20130103

मानव अधिकार हनन गरेको अभियोगमा नेपालका एक सुरक्षा अधिकारी बेलायतमा पक्राउ !

मान्छे मारेर सत्तासिन प्रचण्ड, बाबुराम र उनका मतियारहरुको पनि पालो आउन सक्छ हेर्दै जानुस् !
Updated.....नेपाली सेनाको सुडानमा शान्ति स्थापना कार्यमा खटिएका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परेको नेपाली सेनाले पुष्टि गरेको छ। महासेनानी लामा छुट्टी मनाउने क्रममा बेलायत पुगेको बताइएको छ।नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले लामा पक्राउ परेको मौखिक र अनौपचारिक रुपमा जानकारी प्राप्त गरेको बताए। सो विषयमा विस्तृत जानकारी दिन लन्डनस्थित नेपाली राजदूतावासमा कार्यरत सैनिक सहचारी विश्वनाथ घिमिरेलाई जङ्गी अड्डाले निर्देशन दिइसकेको प्रवक्ता शर्माले बताए। नेपालमा विगतमा भएको सशस्त्रद्वन्द्वको समयमा युद्धबन्दीलाई यातना दिएको अभियोगमा त्यहाँको प्रहरीले लामालाई बिहीबार पक्राउ गरेको बताएको छ। बेलायतको फौजदारी कानुनमा युद्धबन्दीलाई यातना दिने व्यक्तिलाई प्रक्राउ गर्नसक्ने व्यवस्था छ।
****
 द्वन्द्वकालमा मानव अधिकार हनन गरेको अभियोगमा नेपालका एक सुरक्षा अधिकारी बेलायतमा पक्राउ परेका छन् । लण्डनबाट करिव १ सय १५ किलोमिटर टाढा रहेको इष्ट सुक्सेसमा रहेका उनलाई लण्डन मेट्रो प्रहरीले बिहीवार पक्राउ गरेको बीबीसी र एपीले जनाएका छन् । लण्डन मेट्रो पुलिसले उनको परिचय नखुलाए पनि बीबीसीले उनी नेपालका पूर्व सुरक्षा अधिकारी रहेको र सन् २००५ मा मानवअधिकार हनन र युद्ध अपराध लगायतका गतिबिधि गरेको दावी गरेको छ । मेट्रो पुलिसको प्रति आतंकबाद युनिटले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । लण्डनस्थित नेपाली दूतावासले पक्राउबारे पुष्टी गरे पनि उनको परिचयबारे थाहा नसकेको जनाएको छ । ‘पक्राउ गरेकोबारे पुलिसले हामीलाई सूचना दिएको छ, तर उनी को हुन भन्ने खुलाएको छैन’- दूतावासका एक अधिकारीले टेलिफोनमा भने-’हामीले बेलायती बिदेश मन्त्रालयसहित यसबारे जानकारी
गराउन भनेका छौं, थप जानकारी आइसकेको छैन् ।’ उनलाई नेपाल सरकारको अनुरोधमा भने पक्राउ नगरिएको बताइएको छ । यसको अर्थ जुन देशमा अपराध गरेको भएपनि बेलायतमा उनीहरु पक्राउ पर्ने र कानुनी कारवाही हुन्छ भन्ने रहेको एपीले जनाएको छ । स्रोतले उनी नेपाली सेनाका बहालवाला अधिकारी रहेको दावी गरेको छ । बेलायत सरकारले काठमाण्डौंस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाईसमेत जानकारी गराइसकेको स्रोतको दावी छ । बेलायती फौदजारी न्यायसम्बन्धी कानून १९८८ अनुसार यस्तो युद्ध अपराधमा त्यहाँ पक्राउ परेको व्यक्तिमाथि अपराध सावित भए त्यस्तो व्यक्तिलाई आजीवन कारावासको सजायँ हुन्छ । बेलायतबाट हाम्रा सहयोगीले दिएको जानकारीअनुसार नेपाली सेनाका ती अधिकारी बेलायतका घरै किनेर सपरिवार बस्दै आएका थिए । प्रहरीले पक्राउ अघि घरमा खान तलासीसमेत गरेको थियो । घटनापछि नेपाली दुताबासका सैनिक एट्याचीसहितका व्यक्तिहरु थुनामा परेका सैनिक अधिकारीलाई भेट्न जान लागेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक