20130622

एमाले र काङ्रेस भित्र महाभारतको रडाको मच्याइदिंदै छन प्रचन्ड ! राजनीतिक मुर्खहरु झल्लु, केपी र माकुने तिनतिर, शुशिल र शेर बहादुरको पनि पानी बाराबार, एमाले काङ्रेस झन कमजोर बनाइदै, जता बाट पनि "नेपाली बिन लादेन" प्रचन्डलाई फाईदै फाईदा !

UML-party-office-ST_2012062संविधानसभा चुनावको नयाँ मिति घोषणा भएका बेला एमालेमा महाधिवेशनको विवाद उत्पन्न भएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र चुनावी तयारीका लागि ७ असारका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएपछि पार्टीका वरिष्ठ नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतका
नेताहरू महाधिवेशन गर्नु पर्ने पक्षमा उभिएका हुन् ।
एमालेले चुनाव तयारीको विस्तृत योजना बनाउन साउनमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र परिषद् बैठक तयारीका लागि असारको पहिलो साता केन्द्रीय कमिटीको बैठक राखेको थियो । तर, ६ असारमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटी बैठक एक महिना पर सार्ने प्रस्ताव राखेपछि ओली र पोखरेललगायतका नेताहरूले तत्काल महाधिवेशन आयोजक कमिटी बनाएर महाधिवेशनको मिति तोक्नु पर्ने माग गरेका हुन् ।
संविधानसभाको चुनाव घोषणा भए पनि महाधिवेशनको मिति तोक्दा त्यसले पार्टीको आन्तरिक जीवनमा कुनै असर नपर्ने बरु आयोजक कमिटीमा छुटेका नेताहरूलाई समेटेर लैजान सकिने भएकाले सहयोग पुग्ने नेताहरूको भनाइ छ । यसअघि केन्द्रीय कमिटीको बैठकमै केन्द्रीय सदस्य योगेश भट्टराईलगायतका नेताहरूले महाधिवेशन गरी पुरानो पुस्ताका नेताहरूले बिदा लिनु पर्ने प्रस्ताव गरेका थिए । ‘चुनाव घोषणा राष्ट्रिय राजनीतिको कुरा हो, पार्टीको महाधिवेशन आयोजक कमिटी गठन गर्दा पार्टीलाई घाटा पुग्दैन,’ केन्द्रीय सदस्य कर्णबहादुर थापाले सौर्यसँग भने, ‘बरु केन्द्रीय कमिटीमा छुटेका केही नेता र पार्टीसँग एकता प्रक्रियामा सामेल भएर आउनेहरूलाई पनि आयोजक कमिटीमा राखेर महाधिवेशनको मिति तोक्दा चुनावलाई सहयोग नै पुग्छ ।’
एमालेको आठाँै महाधिवेशन भएको फागुनमा ५ वर्ष पुरा हुनेछ । विधान अनुरूप एमालेको महाधिवेशन प्रत्येक पाँच वर्षमा हुनेछ र विशेष कारणले महाधिवेशन हुन नसके एक वर्ष म्याद थपेर अर्काे एक वर्षभित्र गर्नु पर्नेछ । पछिल्लो एक वर्षमा पार्टीमा आन्तरिक एकता भएको घोषणा गरे यता अध्यक्ष झलनाथ खनाल र नेता ओलीबीच खासै विवाद सार्वजनिक भएको थिएन । तर, तोकिएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई प्रभावित पार्नेगरी केन्द्रीय कमिटी बैठक सारिएपछि ओली र महासचिव पोखरेलसमेत महाधिवेशन आयोजक कमिटी गठन गर्नु पर्ने पक्षमा देखिएका हुन् ।
स्थायी समितिको ६ असारमा बसेको बैठकमा अध्यक्ष खनालले एक महिने चुनाव परिचालन अभियानबाट प्राप्त रिपोर्ट अध्ययन गरेपछि मात्रै केन्द्रीय कमिटीको बैठक डाक्ने भन्दै केन्द्रीय कमिटीको बैठक ५ साउनमा सारेका थिए । यसअघि स्थायी समितिको बैठकले नै एक महिने चुनावी अभियान सकिने दिन ७ असारका लागि केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो ।
पछिल्लो एक वर्षयता राष्ट्रिय राजनीतिक मुद्दाहरूमा एमालेका सबै जसो शीर्ष नेताहरू एकै ठाउँ उभिदै आएका थिए । आठौँ महाधिवेशनमा खनाल र ओली अध्यक्षका प्रत्यासी थिए र एक सयभन्दा बढी मतले उनले ओलीलाई अध्यक्षमा
पराजित गरेका थिए । अध्यक्षलगायत केन्द्रीय कमिटीमा प्यानलगत प्रतिस्पर्धा गरेका उनीहरूले महाधिवेशनपछि पनि तल्लो तहसम्म प्यानलगत प्रतिस्पर्धा र समानान्तर कमिटीसमेत गठन हुन थालेपछि आन्तरिक एकताको घोषणा गरेका थिए । आन्तरिक एकतापछि एमालेको समीकरणमा खनाल र ओलीलाई एकै ठाउँ उभिएको बताइए पनि पछिल्लोपटक ओली र अघिल्लो महाधिवेशनमा खनालकै प्यानलबाट महासचिवमा जितेका पोखरेलले महाधिवेशन आयोजक कमिटी गठन गर्नुपर्ने धारणाअघि सारेका हुन् । केन्द्रीय कमिटीको साउनमा बस्ने बैठकमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव राखिने केन्द्रीय सदस्य थापाले सौर्यलाई बताए ।
महाधिवेशन आयोजक कमिटी गठन गरी महाधिवेशनको मिति तोक्नु पर्ने ओलीले सार्वजनिक अभिब्यक्ति दिएपछि अध्यक्ष खनालले त्यसको कडा प्रतिवाद गरेका छन् । शनिबार राति प्रसारित एक टेलिभिजन कार्यक्रममा खनालले कसैले कराउँदैमा महाधिवेशन नहुने बताएका हुन् । ‘ओलीजीले पार्टीभित्र कुरा नगरीबाहिर किन यस्तो कुरा गरिरहनुभएको छ ? म अचम्मित छु,’ खनालले भने, ‘बैठकबाहिर आएका यस्ता कुरालाई केन्द्रीय कमिटीको आगामी बैठकमै राखेर कुरा गर्छु । कसैले कराउँदैमा महाधिवेशन हुँदैन ।’ खनालले पार्टीभित्र अनुशासनहीनता बढेर गएको पनि दाबी गरे । पार्टीको विधानअनुसार एक वर्ष अझै म्याद थपिन सक्ने भन्दै उनले आगामी फागुनमा महाधिवेशन नभएर फेरि एक वर्ष थपिन सक्ने संकेत गरे । नवौँ महाधिवेशनमा आफू फेरि अध्यक्षको दाबेदार रहेको पनि खनालले सो टेलिभिजन कार्यक्रममा बताएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले बुधबार केन्द्रीय कमिटीको बैठक एक महिना पछि सारेको विज्ञप्ति जारी गरे। महत्त्वपूर्णबाहेक केन्द्रीय सचिवालयका सचिवले विज्ञप्तिमार्फत पार्टीका निर्णय सार्वजनिक गर्ने एमालेको अभ्यास छ।
अध्यक्ष खनालले बुधबार स्थायी कमिटीमा असार ७ मा पूर्वनिर्धारित केन्द्रीय कमिटी साउन ४–७ मा सार्ने अडान लिएपछि त्यसमा असन्तुष्ट सचिव पौडेलले विज्ञप्ति जारी गरेनन्। त्यसैले खनाल आफै अघि सर्नुपर्‍यो।
पौडेल मात्र होइन, स्थायी कमिटी बैठकमा नेता केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेललगायत नेता असार ७ गतेबाट केन्द्रीय कमिटी बैठक, साउन पहिलो साता राष्ट्रिय प्रतिनिधि परिषद बैठक गर्ने पक्षमा उभिएका थिए।
केन्द्रीय कमिटी सरेपछि साउन ४ र ५ मा हुने पूर्वनिर्धारित राष्ट्रिय प्रतिनिधि परिषद बैठक अनिश्चित बनेको छ।
पार्टीको अधिवेशनपछि शक्तिशाली निकाय राष्ट्रिय प्रतिनिधि परिषद बैठक डेढ–डेढ वर्षमा हुने प्रावधान छ। साउनको पहिलो साता विधान संशोधन गर्न यो बैठक डाकिएको थियो। पछिल्लोपटक २०६८ फागुन २१ काठमाडौंमा परिषद बैठक भएको थियो।
बैठक धकेल्ने र धकेल्न नहुने नेताहरुबीचको छिनाझप्टीले एमालेको शीर्ष तहमा चर्कंदो बेमेल छताछुल्ल पारेको छ।
यस घटनालाई फागुनसम्म महाधिवेशन गर्नुपर्ने केपी ओली पक्षधरको दबाब झेल्ने खनाल पक्षको खेलका रुपमा हेरिँदैछ छ।
'अध्यक्ष खनालका पछिल्ला गतिविधि उहाँ फागुनसम्म कुनै हालतमा महाधिवेशन हुन नदिने खेलमा देखिनुभएको छ,' ओली निकट एक पोलिटब्युरो सदस्यले नागरिकसँग भने, 'त्यसैका लागि बैठक धकेल्न थालियो।' प्रतिनिधि परिषद बैठक सार्न केन्द्रीय कमिटी बैठकसँग पहिल्यै जुधाइएको ती नेताको आरोप छ।
५–५ वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्थामा राष्ट्रिय संकट वा विशेष परिस्थिति भएमात्र केन्द्रीय कमिटीले अघि वा पछि सार्न सक्छ। अघिल्ला महाधिवेशन पनि विभिन्न कारण एक वर्ष लम्बिने गरेको छ।
ती सदस्यले मंसिरमै संविधानसभा निर्वाचन हुन्छ भन्ने सुनिश्चित नभएको दाबी गर्दै चुनाव अघि नै महाधिवशेन भएर नयाँ नेतृत्वसाथ पार्टी चुनावमा जाँदा राम्रो हुने तर्क गरे। 'मंसिरमा चुनाव भए ठिकै छ,' ती सदस्यले भने, 'नत्र महाधिवेशन पछि सार्ने अर्को बहाना प्राप्त हुनेछ। विगतका गलत नजीर पछ्याउँदै कम्तीमा एक वर्ष ढिलो गर्ने पक्षमा खनाल देखिनुभो।'
एमाले राजनीतिलाई नजिकबाट नियालिरहेकाहरु भन्छन्–पछिल्लो समय जनवर्गीय संगठनमा आफ्नो पकड बढेकाले ओली नेतृत्वमा पुग्न आतुर छन्। 'चाँडो महाधिवेशन माग उनको यही भित्री आकांक्षा रहेको उनीहरुको तर्क छ।
यहीबीच, युवासंघ नेपालमा ओली निकट महेश बस्नेत अध्यक्षमा दोहोरिएका छन्। महिला, मजदुरमा पनि ओलीकै पकड छ भने विद्यार्थी र कर्मचारी संगठनमा पनि पकड राम्रो छ।
खनाल पक्ष भने ओलीको यो चाहनाले पार्टीमै समस्या ल्याएको दाबी गर्छन्। 'जनवर्गीय संगठनमा केही प्रभाव विस्तार देखिएकाले ओलीजी हौसिनुभएको छ,' खनाल निकट एक पोलिटब्युरो सदस्यले भने, 'तर भूगोलमा भने उहाँका अवस्था खस्कँदै गएको छ। त्यता उहाँले विचारै गर्नुभएको छैन।'
पार्टीभित्र परिवर्तनको लक्षण देखिएको समीकरणले पनि ओलीलाई नेतृत्वमा पुग्न हतारो लागेको विश्लेषण गरिँदैछ।
खनालविरुद्ध पहिले एकैठाउँ रहेका माधव नेपाल र ओलीबीच भने पछिल्लो समय दूरी बढेको छ।
'नेपाल, खनाल र वामदेव गौतम एकै स्थानमा आउने अवस्था पुग्नुअघि नै महाधिवेशन होस् भन्ने पक्षमा ओली हुनुहुन्छ,' ती नेताले भने, 'यस्तो अवस्था आए पार्टी नेतृत्वमा कहिल्यै पुग्न नसक्ने ठानेर उहाँले यो कुरा उठाउनु भएको हुनसक्छ।'
नेपाल पछिल्लो समय ओलीबाट टाढिएका छन्। महाधिवशेन मागलाई उनी बेमौसमी बाजा भनिरहेका छन्। 'ओलीले जसजसको साथ लिनुभएको छ, नेपाललाई त्यो मन परेको छैन,' नेपाल निकट एक केन्द्रीय सदस्यले भने, 'ओलीसँग टाढिए पनि खनालसँग मिलेर जाने समीकरण भने बनेको छैन।'
ओली 'टेस्टेड' नेता होइनन्। अहिलेसम्म पार्टी तथा सरकारको नेतृत्व गर्न पाएका छैनन्। यद्यपि उनी पार्टी खुला भएदेखि नै पार्टीपंक्तिमा शक्तिशाली नेता रहँदै आएका छन्।
'लामो समयदेखि पार्टी र देशको राजनीतिमा प्रभावशाली भए पनि उहाँ कहिले पनि पार्टीका अध्यक्ष र प्रधानमन्त्री बन्न सक्नुभएको छैन,' ओली निकट नेताले भने, 'पार्टीमा उहाँले लिएको नीतिअनुसार चलेको छ भने नेतृत्व पनि पाउनुपर्छ भन्ने दाबी अस्वाभाविक होइन।'
मदन भण्डारीको निधनपछि संविधानसभाका निर्वाचनको समयसम्म माधवकुमार नेपालका डेढ दशक एकछत्र नेतृत्व थियो। पाँचौँ महाधिवेशनपछि केन्द्रीय सदस्य बनाइएको झलनाथ खनाल महासचिव र आठौं महाधिवेशनपछि अध्यक्ष नै बने। नेपाल र खनाल दुवै प्रधानमन्त्री बने।
ओली बहुदलीय जनवादको प्रमुख व्याख्याता आफूमात्रै भएको ठान्छन्। खनाल पाँचौं महाधिवेशनको समयमा मदन भण्डारीले ल्याएको बहुदलीय जनवादका समर्थक थिएनन्। उनी सिपी मैनालीले अघि सारेको नौलो जनवादका पक्षमा थिए। खनाल त्यतिबेला बहुदलीय जनवादलाई 'दक्ष प्रजापतिको टाउको' भन्थे।
'अहिले बहुदलीय जनवादलाई छायामा पार्ने अन्य मुद्दा चर्काउने गरिएको छ,' ओली निकट एक पोलिटब्युरो सदस्यले भने, 'बहुदलीय जनवादले पँुजीवादी क्रान्ति गर्नुपर्छ भन्ने छ। तर पार्टीमा पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो। समाजवादी क्रान्तिमा जाने कुरा गरिँदैछ।'
'मदन भण्डारीले ल्याएको विचारका उत्तराधिकारी हौं  भनेर देखाउन पुँजीवादी क्रान्तिको कुरा उठाएका हुन्,' खनालनिकट एक नेताले भने, 'समाजमा आएको परिवर्तनलाई उहाँहरु नकार्न सक्नुहुन्न, भोलि यसमै नआई सुख छैन।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक