20130104

के के खिचडी पाक्दै छ नेपालमा लौ हेर्नुस् विवरण !

सहमतिको सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई सातौ पटक दिएको समयसीमा पनि ब्यर्थै वितेको छ । सातांै पटक दिइएको समयसीमाको अन्तिम दिन भईसक्दा पनि दलहरुबीच संवाद समेत हुन सकेन । बरु दलहरु सत्ताधारी दल एकीकृत माओवादीले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बनाउने नयाँ प्रस्ताव ल्याएर झनै अन्योल उत्पन्न गरिदिएको छ ।  नेपाली कांग्रेस र एमालेले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने चर्चालाई निषेध गर्दै कांग्रेस सभापति सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने अडान दोहो¥याएका छन् ।  यसैबीच, राष्ट्रपति यादवले भोलि विहान ४ दलका शीर्ष नेताहरुलाई छलफलका लागि शीतल निवासमा बोलाएका छन् । यता, नेकपा एमालेका बरिष्ठ नेताहले आज विहान राष्ट्रपति यादवलाई भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न आग्रह गरेका थिए ।  एमाले नेताहरु केपी ओली, इश्वर पोखरेल र विद्या भण्डारी लगायतले आज विहान राष्ट्रपति यादवलाई भेटेर सहमतिका लागि निर्णायक भूमिका खेल्न आग्रह गरेका हुन् । राष्ट्रपतिसँगको भेटपछि ओलीले राजनीतिक दलकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने बताए ।  स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्नुपर्ने चर्चा चलाएर एकीकृत माओवादीले सत्ता लम्बाउन खोजेको उनको आरोप थियो । आजै एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पनि राष्ट्रपति यादवलाई भेटेर देशलाई दुर्घटनाबाट जोगाउन निर्णायक कदम चाल्न आग्रह गरेको थियो । राष्ट्रपति
यादवलाई भेटेर युवा संघका नेताहरुले सहमतिको सरकार गठन गरी वैशाख भित्रै चुनाव गर्ने वतावरण बनाउन आग्रह गरेका हुन् ।

युवा संघ अध्यक्ष महेश बस्नेतले एकीकृत माओवादी सत्ताकब्जाको बाटोमा अघि वढेको भन्दै सचेत रहन राष्ट्रपतिको ध्यानाकर्षण गराएको पनि बताए ।राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका नेता केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा एमाले नेता ओलीले राष्ट्रपति यादवलाई भेट्नु भएको हो । शीतल निवासमा शुक्रवार विहान भएको भेटवार्तामा उहाँहरुवीच वर्तमान राजनीतिक अवस्था, मुलुकमा जारी संकट समाधान, सहमतीय सरकार गठन लगायतका विषयमा छलफल भएको  राष्ट्रपतिको कार्यलयले जनाएको छ । राष्ट्रपतिसंगको छलफल पछि बाहिरिने क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै नेता ओलीले काँग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गरी नयाँ निर्वाचनमा जानु पर्ने वताउनुभयो ।ओलीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार वन्न नसक्ने भन्दै राजनीतिक दलकै नेतृत्वमा सहमतीय सरकार गठन गर्नु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो,’स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गर्न सक्दैन । अनेक प्रकारका तमासा र कार्ड नदेखाए हुन्छ । मुलुकलाई निकास
राजनीति दलहरुले मुलुकलाई निकास दिनुको विकल्प छैन ।’ ओलीले प्रधानमन्त्री डा वावुराम भट्टराई स्वतन्त्र व्यक्तिको कार्ड फालेर सत्ता लम्ब्याउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । उहाँले स्वतन्त्र व्यक्तिको कार्ड फालेर अनेका खालका तमासा नदेखाउन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो । ओलीले दलहरुका वीचामा सहमति जुट्न नसकेकोमा राष्ट्रपति चिन्तित रहेको वताउनुभयो । ‘राष्ट्रपतिको चिन्ता मुलुकलाई कसरी निकास दिने भन्ने छ । त्यसवारेमा गम्भीर हुन आग्रह गर्नु भयो , राष्ट्रपतिको भनाई उदृढ गर्दै ओलीले भन्नुभयो । यसअघि शुक्रवार विहान नै नेता ओलीले काँग्रेस सभापति सुशील कोइरालासंग भेटवार्ता गर्नु भएको थियो । महाराजगञ्जस्थित कोइरालाको निवासमा भएको भेटवार्तामा सहमतीय सरकार गठन, नयाँ निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।  छलफलमा नेता ओली सहित  उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल लगायतका एमाले नेताहरु सहभागी हुनुहुन्थ्यो ।
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आगामी वैशाखमा संविधानसभा निर्वाचन हुने सम्भावना टरेको बताउनुभएको छ । निर्वाचनका लागि आवश्यक ऐन/कानुन संशोधन गर्नेबारे दलहरूबीच कुरा मिल्न नसकेकाले निर्वाचन वैशाखमा हुने सम्भावना सकिएको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘वैशाखमा निर्वाचन हुने सम्भावना टरेको छ’, शुक्रबार कृष्णसेन अनलाइनका लागि दयानीधि भट्टसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘निर्वाचनका लागि आवश्यक प्रक्रियाको अझै टुंगो छैन, यस्तो अवस्थामा वैशाखमा निर्वाचन हुन सक्दैन ।’ निर्वाचन अनिश्चित हुनुको दोष काँग्रैस एमालेले लिनुपर्ने प्रचण्डको भनाइ थियो । ‘चुनावसहित सबै विषयमा प्याकेजमा सहमति गरौँभन्दा काँग्रेस-एमालेले मानेनन्’ ‘प्रचण्डले भन्नुभयो, ‘यसको सम्पूर्ण जिम्मेवारी उनीहरुले नै लिनुपर्छ ।’
एजेण्डाविहीन रहेका विपक्षी काँग्रेस-एमालेले एकोहोरो ढंगले सरकारको नेतृत्व मागेकाले समस्या समाधान हुन नसकेको टिप्पणी प्रचण्डको छ । संविधानका अन्तरवस्तुसहित विवादित सबै विषयमा प्याकेजमा सहमति नभएसम्म वर्तमान सरकार नहट्ने स्पष्ट गर्दै उहाँले काँग्रेस-एमालेकै कारण बाबुराम भट्टराईको सरकारलाई लामै समय टिकाउन चाहिरहेको दाबी गर्नुभयो । ‘प्याकेजमा सहमति भयो भने अरुलाई नेतृत्व दिन तयार छौँ भनेर पार्टीका तर्फबाट मैले र बाबुरामजीले पटकपटक भनेका छौँ’, प्रचण्डले भन्नुभयो, ‘हाम्रो कारणले होइन काँग्रेस-एमालेको अहमता र दम्भका कारण यो सरकार अनन्तकालसम्म जाने देखेको छु ।’ अध्यक्ष प्रचण्डले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने विषय त्यति राम्रो नभए पनि अन्तिम विकल्पमा रूपमा उक्त विषय अघि सारिएको उल्लेख गर्नुभयो । यद्यपि, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउँदैमा दलहरू असफल भएको सन्देश नजाने उहाँको तर्क थियो । ‘बंगलादेशमा पनि पूर्वन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चुनावपछि ताजा जनादेशअनुसार दलहरुकै नेतृत्वमा मुलुक गयो । नेपालमा पनि त्यसै गर्ने भनेको हो । अनन्तकालसम्म स्वतन्त्र व्यक्तिलाई देश जिम्मा लगाउने भनेको होइन । निर्वाचन प्रयोजनका लागि मात्र गठन हुने त्यस्तो सरकारको औचित्यता चुनावपछि स्वतः सकिन्छ ।’
राजनीतिक दलहरुकै सहमतिमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्ने भएकाले दलहरुको भूमिका कम भएको अर्थमा बुझ्न नमिल्ने तर्क प्रचण्डको छ । नेपालमा पूर्ण रुपमा स्वतन्त्र व्यक्तिको खडेरी रहेको भन्दै उहाँले सापेक्षिक रुपमा स्वतन्त्र र २०६३/०६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने उल्लेख गर्नुभयो । व्यक्तिको टुंगो भने दलीय सहमतिमै लगाउन सकिने प्रचण्डले बताउनुभयो । अर्को एक जिज्ञाशाको जवाफमा उहाँले आफूले मुलुक संकटमा फसेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच द्वन्द्व बढ्न नदिन खेलेको भूमिकाको गलत व्याख्या भएकामा दुुःख व्यक्त गर्नुभयो । ‘मैले मुलुक संकटमा परेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच द्वन्द्व नहोस् भन्नका लागि भूमिका खेलेको हुँ । बाहिर अनेकथरि प्रचारबाजी भएका छन् । त्यसमा मलाई दुःख छ ।’
नेपालको राजनीतिमा अहिले पनि एकीकृत नेकपा माओवादी नै हावी रहेको भन्दै उहाँले आफूहरुलाई कमजोर पोर्न खेलमा देशी विदेशी शक्ति लागेको आरोप लगाउनुभयो । ‘अहिले पनि नेपालको राजनीति एकीकृत नेकपा माओवादीकै वरिपर घुमेको छ’, प्रचण्डले भन्नुभयो, ‘हामीलाई कमजोर पार्न देशभित्र र बाहिरका शक्ति लागेका छन् । तर सकेका छैनन् । यद्यपि, उहाँले त्यस्तो शक्तिका बारेमा थप केही बताउनुभएन ।
अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले एकीकृत माओवादीको महाधिवेशन निर्धारित समयमै हुने बताउनुभयो । व्यवस्थापकीय र प्रचारात्मक काम तीव्र गतिमा भइरहेको र दस्तावेजसमेत तयार भइसकेकाले कुनै हालतमा महाधिवेशन नरोकिने उहाँको भनाइ छ ।
एकीकृत माओवादीको सातौँ राष्ट्रिय महाधिवेशन आगामी माघ २० मा मकवानपुरको हेटौँडामा हुँदैछ । आफूसँग अलग्गिएर मोहन वैद्य नेतृत्वमा बनेको नेकपा-माओवादीसँग तत्काल एकता हुने सम्भावना भने टरेको प्रचण्डले बताउनुभयो । एकताका लागि प्रयास भने जारी राखिने उहाँले बताउनुभयो ।
एउटै पार्टीमा हुँदा देवत्वकरण गर्ने वैद्य पक्षले फुटपछि आफूलाई राक्षसीकरण गरेर आफ्नो कमजोर सांस्कृतिक आधार प्रष्ट पारेको प्रचण्डको टिप्पणी छ ।
 राष्ट्रपतिले राजनीतिक सहमतिका नाममा अन्तरिम संविधानको धारा ३८ (९) बमोजिम वर्तमान प्रधानमन्त्रीको संवैधानिक अधिकारमाथि आघात पुर्‍याएको भन्दै रिट जारी गर्न दायर निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा जारी गरेको आदेशमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पनि भनिएको छ । मोरङ जिल्ला निवासी डिल्लीराम गुरागाइर्ं र चितवन निवासी लक्ष्मी सुवेदीले संयुक्तरूपमा मङ्गलबार दायर गर्नुभएको सो निवेदनमा संविधानको धारा ३८-१) बमोजिम सहमतिको सरकारका लागि गरिएको आहृवान तथा म्याद थपसम्बन्धी सम्पूर्ण कामकारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको थियो ।
सांसद नभएको व्यक्तिको अध्यक्षतामा धारा ३८(१) बमोजिम सरकार गठनका लागि आइन्दा आहृवान नगराउनका लागि प्रतिषेधको आदेश जारी गर्न र अर्को निर्वाचन नभएसम्म यसै सरकारलाई निरन्तरता दिन तथा सर्वोच्च अदालतलगायत संवैधानिक अङ्गमा नियुक्तिका लागि पेस गरिएका अध्यादेश स्वीकृतिका लागि परमादेश जारी गर्न पनि माग गरिएको थियो । 
विपक्षी नेपाली कांग्रेस र एमालेले फरक-फरक प्रस्ताव ल्याएर एमाओवादीले सत्ता लब्याउने र वैशाखमा चुनाव नगर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
एमाले मुख्यालय बल्खुमा शुक्रबार बसको कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकले माओवादीले वैशाखको चुनाव टार्न खोजेको आरोप लगाएको छ । बैठकले अझै केही दिन वैशाखमा चुनाव गर्ने गरी सहमतिको पहल गर्ने र नभए आन्दोलन चर्काउने निर्णय गरेको छ । ‘माओवादी नयाँ नयाँ प्रस्ताव ल्याएर लब्याउने र वैशाखमा चुनाव नगर्ने रणनीतिमा छ’ कांग्रेस नेता अजुर्ननरसिंह केसीले अनलाइनखबरसँग भन्नुभयो-’अझै केही दिन सहमतिको प्रयास गछौं ।’
उहाँका अनुसार दलहरुबीच नभए लोकतन्त्रको पक्षमा र एमाओवादीको सर्वसत्ताबादविरुद्ध सशत्त आन्दोलन गर्न दुबै दल सहमत छन् ।
कांग्रेस र एमालेले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने एमाओवादीको प्रस्ताव अस्वीकार गरेको छ । एमाओवादीको प्रस्ताव राजनीतिक दलहरुको प्रतिकुल हुने दुई दलको निष्कर्ष छ । ‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्ताव अस्वीकृत दुबै दलले गरियो’ एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो-’यो दलको प्रतिकुल हुन्छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक