20130721

"कांग्रेसभन्दा एमाले र एमालेभन्दा प्रचण्ड-बाबुराम बढी राष्ट्रघाती देखिए" - नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द

"कम्युनिष्टहरुले विगतमा राजा र कांग्रेसले नगरेको आत्मसमर्पण, दलाली र गद्दारी गरेका छन् ।" -  नेकपा–माओवादीका सचिव देव गुरुङ
नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले राष्ट्रियताको संरक्षणका लागि पूर्वराजासँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनु भएको छ । तर अहिल्यै यो विषयमा पूर्वराजासँग छलफल भने नभएको उहाँको भनाइ थियो । क्रान्तिकारी पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा माओवादी सचिव चन्दले स्वाधिनतामाथि कालो बादल मडिरहेकाले स्वाधिनताको पक्षमा एकाकार हुनेहरुसँग सहकार्य हुने बताउनु भयो । यसबारे बीबीसी नेपाली सेवासँग कुरा गर्दै विप्लवले राजा भन्ने शब्द प्रयोग नगरि ज्ञानेन्द्रसँग सहकार्य हुने बताउनु भयो । पूर्व राजावादी र सैनिक अधिकारीहरुसँग वार्ता गरेकोबारे सोधिएको प्रश्नमा विप्लवले पूर्व सैनिक अधिकारीहरुसँग छलफल भएको स्वीकार गर्नु भयो । हिजो क्रान्तिका नायक भनेकाहरुलाई गद्दार र आफैंले फालेका राजालाई राष्ट्रवादी देखेको हो भनि सोधिएको प्रश्नमा उहाँले व्यवहारले कांग्रेसभन्दा एमाले र एमालेभन्दा प्रचण्ड-बाबुराम बढी राष्ट्रघाती देखिएको बताउनु भयो । उहाँले कम्बोडियोमा जस्तै पूर्व राजाहरुले राष्ट्रियताको संरक्षणका लागि भूमिका खेल्न सक्ने बताउनु भयो ।नेकपा–माओवादीका सचिव देव गुरुङले अधुरो क्रान्तिलाई पुरा गर्नुपर्ने दोहर्‍याएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमा नेता गुरुङले भने, ‘कम्युनिष्टहरुले विगतमा राजा र कांग्रेसले नगरेको आत्मसमर्पण, दलाली र गद्दारी गरेका छन् ।’ उनले अहिलेको कम्युनिष्ट आन्दोलनको प्रमुख कार्यभार राष्ट्रिय मुक्ति आन्दोलन पुरा गर्नुपर्ने रहेको बताए । ‘राष्ट्रिय मुक्ति आन्दोलन सफल गर्नु भनेको नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नु हो,’ गुरुङले भने, ‘कम्युनिष्ट आन्दोलनका आत्मसमपर्णकारी, दलाल र गद्दारहरुलाई नाङ्गेझार पार्नुपर्छ ।’ नेकपा (माओवादी) का संयोजक मातृका यादवले नेपाली जनता र कम्युनिष्ट पार्टीको प्रधान अन्तरविरोध
खुट्याएर जानुपर्ने बताए । उनले पुष्पकमल दाहालको समूहको दलाली र गद्दारी तोड्न सक्नु पर्ने बताए ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक