20130721

लेउ खुरुक्कन, अब तिम्रो दिने पालो ! - स. ज. क

मेरी आमाको छातीमा 

तिम्रा गम्बूटहरुले परेड खेल्दा
“म चुप-चापै थिंए,
मेरो घर पछाडीको झाडीमा
 तिम्रा निशानाहरु तिखारिदा
 “म चुप-चापै थिंए,
तिम्रा आयातित गोला-बारुदले 
मेरो शान्ति एम्बुषमा 
पटक पटक पारिंदा पनि
 “म चुप-चापै थिंए,
हेरौंन त यो कथित क्रान्ति पनि भन्ने लाग्यो, 
हेरौंन त यो कथित क्रान्ति पनि भन्ने लाग्यो,
छिमेकीको घर उजाडिदा पनि
 “म निर्लज्ज चुप-चापै थिंए,
डाँडा घरे गुरुबालाई रुखमा बाँधी
 तिम्रा टट्टूहरुले ठोक्दा पनि
 “म केहि नबोली चुप-चापै थिंए,
बुढा-बुढीको टेक्ने लौरो भाँचिदा,
चेलीको सिन्दुर पुछिदा ,
एउटी छोरीले आमा गुमाउदा,
एउटा छोरोले बा गुमाउदा,
दुधे बालक आमा भन्न नसिक्दै अनाथ हुदा
नाबालक भोक-प्यासले छट्टपटिदा पनि

 “म चुप-चापै थिंए, 
तिमीले क्रान्तिको साटो
 बुझेको जम्मा मोलको हिसाब गर्दै-गर्दा सम्म
 म चुप-चापै थिंए,
तिमीले बुझिलिएको जम्मा मोलको हिसाब गर्दै-गर्दा सम्म
 म चुप-चापै थिंए,
 आजसम्म टोटलमा
 तिम्रा क्रान्तिको हजारौ-लाखौँले अनमोल मोल तिरिसके , बाबै !
तिम्रा क्रान्तिको हजारौ-लाखौँले अति नै चर्को मोल तिरे |
घरले तिर्यो,
गराले तिर्यो,
खेतले तिर्यो,
बनले तिर्यो,
हिमालले तिर्यो,
पहाडले तिर्यो,
फाँटले तिर्यो,
रास्ट्रैले तिर्यो,
मेरी आमाको छातिले पनि तिर्यो|
सक्नेले नोटमा तिरे,
कसैले भोटमा तिरे,
कसैले पछि लागेरै तिरे ,
कसैले चुप लागेर तिरे ,
कसैले सहेर तिरे,
कसैले रोएरै तिरे,
कसैले इमानले तिरे,
सक्दै नसक्नेले “ज्यान” मा तिरे|
 तिम्रो क्रान्तिको हजारौ-लाखौँले अनमोल मोल तिरे |
तिम्रो क्रान्तिको हजारौ-लाखौँले चर्को मोल तिरे |
 अब तिम्रो दिने पालो,बाबै,
अब तिम्रो दिने पालो,
लेउ खुरुक्कन, अब तिम्रो दिने पालो!
अब तिम्रो दिने पालो ,
लेउ खुरुक्कन, अब तिम्रो दिने पालो!
हाम्रो पनि आज नगद कल उधार !!!”

                    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक