20130525

अफगानिस्तानको काबुलमा भएको तालिवानी हमलामा एक नेपाली सहित ७ जनाको ज्यान गुमाए

फ्रान्सद्वारा सञ्चालित युरेनियम खानीभित्र कार बम विस्फोट गराउँदा कुल २५ व्यक्तिको ज्यान जानुका साथै अन्य २९ जना घाइते
अफगानिस्तानको काबुलमा भएको तालिवानी  हमलामा  एक नेपाली सहित ७ जनाको ज्यान गुमाएका छन् । आक्रमणमा सुरक्षा गार्डका रुपमा गएका एक नेपालीको मृत्यु भएको अफगानस्थानको अमेरिकी क्याम्पमा रहेका एक नेपालीले जानकारी दिए । आक्रमणमा अन्य ४ नेपाली घाइते
भएका छन् ।  कान्दाहारको अमेरिकी क्याम्पमा रहेका नेपालीलाई पनि नाम उल्लेख नगरि घटनाको बारेमा मात्रै जानकारी गराइएको छ। शुक्रबार राती तालिबानले गराएको शक्तिशाली कार बम विस्फोटमा परि मारीने नेपाली सुरक्षा गार्डको पहिचान खुलाइएको छैन ।

आत्मघाती बम आक्रमणकारीहरूले बिहीबार करिब करिब एउटै समयमा अगादेज शहरको सैनिक शिविरबाहिर र विकट शहर एर्लिटको फ्रान्सद्वारा सञ्चालित युरेनियम खानीभित्र कार बम विस्फोट गराउँदा कुल २५ व्यक्तिको ज्यान जानुका साथै अन्य २९ जना घाइते भएको रक्षामन्त्रालयले जनाएको छ।

संवेदनशील र कडा सुरक्षा प्रबन्ध गरिएका स्थानमा गरिएका यी आक्रमणबाट छिमेकी राष्ट्र मालीबाट सञ्चालित इस्लामिक कट्टरपन्थीहरू धेरै शक्तिशाली भइसकेको प्रमाणित गरेको छ। फ्रेन्च रेडियो आरएफआईले उक्त आक्रमणको जिम्मेवारी पश्चिमी अफ्रिकाको दि मुभमेन्ट फर वननेस एन्ड जिहाद अर्थात् मुजाओ नामक इस्लामिक कट्टरपन्थी समूहले लिएको जनाएको छ।

अन्तराष्ट्रिय लडाकू समूह अल कायदासँग आबद्ध मुजाओले गत वर्ष झन्डै १० महिनासम्म उत्तरी मालीको केही भागमाथि कब्जा गरेको थियो। गत जनवरीमा फ्रेन्च नेतृत्वमा रहेको सैनिक कारबाहीबाट उत्तरी मालीका प्रमुख शहरहरूबाट मुजाओको लडाकूलाई धपाइएको थियो।

उक्त कारबाहीको कारण मुजाओ र अफ्रिकास्थित अल कायदा समूहले बदला स्वरुप विश्वभरका फ्रेन्च संघसंस्था र सो कारबाहीमा सहयोग गर्ने अफ्रिकी राष्ट्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। नाइजरले पनि मालीमा मुजाओविरुद्धको कारबाहीका लागि फ्रेन्च सेनाको मद्दतका लागि ६ सय ५० सैनिक पठाएको थियो।

नाइजरमा फ्रेन्च स्वामित्वमा रहेको भौतिक सम्पत्तिमाथि गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो। नाइजरका रक्षामन्त्री महामादोउ कारिदजोले राजधानीदेखि झन्डै १ हजार किमि उत्तरपूर्वमा पर्ने मरुभूमि शहर अगादेजमा भएको आक्रमणमा २० जना सैनिक मारिएको र अन्य १६ जना घाइते भएको जानकारी दिएका छन्। नाइजर सरकारले ७२ घन्टा लामो राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

रक्षामन्त्रालयले एर्लिटमा भएको आक्रमणमा दुई जना आत्मघाती आक्रमणकारी पनि मारिएको तथा १३ जना खानी मजदुर घाइते भएको जनाएको छ। यसै गरी पेरिसबाट फ्रेन्च विदेश मन्त्रालयले यस घटनाको कडा आलोचना गर्दै नाइजर सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक