20130709

गिद्धको शिकार बनेका परेवाहरु !



 परेवाहरुको एउटा हुलमा
नक्कली भेस धारण गरेर  छिरेको
एउटा नामुद शिकारी गिद्ध
आजकाल परेवाहरुको नेता हुं भन्दै
कहिले परेवाहरुको सम्मेलन डाक्छ

अशल परेवाहरुलाई छानी छानी ताक्छ
परेवाहरुलाई आपत बिपद पर्दा भाग्छ
मात्र उनिहरुलाई एकै गास बनाउन माग्छ
सिन्हो लुछ्न माहिर त्यो गिद्ध
धेरै परेवाहरुलाई आफ्नो आहारा बनाइसकेको
नक्कली भेसमा आफै परेवा बनेर
परेवाहरु डस्दा डस्दा
ठस ठस्ती गन्हाइसकेको
यद्यपी शान्ती रुपी केही परेवाहरु
अझै पनि उसलाई परेवा नै हो कि भन्ने ठानेर    
उसलाई आफ्नो अशल नेता मानेर
उसकै पछाडि कुदिरहेका छन
बिचरा ति अबोध परेवाहरुलाई के थाहा ?
त्यो गिद्ध कती दुस्ट !             
कती अधर्मी !
कती हरामी !
उसका बिसालु नग्रा
शिकारका लागि टाढा टाढा सम्म देख्ने
कठोर आँखाहरु !
सिन्हो लुछदा लुछदा झनै खारिएको
उसको आत्मविश्वाश !
उसले यो पटक चारकोसे झाडी भित्र
एउटा अनकन्टार जङलमा
परेवा सम्मेलन बोलायो
भ्रम छर्यो, चारो छर्यो, छारो छर्यो
त्यो हराम गिद्ध
परेवा कै जस्तै स्वर निकालेर बासेको
बनावटी अभिनय गर्यो
उसको दुस्ट चरित्र बुझेका परेवाहरु
यस पटक कोही पनि चारकोसे झाडी छिरेनन
तर नयाँ नयाँ अबोध परेवाहरु
त्यो दुस्ट गिद्धलाई         
परेवाकै नेता हो कि भन्ने ठानेर
उसलाई नै नेता मानेर
चार कोसे झाडी भित्रको त्यो जङल छिरे
अबोध ति परेवाहरुको उपस्थिती भजाएर
त्यो हरामी, शिकारी गिद्द
फेरी आफ्नो शिकार अगाडि बढाउँदैछ
परेवाहरुकै नेताहुँ भन्दै कराउंदैछ
कुनै दिन एउटा असफल परेवा नेताको पछाडि कुँदेर
गिद्ध भए पनि परेवाको पगरी पाएको
अब त्यो पगरी छोड्ने वाला
केहीहुन्छ प्रसाद” हरु मनोनित गर्दै परेवाको समाजमा
ठान्छ मेरो बोलवाला !
उसका बिसालु नङ्राहरु द्वारा चिथोरिएका
चुच्चो थोडले थुङ्दा थुङ्दा घाइते बनाइएका
केही अशल परेवाहरु
चारकोसे झाडी बाहिर
बुद्धको लुम्बिनी नजिक खुल्ला चौरमा
निस्कलङ्क स्वच्छ मन मस्तिकले
छलफलमा जुटेका छन रे
त्यो परेवाको नक्कली भेस धारण गरेको
अधर्मी, शिकारी गिद्धलाई नङ्याउन
परेवाहरु बथान बान्दैछन रे
नयाँ अबोध परेवाहरुलाइ साबधान भन्दै छन रे !
गिद्धको शिकार बनेका परेवाहरु
उसकै शिकार गर्न दिन गन्दै छन रे
गिद्धलाई परेवा नठान भन्दै छन रे !    
   - रामप्रसाद खनाल
 
   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक