20130720

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सबै काला जातिले कुनै न कुनै रुपमा जातीय भेदभावको अनुभव गरे !

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सबै काला जातिले कुनै न कुनै रुपमा जातीय भेदभावको अनुभव गरेको बताएका छन् । गत साता एक काला जातिका ट्रेवोन मार्टिनको हत्याको अभियोग लागेका गोरा जातिका ब्यक्तिलाई छाड्ने अदालतको फैसलापछि पहिलो पटक टिप्पणी गर्दै ओबामाले "३५ वर्ष पहिले आफू पनि त्यस्तै भेदभावको शिकार हुनसक्थें" भने। सन् २०१२ को फेब्रुवरीमा फ्लोरिडामा निहत्था १७ वर्षीय अश्वेत किशोर ट्रेवोनको गोरा जातिका २९ वर्षीय जर्ज जिमरमेनले गोली हानी हत्या गरेका
थिए । अभियुक्त जिमरमेनले हत्या गरेको अदालत सामु स्विकारी सकेका थिए । तर, गत हप्ता आफ्नो बचावका लागि गोली हानेको अभियुक्त जिमरमेनको दलीललाई स्वीकार गरी अदालतले उनलाई हत्याको आरोपबाट सफाई दिएको थियो । अचानक ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा भावुक मुद्रामा बोल्दै ओबामाले त्यस्तै अपराध कुनै गोरा जातिको किशोरले गरेको भए फैसला अर्कै आउन सक्ने बताए ।
ओबामाले अफ्रिकीमुलका अमेरिकीले कानुनको पालनामा जातीय भेदभाव हुने बुझेको पनि उल्लेख गरे । ओबामाले अदालती फैसलापछि मर्यादित प्रतिक्रिया दिएको भन्दै ट्रेवोनका आमा बाबुको सराहना गरे ।
जिमरमेन रिहा भएको विरोधमा अमेरिकाका विभिन्न शहरमा विरोध प्रदर्शनहरु भएका छन्

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक