20130716

धनगढीका २७ वर्षीय हेमन्त घिमिरेले गत शनिवार साँझ बाल्टिमोरमा घाँटीमा पासो लगाई आत्महत्या गरे, "दुर्भाग्य भयो अब हामी सबै मिलेर उनको दाहसंस्कारका लागि सहयोग जुटाउनुपर्छ"

बाल्टिमोर/  धनगढी नगरपालिका वडा नम्वर १ का स्थायी वासिन्दा २७ वर्षीय हेमन्त घिमिरेले गत शनिवार साँझ बाल्टिमोरमा घाँटीमा पासो लगाई आत्महत्या गरेका  छन् | उनी बाल्टिमोरको ड्रमक्यासल भन्ने ठाउँमा साथीभाईसंग मिलेर बस्दै आएका थिए | सन् २०११ मा अध्ययनका लागि ओक्लोहोमा आएका हेमन्त
त्यहाँबाट टेक्सास सरेर डेढ वर्ष अघि बाल्टिमोर आएका थिए | विगत चार महिनादेखि बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालमा उपचाररत घिमिरे जुलाई पाँच तारिख शुक्रवार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए | केही दिन आफुसंग बसेपछि अब आफु पूर्ण स्वस्थ भएको भन्दै हेमन्त गत विहीवार मात्र साथीभाइसंग मिलेर बस्ने भन्दै ड्रमक्यासलमा गएको उनका आफन्त स्थानीय धरम विश्वकर्माले ग्लोब नेपाल डट कमलाई जानकारी दिए | शनिवार साँझ कामबाट फर्केका उनको कोठामा संगै बस्ने साथीहरुले हेमन्तलाई कोठामा नदेखेपछि खोज्दै जाँदा ढोका नजिकैको सानो क्लोजेटमा खादाको पासो लगाएर भित्तातिर फर्केको र खुट्टा झुन्ड्याएको अवस्थामा फेला पारे | लगत्तै उनीहरुले प्रहरी र आफ्ना साथीभाईलाई खबर गरेका थिए | प्रहरी र मेडिकल टीम घटनास्थलमा पुग्दा उनको पहिले नै प्राणपखेरु उडिसकेको थियो | हाल उनको शवलाई बाल्टिमोरस्थित एक शवदाह गृहमा राखिएको नासो कम्युनिटीका अध्यक्ष दीपक विश्वकर्माले जानकारी दिएका छन् | हेमन्तका बाबुआमा र एक भाई छन् | उनीहरु हाल काठमाडौमा बस्दै आईरहेका छन् | घटना बारे जानकारी पाए लगत्तै घटनास्थल पुगेका आफन्त धरम विश्वकर्माका अनुसार हेमन्त मानसिक रोगी थिए | त्यही मानसिक रोगको उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो | हेमन्तकी आमा समेत मानसिक रोगी रहेको र बुवा पनि मुटुको रोगी रहेको समेत विश्वकर्माले जानकारी दिए | पारिवारिक अवस्था कमजोर भएका घिमिरे परिवारका जेठो छोरो हेमन्तले यस अघि पनि दुई पटक आत्महत्या प्रयास गरेको जानकारी समेत प्राप्त भएको छ | बाल्टिमोरमै रहेका नासोका उपाध्यक्ष गोपाल विश्वकर्माले पनि घटनाको जानकारी पाए लगत्तै आफुहरु घटनास्थल पुगेको बताउदै अब मृतक हेमन्तका बुवा र भाईलाई हेमन्तको अन्तिम संस्कारका लागि अमेरिका ल्याउने र दाहसंस्कार गर्न सहयोग संकलन गर्ने बारे पहल भैरहेको जानकारी दिए | आफुहरु शनिवार अबेर रातीसम्म घटनास्थलमा पुगेर हेमन्तको शवलाई शवदाह गृहमा लगेपछि मात्र घर फर्केको जानकारी दिदैं नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका उपसभापति राज सेन्चुरीले भने,दुर्भाग्य भयो, अब हामी सबै मिलेर उनको दाहसंस्कारका लागि सहयोग जुटाउनुपर्छ |
Late Hemant Ghimire's information
Name: Mr. Hemant Ghimire
Address: Dhangadhi-1, Kaikali, Nepal
Date of Birth: August 21, 1987
Family Status: Father, Mother and one younger brother
US entry:  January 09, 2011 at Northwestern Oklahoma State University, Alva, OK 73717, USA
Death: July 13, 2013 around 5pm-8pm Suicide inside his apartment 6311 Holly Lane, Baltimore, MD 21212.
Now, his death body is at MacNabb Funeral Home, 301 Frederick Rd, Catonsville, MD 21228

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक