राष्ट्रपतिको आदर्शवाणि उहाँले दिल्लीमा राख्नुभएका कुराहरूबीच कुनै तालमेल नरहेको पनि आम टिप्पणी बेमौसममा दिल्लीको चक्कर मारेर उहाँले आफ्नो प्रतिष्ठालाई नै दाउमा राख्नुभएको कुरामा कुनै सन्देह छैन प्रधानमन्त्री भट्टराईले उहाँले दिल्लीमा प्रधानमन्त्रीका लागि नेपाली कांग्र्रेसका सभापति सुशील कोइरालाको लबिङ गर्नुभएको आफ्नोविरुद्ध पनि पोल लगाएको खुलाशा गर्नुलाई सामान्य रूपमा लिन सकिन्न नेपालको राजनीतिमा अहिले जुन भाँडभैलो मच्चिएको त्यो आन्तरिक उपज कम बाह्य हस्तक्षेपको प्रभाव बढी हुनुकै कारण हो भन्ने तथ्य जगजाहेर भैरहेको भारतको भेदकारी नीतिको जति नै भेउ पाए पनि नेपालका राजनीतिक नेताहरू त्यो ब्यूहरचना तोड्न मुलुकभित्रको आफ्नो समस्या आफैं समाधान गर्न हिम्मत कस्न सकेका छैनन् जानेर वा नजानेर होस् बाह्य शक्तिको कुटिल खेलको प्रभावबाट सत्ताको आकाङ्क्षा राख्ने राजनीतिक नेताहरू बहकिँदै आएका छन् दिल्लीको उपयोगमा रहँदासम्म आफूमात्र उसको बिश्वासपात्र रहेको भ्रम नेताहरूले पाल्ने गर्दछनु जब दिल्लीले सेवक फेर्न थाल्छ बल्ल उनीहरूको दिमागमा भारतीय चक्रब्यूहको आभास हुन थाल्छ भारतले चाह्यो भने १२ बुँदे सम्झौतामा जसरी प्रमुख भनिएका सबै दलका नेतालाई एउटै साङ्लोमा बाँध्न सक्छ नियतिले सिद्ध गरेको तथ्य नै यही हो भन्ने निष्कर्ष स्वतन्त्र विष्लेषकहरूको
विश्लेषकहरू भन्दछन्नेपालमा मच्चिएको राजनीतिक भाँडभैलोकै कारण नेपाल क्षतविक्षत बनाउन चाहने विभिन्न बाह्य शक्तिहरूले सामाजिकसम्प्रदायिक सद्भाव टुटाउन जातीय नारा उराल्न, धार्मिकसांस्कृतिक सद्भाव खलबल्याउन दृश्यअदृश्य रुपमा ठूलो लगानी प्रवाह गरिरहेका छन् राजनीतिक दलहरूभित्र मौलाएको विखण्डन प्रवृत्तिले आकार ग्रहण गर्दै गैरहेको भने धार्मिक सहिष्णुता सद्भाव बिरुद्धका गतिविधिहरू उत्कर्षमुखी छन् हालै प्रकाशमा आएको जनगणनाको परिणामले नेपालमा इसाई धर्मावलम्बीको संख्या . प्रतिशत रहेको देखाएको भने क्रिश्चियन धर्मावलम्बीहरूले नेपालमा क्रिश्चियन धर्मावलम्बीको संख्या जनसंख्याको कूल ११ प्रतिशत रहेको दावी प्रधानमन्त्री समक्ष नै प्रस्तुत गरेका छन् त्यो दावीलाई मान्ने हो भने नेपालको कूल जनसंख्या करोड ६७ लाखको हाराहारीमा रहेकेोा ३० लाख क्रिश्चियन भएको आँकडा निस्कन्छ यो दावीले नेपाल धर्मनिरपेक्ष राज्य घोषित भएपछि धर्म परिवर्तनले कस्तो गति लिएछ भन्ने खुलस्त हुन्छ जनगणनाले इसाईहरूको संख्या . प्रतिशत देखाउँदा नै आश्चर्यजनक अवस्था इंगित भएको थियो झन् इसाईहरूको ११ प्रतिशतको दावीले नेपालमा निकट भविष्यमै ठूलो धार्मिक द्वन्द्व मच्चिने आशंका विजारोपित भएको जानकार सूत्रहरूका अनुसार अहिले राजधानीदेखि लिएर देशका दुर्गम स्थानहरूमा समेत इसाई धर्म प्रचारकहरू छ्याप्छ्याप्ती घरघरमा पुग्न थालेका छन् नेपालमा राजनीतिक द्वन्द्व मच्चाउन पनि इसाईहरूको लगानी प्रवाह भैरहेको आरोपको पुष्टि हुन थालेको मुलुकले राजनीतिक संकट झेलिरहेको बेला धर्म प्रचार परिवर्तनको लहरले भविष्यमा ठूलो संकट सिर्जनागर्ने आशंका घनिभूत भएको । -Somnath Ghimire

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक