20130407

पण्डितहरुको टुप्पी, शिखा, जनै, निधारमा टीका, चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था, धुम्रपान र मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिईने !


 सम्मेलनले तयार पारेको आचारसंहिता :
ethicsधर्म, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता तयार भएको छ । शुक्रबार र शनिबार राजधानीमा
भएको प्रथम राष्ट्रिय पण्डित महासम्मेलनले आचार संहिता तयार पारेको हो । आचारसंहिता कडाईका साथ लागू गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले बताउनुभयो । आचारसंहितामा पण्डितहरुको टुपी, शिखा, जनै, निधारमा टीका चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै धूमपान र मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिने उल्लेख छ । यस्तै छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको शिक्षा दिनुपर्ने व्यवस्था पनि गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर गरिने यज्ञ पुराणलाई निरुत्साहित गर्न पनि पण्डितहरु सहमत भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक