20130225

हिजो चार दलका नेता नभेटेका, प्रधानमन्त्री हुन्न भनेका प्रधानन्यायाधीश खिलराज रेग्मी कमरेड प्रचन्ड र बाबुरामको धम्की पछी प्रधानमन्त्री हुन तयार

 भारतीय राजदुत जयन्तप्रसादको समते उपस्थितिमा गएराती बालुवाटारमा भएको बैठकमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीमा सहमत गराएको खुलासा
सकियो एउटा बँचेको न्यायालय र न्यायाधीश पनि, देश पूर्ण रुपमा माओवादी कब्जामा जाँदै
 लेखेर राख्नुस् नेपाल मदर डट कमको यो भबिश्यबाणी "अबको निर्बाचनमा माओवादीले सँघीयताका नाममा मधेसी, जाती जनजाती, भुरेहरु सबैलाई हात लिएर स्पस्ट बहुमत ल्याउने छन, बुथ कब्जा गरेरै पनि, त्यो पनि प्रधान न्यायाधीशलाई साक्षी राखेर, काङ्रेस एमाले र अन्य दलहरु अझै कमजोर बन्ने छन, बैद्य माओवादी बिगतको बामदेब कामरेडको माले हुने छ, किनकी माओवादीले भारत, युरोपियन युनियन, अमेरिका, संयुक्त राष्ट्रसंघ सबैलाई हात लिइसकेका छन, प्रचन्डको माओवादीसँग एक पछी अर्का एजेन्डाहरुको खात छ भने अरु काङ्रेस एमाले र अन्य दल एजेन्डा बिहिन र प्रचन्डको एजेन्डामामा प्रतिकृया जनाउने पुर्सुँगे पात्र मात्र बनेका छन, उनिहरु सँग न जन विश्वाश छ, न माओवादी सँग जस्तो धन विश्वाश छ, न हात हतियार, देश प्रचन्डको शक्तिखोर भिडियोमा भने जस्तै भएको छ, अब शुशिल कोइराला, झलनाथहरुको राजनीतिक भबिस्य पूर्णतया प्रचन्ड र बाबुरामको हातमा पुगेको छ"

भारतीय राजदुत जयन्तप्रसादको समते उपस्थितिमा गएराती बालुवाटारमा भएको बैठकमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीमा सहमत गराएको खुलासा भएको छ । आइतबार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको गोप्य छलफलमा प्रधानन्यायाधीश रेग्मीलाई सरकारको नेतृत्व लिने गरि सबै वातावरण
बनाई दिने प्रतिवद्धता एमाओवादी र कांग्रेसका नेताहरुले गरेपछि प्रधानन्याधीश प्रधानमन्त्री बन्न सहमत भएका हुन् । आइतबार रातीको बैठकमा फागुन २४ गतेसम्म सबै कानुनी र संवैधानिक अड्चन समाधान गर्ने, र २४ गते नै रेग्मीलाई अन्तिरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा घोषणा गर्ने सहमति भएको छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न दिनु नहुने भन्दै सर्वोच्चमा परेको रिटको सुनावाई २४ गतेको लागि तोकिएको छ । लामो छलफलपछि रेग्मी प्रधानमन्त्री बन्न सहमत भएका थिए । उनले रातभरीको बसाईपछि नै सोमबार सर्वोच्च अदालतका तर्फबाट औपचारिक विज्ञप्ति निकाल्न लगाएको थाहा भएको छ । आइतबार बेलुका सम्म प्रधानमन्त्री भट्टराईसँग पनि भेट्न अनिच्छा देखाएका प्रधानन्यायाधीश रेग्मी रातारात कसरी सहमत भए ? भन्ने  प्रश्नमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने “रातभर प्रधानमन्त्रीले उहाँलाई कन्भिन्स गर्नु भयो, त्यसैले बिहान सबै दलका नेताहरुसँग भेट्न उहाँ तयार हुनुभयो ।” उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश रेग्मीलाई मनाउन राती १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटामरमा भएको गोप्य छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसका नेता अमरेशकुमार सिंह र भारतीय राजदुत जयन्तप्रसाद सहभागी थिए । स्रोतका अनुसार सोमबार बिहान प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि रातीको बैठकबाटै तय भएको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले प्रधानन्यायाधीशसँगको छलफलमा अध्यक्ष प्रचण्ड पनि सहभागी भएको स्वीकार गरे पनि अन्य सहभागीको बारेमा केही बताएन चाहेनन् । पौडेलले भने “जेठमा चुनाव गराउनै पर्ने छ, त्यसको गम्भीर्यतालाई ध्यानमा राखेर प्रधानमन्त्रीले दलहरुको सहमतिमै प्रधानन्याधीशसँग छलफल गर्नु भएको हो ।” सर्लाहीमा रहेका कांग्रेस महामन्त्री सिटौला राती नौ बजे निवासमा पुगेर पौने दश बालुवाटार गएका थिए । एक्ला–एक्लै प्रधानमन्त्री निवास वालुवाटार पुगेका दलका नेताहरु एक्लै बाहिरिएका थिए । विपक्षी दलका नेताहरुले पनि रातारात भएको परिवर्तनलाई शंकाको घेरामा राखेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले बेलुकासम्म तयार नभएका प्रधानन्यायाधीले रातारात परिवर्तन हुनुमा केही शक्ति, केन्द्रको हात रहेको हुन सक्ने बताए । उनले रातभरीको बसाईपछि रेग्मीलाई सहमत गराएको खवर आफूले पनि सुनेको तर यस बारेमा कसैसँग पुष्टि गरिनसकेको बताए । ओएनएससँगको कुराकानीमा महासचिव पोख्रेलले भने “रातारात परिवर्तन भयो भन्ने कुरा हामीले पनि सुन्यौ, जुन हिसावले शक्तिकेन्द्रलाई राखेर वार्ता गरियो भन्ने सूचना आएको छ त्यो गम्भीर छ र आपत्ति जनक पनि छ ।” आइतबार साँझ बसेको प्रमुख चारशक्तिका नेताहरुको बैठकमा प्रमुख दलका नेताहरु प्रधानन्यायाधीशको विकल्प खोज्ने निष्कर्षका पुगेका थिए । प्रधानन्यायाधीश रेग्मीको प्रस्तावक बनेका एमाओवादी अध्यक्ष प्रचण्डले नै उनको विकल्प खोज्न प्रस्ताव गरेका थिए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन गराउने प्रयास अब कसैले रोक्न नसक्ने बताएका छन् । प्रचण्डले प्रधानन्यायाधीश कै नेतृत्वमा चुनाव हुने र आफ्नो चाहाना पनि पुरा हुने बताए ।
नेकपा (एमाले)का अध्यक्ष भलनाथ खनालले अब मुलुकले निकास पाउने बताएका छन् । कृषि विकास बैंक कर्मचारी सङ्घ नवौं केन्द्रीय महाधिवेशनको आज मध्यपुरथिमिको बोडेमा उद्घाटन गर्दै उनले प्रधान न्यायाधीश खिलराज रेग्मीले आज सरकारको नेतृत्व गर्न स्वीकारेकाले अब मुलुकले निकास पाउने दाबी गरेका हुन् ।  
चुनावी सरकारको नेतृत्व प्रधानन्यायधीशले गर्न मिल्ने सर्वोच्च अदालतको निर्णयप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । 
सर्वोच्चको वक्तव्यको विरोध गर्दै बारले मंगलबार बिहान पदाधिकारी एवं पूर्व अध्यक्षहरुको संलग्नतामा आकस्मिक बैठक गरी विरोधको उपाय अवलम्बन गर्नेभएको छ । सर्वोच्चबाट प्रेस वक्तव्यमार्फत् चुनावी सरकारमा प्रधानन्यायधीश सहभागी हुनसक्ने धारणा सार्वजनिक गरेलगत्तै सोमबार बेलुका बसेको बार पदाधिकारीको आकस्मिक बैठकले सर्वोच्चको वक्तव्यमाथि  कडा आपत्ति जनाएको हो ।
 ’अदालतले गरेको यो गलत निर्णय हो । हामी बारको पुरानै निर्णयमा अडिग छौं । प्रधानन्यायधीशले सरकारको नेतृत्व गर्नु शक्तिपृथक्कीकरणको निर्णय विरुद्ध हुन्छ’ बारका उपाध्यक्ष टीकाराम भट्टराईले भन्नुभयो-’हामी भोलि १० बजे बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने तय गर्छौं ।’

संविधानविद् भीमार्जुन आचार्यका अनुसार अदालतले यसरी वक्तव्य निकालेर राजनीतिमा प्रवेश गर्नु दुःखलाग्दो विषय हो । आचार्यले भन्नुभयो- ‘यसरी वक्तव्य निकालेर राजनीतिमा प्रवेश गर्नु कुनै पनि हिसाबले सही हैन, यो दुखलाग्दो विषय हो ।’ अदालतमा विचाराधीन विषयमा वक्तव्य निकालिएकोमा रेग्मी विरुद्ध मुद्दा पर्न सक्छ कि सक्दैन भन्ने अनलाइनखबरको प्रश्नमा  आचार्य भन्नुहुन्छ- ‘अब मुद्दा हाल्नुको के अर्थ रह्यो र । प्रधानन्यायधीशले नै त्यस्तो कदम चालिसकेपछि निश्पक्ष न्याय पाइने आशा गर्न सकिँदैन, केवल दुखमात्रै व्यक्त गर्न सकिन्छ । यो खेलाँची गर्ने विषय होइन ।’

सर्वोच्च अदालतका पूर्वरजिष्टार श्रीप्रसाद पण्डितका अनुसार रेग्मीको मुद्दा अदालतमा विचाराधीन भए पनि अन्तरिम आदेश नदिएको अवस्थामा यो प्रक्रिया अगाडि बढाउन कानूनले रोक्दैन । पण्डितको भनाइ छ-’अदालतले विशेष इजलासम तोके पनि प्रक्रिया रोक्न अन्तरिम आदेश नदिएकाले अदालत र सरकार जसलाई पनि यो प्रक्रिया अगाडि बढाउन बाधा छैन ।’
प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठनको बिरोधमा आन्दोलनरत नेकपा–माओवादी नेतृत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले फागुन १७ गते देशका प्रमुख शहरहरूमा जनप्रदर्शन गर्ने भएको छ ।
५ दलले काठमाडौंसहित इटहरी, जनकपुर, वीरगञ्ज, चितवनको भरतपुर, बुटवल, पोखरा, वाग्लुङ्, दाङको घोराही, र सुर्खेत र धनगढीमा विरोध प्रदर्शन र जनसभा गर्ने भएका हुन् । काठमाडौंमा १ बजे शान्ति बाटिकाबाट जुलुस शुरु गरी ३ बजे बसन्तपुरमा जनसभा गरिने ५ दलले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक सरकार गठनविरुद्ध अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठनका लागि सभा गर्न लागिएको बताइएको छ ।
 प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नेपाली काँग्रेसको शीर्ष नेतृत्व सहमत भएपछि असन्तुष्ट नेताहरुले कांग्रेस नेतृ सुजाता कोइराला निवासमा सोमबार अलग्गै भेला गरेका छन् । नेतृ कोइरालाको पहलकदमीमा आयोजित भेलामा २४ जना नेताहरुको सहभागिता थियो ।  स्रोतअनुसार भेलामा कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडु, ज्ञानेन्द्र कार्की, एनपी साउद, बलबहादुर केसी, चन्द्र भण्डारी, कृष्णचन्द्र नेपाली, दीपक गिरी, पुष्पा भुषाल, मीना सुब्बा, सुजाता परिवार लगायतको सहभागिता रहेको थियो । रेग्मीलाई प्रधानमन्त्री बनाउन नहुने लबिङ गर्दै तीन दिन अघि शीर्ष नेताहरुको निवासमा डेलिगेसन गएपछि सुजाताले आफ्नै निवासमा भेला बोलाउनुभएको हो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक