20130226

प्रधानन्यायाधीशले राजनीतिक दलको प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकारेपछि पदमा बस्ने नैतिकता गुमाए : बार

न्यायालय र प्रधानन्यायाधीशलाई समेत बिबादमा पारेर अर्को खलनायकी बाजी मार्नुभएका प्रचण्ड शक्तिखोरमा जे बोलेको थिएँ पुरा गरेँ भन्दै पोखरामा छुट्टी मनाउदै, फेवा तालमा डुंगा शयर गर्दै, काङ्रेस एमाले भित्र सल्कियो आगो
नेपाल बार एसोसिएसनको मंगलबार बसेको आकस्कि बैठकले राजनीतिक दलको प्रस्ताव स्वीकार गरिसकेका प्रधानन्यायाधीशले दैनिक कार्यसम्पदान गर्नु आचारसंहिता बिपरीत हुने निश्कर्ष निकालेको छ । प्रधानन्यायाधीश  ले राजनीतिक दलहरुले राखेको प्रस्तावमा सहमति जनाउँदै चुनावी सरकारको नेतृत्व गर्ने भनी सोमबार बिज्ञप्ती जारी गरेपछि बारले आजको लागि आकस्मिक बैठक बोलाएको हो । बैकमा बारका पूर्व अध्यक्ष, महासचिव, वर्तमान पदाधिकारी, उपत्यकास्थित ईकाई पदाधिकारीहरु सहभागी थिए । बैठकपछि सञ्चारकर्मीसाग कुरा गर्दै बार अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकार गरिसकेका
प्रधानन्यायाधीश रेग्मीले अदालतको दैनिक कार्य सम्पादन गर्नु आचारसंहिता बिपरीत हुने बताए ।रेग्मीको निर्देशनमा सर्वोच्च अदालतबाट बिज्ञप्ती जारी गरिंदा अदालतमा बिचाराधिन मुद्दा प्रभावित हुने बारको ठहर छ । बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रक्रिया रोक्न अधिवक्ता भरत जंगमले
सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा बिपक्षीसाग लिलित जवाफ माग गरिएको छ । बार अध्यक्ष कार्कीले प्रधानन्यायाधीशले राजनीतिक दलको प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकारेपछि पदमा बस्ने नैतिकता गुमाएको दाबी गरे । उनले सोमबार जारी बिज्ञप्ती सर्वोच्च अदालतको हो वा रेग्मीको व्यक्तिगत हो भन्ने प्रष्ट पारिनुपर्ने माग गरे । बैठकमा चुनावी सरकारको नेतृत्व गरिसकेपछि प्रधानन्यायाधीश पुनः न्यायालयको प्रमुख बन्न आउन नहुाने निश्कर्ष निकालिएको थियो । बारले बिरोधमा आन्दोलन गर्ने भने पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको भने छैन् ।
छुट्टी मनाउन भन्दै मंगलवार सडकमार्गमार्फत् मंगलबार दिउँसो पोखरा आइपुगेका एमाओवादी अध्यक्ष प्रचण्ड साँझ फेवातालमा पुगेर डुंगा सयर गरेका छन ।
पत्नी सीता दाहाल र सहयोगीसहित अपरान्ह पोखरा पुगेका प्रचण्डले लेकसाइडमा रहेको कान्तिपुर होटलमा केहीवेर कार्यकर्तासँग छलफल गरेका थिए ।

त्यसपछि फेवाताल पुगेका प्रचण्डले साँझको चिसो हावामा झण्डै एक घण्टा डुंगा सयर गरे । साथमा पत्नी सीता दाहाल र सहयोगी पनि थिए । प्रचण्ड फेवातालमा डुंगा चढिरहेको थाहा पाएपछि पुगेका संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

पोखराका माओवादी नेताहरुले एकान्तका लागि प्रचण्ड पोखरा आएको बताएका छन् । उनी बिहीवारसम्म काठमाण्डौ फर्किसक्ने बताइएको छ ।
 नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानन्यायाधीश सरकारको नेतृत्वका लागि तयार रहेको आसयसहित सर्वोच्च अदालतले सोमबार जारी गरेको विज्ञप्तिलाई लिएर चर्को विवाद भएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु पूर्णबहादुर खड्का, शेखर कोइराला, एनपी साउथ लगायतले सर्वोच्चको विज्ञप्ती स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको बताएका छन् । ‘अदालतमा विचाराधीन मुद्धामा संसदमा त छलफल गर्न संविधानले बन्देज गरेको छ’ नेता खड्काले भन्नुभयो-’सर्वोच्चको विज्ञप्ति मुद्दालाई प्रभावित गर्ने गरी आएको छ र यो स्वतन्त्र न्यायपालीका र संवैधानिक सर्वोच्चताविरुद्ध छ ।’

कांग्रेस सर्वोच्चको विज्ञप्तिको विपक्षमा उभिनु पर्ने भन्दै नेताहरुले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव सरकार नबनाउन नेतृत्वलाई दबाव दिएका छन् । महेन्द्र यादव अफताव आलम लगायतका नेताहरुले भने कांग्रेसको प्राथमिकता निर्वाचन भएकाले प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गरेर जानु पर्नेमा जोड दिएका छन् ।

बैठकमा शीर्ष नेताहरुले सरकार गठनबारे भइरहेको छलफल र सहमति प्रयासबारे जानकारी गराएका थिए । बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ ।
सर्वदलीय राजनीतिक गठबन्धन २०६९ ले नेपालको अन्तरिक संविधान २०६३ बाटै निकास खोज्न माग गरेको छ। सो सङ्गठनद्वारा आज प्रकाशित विज्ञप्तिमा संविधानवादको सिद्धान्तअनुरुप उपराष्ट्रपतिलाई संविधानको धारा ३७ को कार्यकारिणी अधिकार प्रयोग गर्ने गरी कार्यपालिकाको प्रमुख पदमा नियुक्ति गर्न आजै राष्ट्रपति डा रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको जनाइएको छ।
मुलुकलाई राजनीतिक एवम् संवैधानिक सङ्कटबाट निकास दिनुपर्दछ भन्ने मान्यताका साथ निर्वाचन आयोगमा दर्ता रहेका ४३ वटा राजनीतिक दलहरुको गठबन्धनमा आबद्धता रहेको गठबन्धनका संयोजक सोमराम थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ
बारले जारी गरेको बिज्ञप्ती :


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक