20130227

पूर्व युबराज पारस शाहको हातगोडा चल्न थाले, अहिले पारस को साथमा हिमानी, छोराछोरी, पूर्व राजा रानी (बाबु आमा), बहिनी ज्वाँई र अन्य आफन्त लगभग सबै जसो अस्पतालमै

( Updated.....Feb. 28,  पूर्व युवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनको मुटुको धड्कन र रक्तचाप सामान्य रहेको बिहीबार साँझ अस्पतालले जारी गरेको ’बिज्ञप्तीमा जनाइएको छ । अस्पतालका न्यूरोलोजिस्ट सोङ्चाई तिन्वान्तानाकुलद्वारा जारी बिज्ञप्तीमा उनको हातखुल्टाका मांशपेशी चल्मलाउन थालेको उल्लेख छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । )
भावुक मुद्रामा पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुभयो "भगवानमा भरोसा र चिकित्सकको क्षमतामा विश्वास छ, सबैले चासो र चिन्ता व्यक्त गर्नुभएको छ, सबैप्रति मेरो र मेरो परिवारको तर्फबाट धन्यवाद छ ।" 
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बैंकक उडेको केही घण्टामा पूर्व युवराज पारसको हातगोडा चल्न थालेको छ । हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारसको हातगोडा , शरिरका केहि अंग चल्न थालेका छन् भनी उनी उपचाररत अस्पतालले आज जारी गरेको प्रेश बिज्ञप्तिमा उल्लेख गरिएको छ । अहिले पारस को साथमा हिमानी, छोराछोरी, पूर्व राजा रानी (बाबु आमा), बहिनी ज्वाँई र अन्य आफन्त लग भाग सबै जसो अस्पतालमै हुनुहुन्छ । आज साँझ जारी बिज्ञप्तिमा औषधीको प्रयोग विनै पारसको रत्तचाप (ब्लडप्रेसर) र मुटुको धड्कन नियन्त्रणमा आएको रिपोर्टमा उल्लेख छ । तर, हृदयघात भए पछी अचेत रहेका पारसको स्वास्थ्य अघिल्ला दिनहरुमा जस्तै ‘गम्भीर तर स्थिर’ नै रहेको कार्डिओलोजिस्ट डा. परिन्या कुनावतद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक