20130715

अफ्रिकी मुलुक केन्यामा ८ नेपाली महिला एउटा रात्रि क्लबमा चरेससहित पक्राउ परेको केन्या प्रहरीको दाबी


अफ्रिकी मुलुक केन्यामा ८ नेपाली महिला एउटा रात्रि क्लबमा चरेससहित पक्राउ परेका छन्। केन्या प्रहरीले राजधानी नैरोबीस्थित एउटा रात्रि क्लबमा बसेर चरेस सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्≈वाले जनाएको छ। नैरोबीको मध्यभागमा रहेको माकेन बार एन्ड रेस्टुरेन्टमा प्रहरीले छापा मार्दा ती नेपाली महिलाहरू पक्राउ परेको दाबी केन्या प्रहरीले गरेको छ। प्रहरीले उनीहरूको साथबाट ४ ग्राम चरेससमेत बरामद गरेको थियो। विदेशी मात्रै प्रायः जाने उक्त रेस्टुरेन्टमा छापा मारी प्रहरीले १३ जना विदेशीलाई पक्राउ गरेको भए पनि ८ जना नेपाली रहेको नैरोबीका प्रहरी कमान्डर भिटालिस ओटिएनोले जानकारी दिनुभएको छ। त्यही रेष्टुरेन्टमा नर्तकीको रूपमा काम गर्ने ती नेपाली युवतीहरूको बारेमा प्रहरीले नाम भने सार्वजनिक गरेको छैन। उनीहरू कसरी त्यहां पुगे र रेष्टुरेन्ट काम गर्न थाले भन्नेबारेमा केन्या प्रहरीले अनुसन्धान शुरू गरेको छ। उनीहरूसंग रेष्टुरेन्ट काम गर्ने अनुमती नभई अन्य क्षेत्रमा काम गर्ने अस्थाई अनुमती थियो तर उनीहरू गैरकानुनी रूपमा रेष्टुरेन्टमा काम गरेको पाईकाले पनि उनीहरूमाथि कठोर
कारवाही हुने प्रहरी प्रमुख भिटालिसले बताउनुभयो। पक्राउ परेका नेपाली महिलाहरू राम्रोसंग अंग्रेजी समेत बोल्न नजान्ने भएकाले थप समस्या सिर्जना भएको प्रहरी प्रमुख भिटालिसले बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक