20130228

पूर्व प्रधानमन्त्री एबम एमाले नेता माधव नेपालले बल्ल बुझ्नु भएछ, झलनाथ, केपी, शुशिल र अरु नेताले कहिले बुझ्नुहुन्छ कुन्नी !

पूर्व प्रधानमन्त्री एबम एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगै एमाले पनि बहकिएर ठीक बाटोमा नगएको बताएका छन्। प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सहमतीय चुनावी सरकारको नेतृत्व गर्न दिनुमा सहमति गर्नुले एमाले ठीक बाटोमा नहिँडेको उनले बताए। 'हामी ठीक बाटोमा हिँडेनौं, एमाले माओवादीको पछि लागेर बहकियो,' एमाले कास्कीको क्षेत्र-३ का कार्यकर्ताबीच बिहीबार नेता नेपालले भने, 'माओवादीले महाधिवेशनमा गरेको निर्णयको पछाडि हामी लागेका छौं।' माओवादीको पछि नलाग्दा पनि अप्ठेरो भएकाले बाध्य भएको उनले बताए। 'भनेको नमान्दा पनि फेरि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई नै रहिरहने थिए,' उनले भने, 'गलत बाटोमा गयौं भन्ने थाहा छ, तर यो बाध्यता भयो।' माओवादीको चाहना उनीहरु सरकारमै रहिरहने थियो, तर हामीले त्यो अप्ठेरोबाट पार पाउन यो निर्णय गर्‍यौं।' न्यायपालिका
र सेनालाई तह लगाउन सके सत्ता कब्जा गर्न सकिन्छ भन्ने अभिष्ट पूरा गर्नमा माओवादी लागेको उनले बताए। न्यायपालिका तह लगाउने उपायमा अहिले माओवादी लागेको उनले बताए। 'अहिलेको घटनाक्रमले
माओवादी न्यापालिकालाई प्रभावित पारेर भित्र छिर्न खोजेको प्रमाणित हुन्छ,' उनले भने, 'त्यो नियत छैन भन्ने सकिन्न। न्यायपालिका तह लगाउने उपाय माओवादीले रचेको छ।' सरकारको नेतृत्व गर्न माओवादी बाहेकको विकल्प रहेपनि सफल हुन नदिनु माओवादीको षड्यन्त्र रहेको उनले बताए। 'विभिन्न राजनीतिक दलका नेता, स्वतन्त्रलगायत थुप्रै विकल्प थिए, तर माओवादी न्यायपालिका भित्र छिर्न यो तरिका अपनायो,' उनले भने।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनमा पुग्न प्रधान न्यायाधीशको नेतृत्व स्वीकारेको खुलासा गरेका छन् । प्रजातन्त्रको मूल्य, मान्यतामा कसैसँग सम्झौता नगर्ने दाबी गर्दै सभापति कोइरालाले शक्ति पृथकीकरणको सिद्वान्तमा आँच आउने हो कि भन्ने आम जनताको चिन्तालाई प्रधान न्यायधीशले सम्बोधन गर्नु पर्ने र्तक गरे।
 'दलहरुले स्वतन्त्र, निष्पक्ष र निर्भयतापूर्वक चुनाव गरउनका लागि आग्रह गरेका छन्,' उनले भने, 'शक्ति पृथकीकरणका सम्बन्धमा देशव्यापी रुपमा उठेको चिन्तालाई कसरी सम्बोधन गर्नुहुन्छ त्यो जिम्मेदारी उनले (प्रधान न्याधीशले) पुरा गर्नुपर्योर।'
सुवर्ण शमशेरको १०३ औं जन्मजयन्तीका अवसरमा आज राजधानीमा आयोजित कृष्ण धारावासीद्वारा लिखित 'सुवर्ण शमशेर निष्ठाको राजनीतिक यात्रा' नामक पुस्तक विमोचन गर्दै सभापति कोइरालाले माओवादीले विभिन्न बहानामा अल्मल्याउने काम मात्र गरेकाले निर्वाचनलाई पहिलो प्राथमिकता राखेर प्रधान न्यायाधीशलाई स्वीकार गरेको बताए। 'प्रजातन्त्रको मुटु भनेको नै निर्वाचन हो,' उनले भने, 'हामीले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका छौ।'
माओवादी विभिन्न बहानामा सत्ता लम्ब्याउने र निर्वाचन नगराउने पक्षमा रहेको कोइरालाले आरोप लगाए। 'माओावादीले अनेक निहुँ निकालेर सत्ता लम्बाउने काम गरेको छ,' उनले भने, 'राजनीतिक दलभिैबाट सरकार बनाउनु पर्ने हो तर माओवादीले कहिले कसको, कहिले कसको नाम लिएर अल्मल्याउने काम मात्र गर्योर, निर्वाचनका लागि प्रधान न्यायाधीशलाई भनेपनि उपयोग गर्नु पर्छ।'
कांग्रेसले लोकतन्त्रको मुल्यमान्यता माथि कुनै सम्झौता नगर्ने दाबी गर्दै कोइरालाले केन्द्रीय समितिको निर्णयलाई सम्मान गर्ने बताए। 'शक्ति पुथकीकरण, लोकतान्त्रिक मूल्य मान्यता जस्ता कुरामा आधारित भएर केन्द्रीय समितिको निर्णय अनुसार हामी अघि बढ्छौ,' उनले भने, ' संस्थाको निर्णय विपरीत जाँदैनौ, नेता त्रयको अवधारणा नेपालमा फापेन त्यसैले आफूले सधै संस्थागत निर्णय भन्दै आएको हो।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक