(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130407

चुल्ठे मुन्द्रेलाई नपक्रनु, कपाल दाह्री काट्न नलगाउनु भन्दै सर्बोच्च अदालत द्वारा प्रहरीका नाममा आदेश जारी, चुल्ठे मुन्द्रे दँग, प्रहरी कार्वाही भँग !

लामो कपाल पाल्ने र मुन्द्रा लगाउने (चुल्ठेमुन्द्रे)लाई पक्रने अभियान चलाएको काठमाण्डौ प्रहरीलाई त्यस्तो कारवाही रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासले अपराध नियन्त्रण वा कुनै बाहानामा व्यक्तिको स्वतन्त्रतामा हनन नगर्न अन्तरिम आदेश दिएको
हो । ‘के कस्तो पहिरन लगाउने, दाह्री जुँगा पाल्ने भन्ने विषय जो सुकै व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो’ आदेशमा भनिएको छ-’अपराध नियन्त्रण वा कुनै बाहानामा व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्न हुँदैन । निजको आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्न लगाउने, दाह्री खौरन लगाउने, मुन्द्रा झिक्न लगाउने वा निन्दनीय व्यवहार गर्ने छुट कसैलाई नभएकाले यस्ता क्रियाकलाप नगर्नु नगराउनु ।’ प्रहरीले ‘चुल्ठे-मुन्द्रे’माथि कारबाहीको अभियान सुरु गरेपछि ल स्टुडेन्ट सोसाइटी काठमाडौंको तर्फबाट विकल्पराज भण्डारीले फागुन २० गते प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ ओदश दिएको थियो । प्रहरीले भने
बाटोमा हिड्नेलाई समातेर यस्तो नगरिएको तर, पक्राउ परेकाहरुलाई भने मुन्द्रा खोल्न लगाएको बताएको थियो । प्रहरीले फागुन १४ गतेबाट ‘ट्यापे’, ‘मुन्द्रे’ र ‘गँजेडी’लाई पक्राउ गर्ने अभियान सुरु गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक