20130715

पुरुषोत्तम दाहालको ‘शान्ता’ विमोचित : श्रीमती शान्ताको यथार्थ कहानी जसले कसको मन नछोला र !


( कुनै बेला रेडियो नेपालमा बज्ने पुरुषोत्तम दाहालको त्यो आवाज अहिले पनि सारा नेपालीहरु स्मरण गर्दछन र भन्दछन " पुरुषोत्तम दाहालको जस्तो स्वर रेडियो नेपालमा अहिले कहाँ सुन्न पाउनु !" हुन पनि उनी रेडियो आवाजका राजा नै हुन । उनकी श्रीमती शान्ता दाहाल यसै त बार्हैमासे बिरामी, त्यस माथि एक जना डाक्टर बिरामी परे पछी उनको मन थामिएनछ, उनले बरु म मर्छु तर यि डाक्टर लाई बँचाउँछु भनेर आफ्नो कलेजो दिए पछी शान्ता झनै थलिएर बसेकी छन । यसै बिचमा एक जना साथी कुमार अधिकारीलाई समस्या पर्‍यो भने पछी आफ्नो घर नै बैंकमा राखेर सहयोग गर्दा दाहालको घर नै अहिले लिलामीमा चढेको छ । साथीहरु मिलेर उनको सहयोगमा जुट्नु पर्ने अवस्था छ तर दाहाल सहयोग आव्हान गर्दैनन । दाहालले चाहेका भए अहिले सम्म आफु करोडौंको घर सम्पत्ती जोडेर आरामका साथ बस्न सक्थे तर अहिले दिनको भोक न रात को निँद भएका छन उनी । पुरुषोत्तम दाहालसँगै लामो समय सम्म रेडियो नेपाल होस वा छापा पत्रकारिता ( राष्ट्रपुकार, नेपालबाणी लगायतका मिडियामा)  मा सँगै काम गरेको यो पँक्तिकारको नजरमा यती सज्जन, यती निस्कलँक, यती निश्चल पत्रकार नेपालमा औँलामा गन्न सकिन्छ । यि गौ प्राणी, यि सज्जन प्राणीलाई अहिले परेको पिर मर्का अरु जोकोही लाई परेका भए सहन गर्न सक्ने अवस्था छैन । बाल्मिकी कलेजको प्राध्यापनले जसो तसो जिबन यापन गरेका यि सज्जनकी श्रीमती शान्ता कती सज्जन छन भन्ने कुरा उनको ऊदारता बाट झन छर्लङ हुन्छ । उनी आफु मरेर पनि अर्को डाक्टरलाई बचाउंछु भन्ने दुस्सहास गर्दैछिन । लाग्छ यो जोडी कलियुगमा पनि एउटा अचम्मको उदाहरण हो । यो पँक्तिकार पुरुषोत्तम दाहाललाई चिन्ने जान्ने इस्ट मित्र सँग यो आग्रह गर्दछ कि अहिले व्याबहारिक घाऊ चहर्याएर निकै मर्माहत बनेको यो दाहाल जोडीलाई हामीले मनवताका आधारमा, नैतीक आधारमा सहयोग गर्नु पर्ने अवस्था छ । मलाई थाहा छ, मैले यसरी लेखेको दाहाल जोडीलाई चित्त बुझ्ने छैन वहाँहरु भन्न सक्नुहुन्छ किन लेखेको ? छोडि दिउँ हाम्रो दु:ख पिर
मर्का हामी सँगै छ कसैलाई पनि कस्ट नपुर्याउँ । तर म भित्रको मानवताले मलाई चुप्प बस्न दिएन । नैतिकताले त्यसै बस्न दिएन । आखिर पर्दा खेरी काम नलाग्ने साथीभाइ इस्ट मित्र किन पो चाहियो र ! यदी तपाईं वहाँ सँग संपर्क गर्न चाहनुहुन्छ भने वहाँको काठमाडौंको फोन नम्बर हो - 9849148804, 4810827 । कृपया बाँकी कुरा वहाँसँग तपाईं आफै गर्न सक्नुहुन्छ । बिदेशमा रहनुभएका मित्रहरु : सहयोग रकम पठाउने सबैभन्दा सजिलो उपाय मनीग्राम हो र सस्तो पनि पर्छ । संसार भर कही बाट पनि पठाउन सकिन्छ । वहाँको नाम Purusottam Dahal, address : Kathmandu, Nepal मात्र पुग्छ । मनि ग्राम गरेपछी वहाँ लाई फोन नम्बर 9849148804, 4810827 मा फोन गरी मनि ग्राम को reference number टिपाउनुस् । ५ मिनेट भित्रै वहाँले पैसा काठमाडौंमा पाउनुहुन्छ । नेपालमा भएका मित्रहरु : कृपया वहाँ लाई सिधै फोन गरी अफर गर्न सक्नुहुन्छ ।अहिले भर्खरै पिँडा र छटपटीका बिचमा कलमका धनी, स्वरका राजा  पुरुषोत्तम दाहालले आफ्नै हकिकतमा आधारित सत्य कुरा तर उपन्यासका रुपमा सार्वजनिक गरेका छन । उपन्यास बिमोचनको समाचार तल प्रस्तुत छ    - रामप्रसाद खनाल)                           ***********

काठमाडौँ, २८ असार । वरिष्ठ पत्रकार एवम् राजनीति विश्लेषक पुरुषोत्तम दाहालद्वारा लिखित ‘शान्ता’ उपन्यास आज राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ । सगरमाथा वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार गीता केशरी, डा केदारनरसिंह केसी र लेखक दाहालकी धर्मपत्नी शान्ता दाहालले संयुक्तरूपमा उपन्यास लोकार्पण गर्नुभयो । पुस्तकबारे बोल्दै संस्कृतिविद् जोशीले उपन्यासकी मुख्य पात्र शान्ताले वास्तविक जीवनमा आफ्नो कलेजो काटेर एक जना क्यान्सर पीडित डाक्टरलाई पुनर्जन्म दिएर समाजमा अनुकरणीय कार्य प्रस्तुत गरेको बताउनुभयो । पुस्तक बारे टिप्पणी गर्दै प्राध्यापकद्वय डा कुलप्रसाद कोइराला र डा. कुमार कोइरालाले यथार्थ घटनालाई कल्पनाशीलता प्रयोग गरी उत्कृष्ट सृजना ल्याएकामा लेखक दाहाल प्रशंसाका पात्र हुनुहुन्छ भन्नुभयो । “पछिल्लो चरणमा एउटा विवेकले घच्घच्यायो र अनुभव संगाल्ने क्रममा उपन्यास तयार भयो । यसमा जीवनले जीवन साट्ने प्रयास, मानिसको जीजिविशाको चर्चा गरेको छु,” लेखक दाहालले भन्नुभयो । लेखक दाहालले उपन्यास बिक्रीबाट प्राप्त रकमको केही प्रतिशतबाट शान्ता कलेजो क्यान्सर सहयोग कोष स्थापना गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा जम्मा हुने रकमबाट भविष्यमा कलेजो क्यान्सरबाट पीडितलाई सहयोग गरिने छ । कार्यक्रममा पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले कलेजो दान गरी क्यान्सर पीडितलाई पुनर्जीवन दिने काम गरेकामा लेखककी धर्मपत्नी प्रशंसाकी पात्र हुनुहुन्छ भन्नुभयो । यो उपन्यास लेखक दाहालकी धर्मपत्नी शान्ताले कलेजो क्यान्सरबाट मृत्युनजिक पुगेका आफ्नै मामालाई आफ्नो कलेजोको टुक्रा दान गरी पुनर्जन्म दिएको घटनामा आधारित छ । यथार्थ घटनामा आधारित भएता पनि उपन्यासले नेपाली समाज, राजनीति, राष्ट्रियताको विषयमा चर्चा गर्नुका साथै मानवीय संवेदनाको गहिराइसम्म पुगेर समग्र मानव प्रवृत्तिको शल्यक्रिया गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक