20130104

नेकपा–माओवादीका कार्यकर्ताले चन्दा नदिएको भन्दै राजधानीको तिनकुनेमा रहेको नेपाल डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड (एनडेक्स) तोडफोड

२५ लाख चन्दा नदिएको भन्दै एनडेक्समा –माओवादीको आक्रमण
नेकपा–माओवादीका कार्यकर्ताले चन्दा नदिएको भन्दै राजधानीको तिनकुनेमा रहेको नेपाल डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड (एनडेक्स) तोडफोड गरेका छन् । तिनकुनेस्थित कर्पोरेट टावरको सातौं तलामा रहेको लिमिटेडको कार्यलयमा शुक्रबार बिहान करिव ११ बजेतिर आएका १० जनाको समूहले कार्यालय तोडफोड गरेका हुन् । माओवादीले आउदो पौष २६ गते देखि हुन लागेको महाधिवेशनको लागि एनडेक्स सँग २५ लाख रुपैयाँ चन्दा मागेको थियो । तर, कम्पनीले चन्दा नदिएपछि कार्यालय तोडफोड गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधानले बताए । तोडफोड गरेर उनीहरुले कम्प्युटर, फर्निचर, ढोकाहरु लगायत भौतिक पूर्वाधारमा क्षति पु¥याएका छन् । तोडफोडबाट करिब १५ लाख बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ । यसैबीच एनडेक्समा भएको आक्रमणको नेपाल उद्योग वाणिज्य महासंघले कडा भत्सर्ना गरेको छ । महासंघले शुक्रबारै विज्ञप्ती जारीगरी घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले यस्ता अराजक समूहलाई तत्काल पक्राउ गरी हदैसम्मको कानूनी कारवाहीका लागि नेपाल सरकार समक्ष आग्रह
गरेको छ ।
ओरिएन्टल विल्डर्सका प्रबन्ध निर्देशक सुधिर बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको उजुरीका आधारमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले उनलाई काठमाडौंबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रवक्ता धीरजप्रताप सिंहले जानकारी दिए ।

नेपालका ठूला हाउजिङ ब्यावसायी मध्येका बस्नेतले ओरिएन्टल हाउजिङ, इष्टर्न अपार्टमेन्ट, कोहिनूर हाउजिङ लगायतका हाउजिङ आयोजना संचालन गर्दै आएका छन् ।

उनले घर दिने भन्दै ५ हजार भन्दा बढी सर्वसाधारणबाट रकम उठाईसकेको बताइन्छ । तर, रकम बुझाएको तीन–चार बर्ष वितिसक्दा पनि अपार्टमेन्ट उपलब्ध गराउन नसकेपछि रकम बुझाउनेहरुले प्रहरीमा ठगीको उजुरी दिएका थिए ।

अग्नी एअरको समेत संचालक रहेका बस्नेतले थुप्रै बैंकहरुबाट समेत करोडौं रकम ऋण लिएको बताइन्छ । उनलाई कर्जा सूचना केन्द्रले यसअघि नै कालो सूचिमा राखिसकेको छ ।
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक