20130407

मादल बजाएर कार्यक्रम को उद्घाटन पनि गर्दै हिंड्न थाल्नुभएको छ मन्त्री परिषद अध्यक्ष श्रीमान खिलराज रेग्मी ज्यु !

सर्बोच्च अदालत को प्रधानन्यायाधीश बन्नु अगाडि खिलराज रेग्मीले ३१ बर्ष न्याय सेवा मा बिताउनु भयो, वहाँ सधै निडर, शाहसी र कानुन को पालना गर्दै फैसला गर्ने एउटा अत्यन्त इमान्दार न्यायाधीशको रुपमा चित्रित भएको कुरा मेरो दुई दशक लामो पत्रकारिताले देखेको हो । म वहाँलाई सधै सम्मान र आदर गर्ने ब्यक्ती हुं । जब वहाँ एमाओबादिको महाधिबेशन बाट प्रधानमन्त्री मा सिफारिस हुनुभयो मेरो विश्वाश अलिकती डग्मगायो । वहाँको अनुमती बेगर माओवादीले त्यसै पक्कै घोषणा गरेको थिएन वहाँ लाई । पछी सारा को बिरोध हुँदा हुँदै
वहाँ प्रचण्ड र बाबुराम को ईशारामा मन्त्री परिषद अध्यक्ष भैछाड्नु भयो । मेरो विश्वाश धेरै टुक्रियो किनकी माओवादी आतंक, अत्याचार, सबैखाले भ्रस्टाचारलाई वहाँ को नेत्रित्वको अदालतले औँला ठड्याउन्थ्यो अब त्यो रहेन । वहाँ पनि कुर्सिका भोका र असफल नेताहरुकै लाइनमा आएर माओवादीले फ्याँकेको हड्डी मा बिकेको यि आँखाले टुलुटुलु हेर्न वाध्य हुनुपर्‍यो । अब त हुँदा हुँदा श्रीमान खिलराज रेग्मी बेकुफ नेताहरु जस्तै सभा, सम्मेलन, समारोहको उद्घाटन, भोज भतेर तिर पो ब्यस्त हुन थाल्नु भयो त ! अब मादल बजाएर कार्यक्रम को उद्घाटन पनि गर्दै हिंड्न थाल्नुभएको छ । वहाँ प्रती को सम्मान र विश्वाशलाई म बबुरोले कसरी टिकाउँ आफैले आफै लाई प्रश्न गर्न थालेको छु । म सामान्य नागरिक का हैसियतमा यो देख्न थालेको छु कि त्यो मन्त्री परिषदको अध्यक्ष को कुर्सिले श्रीमान रेग्मी ज्यु लाई माओवादीको मतियार, असफल राष्ट्र द्रोही नेताहरुको लाइनमै पुर्याइछाड्ने छ । बिहानीले त्यही संकेत गर्दैछ । म अझै पनि आशा गर्दछु मेरो ठम्याइ गलत साबित होस् । श्रीमानको हाइ हाइ होस् ।

हुँदा हुँदा अहिले त श्रीमान खिलराज रेग्मी ज्यु ॠषि धमलाजीको प्रमुख अतिथी बन्न, प्रदर्शनी, सभा, कार्यक्रम उद्घाटन गर्न हिंड्न पो थाल्नुभयो त बा !

प्रजातन्त्र र कानुनी राज मान्ने हामीलाई प्रधान न्यायाधिश प्रधानमन्त्री बन्नु हुन्न भन्ने लागेको थियो तर बन्नुभयो, यती सम्म त ठिकै छ, हुँदा हुँदा अहिले त श्रीमान खिलराज रेग्मी ज्यु  ॠषि धमलाजीको प्रमुख अतिथी बन्न, प्रदर्शनी, सभा, कार्यक्रम उद्घाटन गर्न हिंड्न पो थाल्नुभयो त बा ! हामीलाई चिन्ता छ माओवादी, काङ्रेस र एमालेका असफल नेता भन्दा श्रीमान तल गिर्नुहुने हो कि भनेर ! कठै कस्तो दुर्भाग्य हामी नेपाली जनताको !के वहाँ नेता बन्न लाग्नु भा हो र ??

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक