20130624

मन्त्री परिषदका अध्यक्षको घरमा माओवादी बम, झण्डै बिस्फोट भएको ! फेरी शुरु भयो बम आतंक

गाउँ, शहर देखी राजधानी सम्म माओवादी, प्रचण्ड, बाबुरामहरुले रोपेका आतंकका बिउहरु उम्रिँदै, हुर्किंदै !
cookerbam2
बम निस्क्रिय पार्दै नेपाली सेनाको टोली 
पाल्पा — मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको पोखराथोक-६ धोवादीस्थित घरलाई लक्ष्यित गरी राखेको बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ। सोमबार बिहान ६ बजे बम देखेपछि घर रेखदेखमा बस्ने श्रीराम
थापाले प्रहरीलाइ खबर गरेका थिए। नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीको बम डिस्पोजल टोलीले झण्डै ३ घण्टा लगाएर कुकुर बम निस्क्रिय पार्‍यो।
पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीका अनुसार कालो झोलामा राखिएको प्रेसर कुकर र टाइम बम सँगै नेकपा माओवादी (क्रान्तिकारी)को लेटर प्याडमा प्रेस विज्ञप्ति समेत फेला परेको छ। विज्ञप्तिमा वर्तमान सरकार र चुनावको विरोध गरिएको छ ।

क्रान्तिकारीका २ नम्बर मध्ये फर्मेसन कमाणडर हिमाल र कमिसार दर्शनले हस्ताक्षर गरेको विज्ञप्तिमा वर्तमान सरकारले देशलाइ निकास दिने भन्दा पनि रक्तपात मच्चाउने दिशातर्फ धकेलेको उल्लेख छ।

२२ नम्बर बाहिनी वुटवलका सहसेनानी मातृका कुँवर मगरको नेतृत्वमा आएको डिस्पोजल टोलीले बम सफलतापूर्वक निस्क्रिय पारेको हो । दुई लिटरको प्रेसर कुकरमा डेटोनेटर दुई थान जडान गरिएको थियोभने गन पाउडरले भरिएको थिए। बम भेटिएपछि अध्यक्ष रेग्मीको घर खेत स्याहारेर बसेका थापाको परिवार त्रसित छ।
cookerbam4
बम डिस्पोजलको तयारी गर्दै सेनाको टोली

cookerbam1
बम डिस्पोजलको गर्दै सेनाको टोली

cookerbam3
बम भेटिपछि रेग्मी निवसमा सुरक्षाकर्मी


cookerbam
२ लिटरको कुकुर बम  .                                         - टेकनारायण भट्टराई/ नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक