20130214

देश दुख्ने मन हरुलाई सुबोधराज प्याकुरेलको यो कुराले किन नछोला र ?!

* एमाले कांग्रेसका नेता थाके, आत्मविस्वास गुमाए, असान्दर्भिक भए भन्न नेपाली जनता बाध्य हुने दिन नजिँकिँदै छ ।
* एमाओवादीको लक्ष सम्पूर्ण संरचनालाई छिन्न भिन्न पारिदिएर हतास, निरास र त्रस्त जनतालाइ मनलागे अनुसार कज्याउनु हो ।
* प्रत्येक छिमेकी र आफ्नै राज्य तहमा गलत रणनीति अपनाए बापत २-२ प्रधानमन्त्री हापेको, ५-५ लडाइ लड्न बाध्य भएको भारतको जासुसी संयन्त्र आफ्नो तमाम असफलताको भरपाइ नेपाललाइ पुरै कब्जामा लिएर चुक्ता गर्न चाहन्छ ।
* सेना र एमाओवादी आफ्ना विगतका आपराधिक, युद्ध अपराधबाट उन्मुक्ति चाहन्छन ।
* न्यायालय यहि मौकामा शंकट-मोचकको भूमिका निर्वाह गर्न असिमित क्षेत्राधिकार उपयोग गर्दै इतिहास रच्न चाहन्छ ।
* युरोपेली -अमेरिकी गठवन्धन ओरालो लागेको आफ्नो हैसियत जोगाउन जस्तो सुकै सहमती मार्फत भएपनि आफ्नो उपस्थिति नेपाल जस्तो रणनीतिक देशमा कायम राखेर उदाउँदा महाशक्ति भारत - चीन को अनुगमन गर्न चाहन्छ ।
* स्वदेशी - विदेशी पक्षहरूको महत्वाकांक्षाको शिकार भएको छ नेपालको वर्तमान र भविस्य । 
*  जनताको एकता, सहभागिता र आत्मविस्वासको जगमा, विस्वव्यापी कानुनको शासन, मानवअधिकार र अन्तरराष्ट्ीय वचनवद्धताको धरातल मा टिकेर राष्ट्र्ीय स्वाभीमानको जगेर्ना गर्नु पर्ने नायकहरूलेनै आत्म समर्पण गरेपछि हाम्रो राष्ट्र कठपुतली राष्ट्र बन्ने नै भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक