20130102

नेताहरु कुर्सिकै लागि हानाथाप गरिरहेका बेला जनता भने चिसोमा खाना, लगाउने, ओढ्ने कुराको अभाबमा दिनहुँ यसरी मरिरहेका छन !

- हरिश ढकाल
   
शीतलहरसँगैको चिसोका कारण बारा,पर्सा तथा रौतहटमा गरी मर्नेको संख्या २३ पुगेको छ । पछिल्लो समयमा रौतहटमा चिसोका कारण थप दुई जनाको मृत्यु भएपछि यो संख्या बढेको हो । मंगलबार गौर नगरपालिका ८ की ८० वर्षीया त्रिपुरादेवी झा र मुड्वला गाविस ८ की ५५ वर्षीया अधिकारी देवी पासवानको मंगलबाराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  केही दिनदेखिको चिसोले मध्य तराईका जिल्लाहरुमा
बढेको कठ्यांग्रिदो जाडो र शीतलहरका कारण रौतहटमा १३,पर्सामा ४ र बारामा ६ जनाको मृत्यु भएको छ । यसैगरी बारामा पनि मर्नेको संख्या ६ पुगेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । कलैया नगरपालिका सहित जिल्लाको सबै गाविसहरुमा आगो ताप्ने ब्यवस्था मिलाइएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्कहरले दाबी गरेपछि हालसम्म बारामा यस बर्ष चिसोका कारण ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराको सूचना तथा संचार फाँटको अभिलेखमा उल्लेख छ । पछिल्लो पटक नरही ५ श्रीसिया टोलमा बेलुका एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षिय पांचु राउत कुर्मीको ज्यान गएको हो ।

पर्सामा पनि यस बर्ष चिसोका कारण मर्नेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । मध्य तराईको तीन जिल्ला मध्ये पर्सामा भने यस बर्ष सबैभन्दा कम चारजनाको मात्रै चिसोले ज्यान लिएको हो । पछिल्लो समयमा अलौंका जुमाद्दिन मियाँ र सोही ठाउँका बुधन गौरो थारुको मृत्यु भएपछि चिसोले मर्नेको संख्या पर्सामा चार पुगेको हो । तीन वटै जिल्लामा चिसोका कारण ज्यान गुमाउनेहरु बढी बिपन्न परिवारका सदस्यहरु रहेको पाइएको छ । केही बृद्धबृद्धा पनि रहेका छन् ।

यसैबीच बिगत दुई दिनदेखि बिहानैबाट घाम लाग्दा पर्सा सहित यस आसपासका सर्वसाधारणहरुले राहतको महसुस गरेका छन् । मंगलबार र बुधबार यस क्षेत्रमा बिहानैबाट घाम देखिएको हो । यद्यपि तराईका अन्य जिल्लामा भने अझै शीत लहरको प्रकोप देखिएको छ ।शील लहरबाट ज्यान गुमाएका परिवारका सदस्यहरुले राहत रकम सोत पाउन नसक्दा निकै समस्या भइरहेको पनि पीडितहरुले बताएका छन् । सरकारले चिसोका कारण ज्यान गुमाउनेहरुलाई अहिलेसम्म राहत दिने ब्यवस्था गरेको छैन ।

यता बुटवल वरपर बिगत ३ हप्तादेखि निरन्तर चलिरहेको बाक्लो हुस्सु र चिसो शितलहरका कारण पश्चिम नेपालका तर्राईका बिभिन्न जिल्लाको जनजिवन थप कष्टकर बन्दै गैरहेको छ । चिसोले कठ्यांग्रियर रुपन्देहीमा अहिले सम्म २ जनाको मृत्यु भएको छ भने अत्यधिक चिसोका कारण बालबालीका बृद्धबृद्धा बढि प्रभावित भएका छन । बाक्लो हुस्सु र चिसो शितलहरका कारण स्वासप्रस्वास सम्बन्धी समस्या, दम, रुघा खोकी, निमोनिया, भाईरल ज्वरो लगाएतका बिरामीहरुको संख्या यहाँका अस्पतालहरुमा ह्वात्तै बढेको चिकित्सकहरुले जनाएका छन ।
अधिकांश समय बाक्लो हुस्सु र चिसो शितलहर लाग्नाले दिउँसै बत्ती बाल्नुपर्ने अवस्था सिर्जना हुनुका साथै यहाँका राजमार्गहरुमा सवारी साधन दर्ुघटनामा पनि बृद्धी भएको छ भने हवाइ उडानहरु प्नि प्रभावित भएका छन  । भैरहवा स्थित गौतमबुद्ध बिमानस्थल कार्यालयका अनुसार बिहान साँझ भिजिबिलिटि कम हुनाले दिउँसो मात्र केही उडान हुने गरेको छ भने बिगतमा भन्दा आधा उडान कम गर्नु परेको बताईएको छ । यस्तै बाक्लो हुस्सु र चिसो शितलहरका कारण यहाँको कृषि क्षेत्रमा पनि प्रत्यक्ष असर परेको किसानहरुले बताएका छन । गहुँ, जौ, आलु, तोरी, मसुरो, अडहर लगाएतका तेलहन र दलहन बालीमा शितलहरका कारण बिभिन्न रोगहरु लाग्नुका साथै उत्पादन घट्नाले उनिहरु चिन्तित भएको कृषि बिकास कार्यालयका अधिकृतको भनाई छ ।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक