20130812

प्रधान न्यायाधिश कै सरकार अन्धो बहिरो र नपुँशक भएपछी, नियम कानुनको खिल्ली उडन थालेपछि यस्तो पनि हुँदो रहेछ ! धिक्कार छ खिलराज रेग्मी सरकार !

हत्याराहरुका नाइके बाबुराम भट्टराई द्वारा लाशको राजनीति नगर्न भन्दै ऊल्टै पीडित परिवार र मनबाधिकारबादिहरुलाई चेतावनी !
 'कि मलाई मार, कि छोरालाई न्याय देऊ । मभन्दा पहिला उसलाई न्याय नपाई मर्न नदेऊ,' यति भनेर रत्ननगर १३ स्थित जयमंगलाकी ७८ वर्षीया गौरीमाया अधिकारी आइतबार एकोहोरो रोइरहिन् । पिँढीमा बसेकी उनी घरी नाति र छोरा-बुहारीको फोटो राखेको एल्बम हेरेर मूर्छित हुन्थिन् त घरी बिलौना गरिरहन्थिन् । उनको साथमा न्याय माग्दै अनशन बसेका छोरा-बुहारीको तस्बिर छापिएको पत्रिका थियो । उनले खाली पेट आँसु बगाउन थालेको ५ दिन भइसको छ । बुढेसकालको सहारा जेठो छोरा नन्दप्रसाद र बुहारी गंगामाया
ज्यानको बाजी थापेर राजधानीमा अनशन बसेका छन् । गौरीमाया कराउँछिन् तर उनको चित्कार घरबाहिर जाँदैन । कराउँदा कराउँदा मूर्छित भई थाकेर ओछ्यानमा पल्टिन्छिन् । उनकाबारे बुझ्ने कोही छैन । नाति कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेका छोरा-बुहारीको स्वास्थ्य नाजुक भएको खबर सुनेपछि उनी एकोहोरिएकी छन् । ०६१ मा गोरखा, फुजेल ७ का १८ वर्षीय कृष्णप्रसाद एसएलसी दिएर चितवन आएको समयमा माओवादीले बिनाकारण सुराकीको आरोप लगाई अपहरण गरेर हत्या गरेपछि परिवार विक्षिप्त बनेको हो । नाति हजुरबा-हजुरआमालाई भेट्न यहाँ आएका थिए । आएको ३ दिनमा उनलाई माओवादी कार्यकर्ताले घरभन्दा केही टाढा रहेको कयर खोलामा लगी मोटरसाइकलले हानेर हत्या गरेका थिए । त्यस दिनबाट परिवारको खुसी लुटिएको होे । 'निर्दोष मार्नेलाई कारबाही गर्न माग गर्दै काठमाडौं जाँदा सरकारले मानसिक रोगी भनेर अस्पताल पुर्‍यायो,' उनले भनिन्, 'सरकारका मान्छेलाई थाहा रहेनछ ९ महिना गर्भमा राखेर जन्माई हुर्काइ गरेको सन्तानको माया जन्म दिने बुवा-आमालाई कति हुन्छ भनेर ? बिनाकारण हुर्किंदो सन्तानलाई मार्दा कसको मन दुख्दैन ? कुन बुवा-आमा चुप लागेर बस्न सक्छन् ?, सरकारमा भएकाहरूका सन्तान छैनन् र ? छन् भने त सन्तान गुमाउँदाको पीडा तिनलाई पनि थाहा हुनुपर्ने हो,' उनले बिनाकारण निर्दोष छोरा गुमाएर दोषीलाई कारबाही माग गर्दै अनशनमा बस्दा 'पागल' भन्ने सरकारको मुटु ढुंगाको भएको बताइन् । नातिको पीरले एकोहोरिएका नन्दप्रसादका बुवा घनप्रसाद एक वर्षअघि कात्तिकमा बिते । रेडियो सुनेर छोरा-बुहारीको अवस्थाबारे गौरीमायाले थाहा पाउँछिन् । उनका ४ छोरी र २ भाइ छोरा हुन् । ७ छोरामध्ये ५ को मृत्यु भइसकेको छ । उनी कान्छो छोरा ठाकुरप्रसादको साथमा छिन् । उनको रेखदेख छोरी रूपा रेग्मीले गर्दै आएकी छन् । 'बाँचेका २ सन्तानमध्ये नन्दप्रसादको अवस्था गम्भीर भन्ने सुनेदेखि पेटमा अन्न परेको छैन,' गौरीमायाले भनिन्, 'सधैं रुनमात्र मन लाग्छ । मनभरि वेदना छ । कसलाई पोख्ने । कसले सुन्छ ?' 'आमा नरोएको दिन छैन,' उनको रेखदेख गर्दै आएकी छोरी रूपाले रुँदै भनिन्, 'अन्यायमा परेका हामीले के अब न्याय पाउँदैनौं । न्यायालयमा बसेका व्यक्ति सरकारमा छन् रे । उनलाई थाहा रहेनछ कि क्या हो अन्यायमा परेकाको पीडा कस्तो हुन्छ भनेर ?' -
click this link below
खिलराज रेग्मी ज्यू तपाईं न्याय मुर्ती हो कि दानब मुर्ती !? प्रचण्ड र बाबुरामको मतियार मात्र बन्ने हो भने धिक्कार छ तपाईं जस्ता प्रधान न्यायाधीशलाई जसले कुर्सिका लागि आफ्नो न्यायको सिद्धान्त बिर्सिन्छ ! अब देखी कुनै नेपाली आमाको कोख बाट तपाईं जस्ता अन्धा प्रधान न्यायाधीश, सरकार प्रमुखको जन्म नहोस, भिडियो आफै यसरी बोल्छ !!!

भिडियो आफै यसरी बोल्छ तर नेपाल मा नियम कानुन केही बोल्दैन, प्रधान न्यायाधिश रेग्मीको लाचार सरकार जस्तै !

बाबुराम भट्टराई र हिसिला यमीको अशली अनुहार चिन्न यो भिडियो काफी छैन र ??!!

'माओवादीले मेरो भाइ लग्यो, इन्साफ पाइन्छ कि भनेको त सरकारले अब बा आमा पनि लग्ने भयो ।'

आफुलाई "नेपाली हौँ" भन्नेहरु हो, सक्छौ भने पढ यो समाचार र खोल तिम्रा आँखा अनी मुखहरु ! कहाँ छौ मानबाधिकारका नाममा बिदेशी युरो र डलर हजम गर्न माहिरहरु हो ! के यही हो तिमीहरुको मानबाधिकार ?????!!!!!!

आदरणिय नेपाल मदर डट कमका पाठकहरु !
न्यायका लागि माओवादी धाक धम्की र ज्यान को परवाह नगरी ९ बर्ष देखी लडदा लडदै सम्पत्ती र सारा कुरा गुमाइ सकेका यी बहादुर शाहसी अधिकारी परिवार लाई सहयोग गर्नु तपाईं हाम्रो कर्तब्य होइन र ? त्यसैले अमेरिका मा बस्ने मित्र हरु हामी ले सानै सहि न्यायका लागि लडन यो परिवार लाई आर्थिक सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म दुबै हो । आउनुस हामी पनि सानै सहि सहयोग गरौ । नेपाल मदर दट कम र मेरा तर्फ बाट रु. दश हजार सहयोगको घोषणा गर्दछु । तपाईं पनि आफु सक्दो सहयोगको लागि हामीलाई 703-419-0924 मा फोन गर्नुस,  हुलाक बाट चेक पठाउने ठेगाना : 9726 Loudoun Ave Manassas VA 20109, US.हामी तपाईंको सहयोगको राशी, नाम ठेगाना सहयोग रकम नेपाल मदर मा प्रकाशन गरिदिने छौं र अमेरिकाबाट  नेपाल जाँदै गरेका बरिस्ठ कलाकार एबम आदरणिय दाई सन्तोष पन्त हस्ते हामीले उक्त सहयोग रकम नेपाल पठाइ न्यायका लागि प्रोत्साहन सहयोग गर्ने जमर्को गरेका छौं । हेरौँ कती जनालाई अधिकारी परिवारको पिँडाले मन छुँदो रहेछ !    
हाल सम्म घोसित सहयोग रकम यस प्रकार छ :
1- Ram Prasad Khanal - President International Artists Forum / Nepalmother.com - $ 107.00
2 - Bhup Narayan Ghartimagar - Social worker/ Leader, Manassas VA US - $ 107.00
3- Netralal Shrestha - Social worker/ Leader - VA US - $ 107.00
4- Bikash Adhikari -   Social worker Manassas VA US - $ 50.00
5- Hemanta Adhikari _ Social worker Manassas VA US -$ 21.00
6- Hari Ghimire -  Social worker Alexandria VA US - $ 21.00
7- Arun Rupakheti - President - DC Nepali Samaj VA US - $107.00
8- Krishna Adhikari - Social worker Virginia US - 21.00
9 - Anil Pandey - President- Motherland Nepal and H. PRR of Nepal Tourism Board. - $ 301.00  10- Gyanendra Gadal - Ex. president INLS Colorado US - $ 51.00
11- Prem/Manju Sangraula - Social Worker - Arlington VA US - $107.00
12- Goma/ Sneha dhikari Limbu - Sanfransisko CA US - $ 51.00
13- Nagendra Neupane - Cary NC - $ 25.00
14- Ram Bahadur Shrestha - Long Island city New York - $ 101.00
15- Arjun/Rupa  Devkota - West Hartford, CT US - 107.00

सरकारले द्वन्द्वका बेला भएको गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाउन सोमबार गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आफ‍्ना छोराको हत्यारालाई कारवाहीको माग गर्दै २१ दिनदेखि भोक हडतालमा रहेका कृष्णप्रसादका बाबुआमाको स्थास्थ्यस्थिति नाजुक बन्दै गइरहेका बेला सरकारले कारवाही अगाडि बढाउने निर्णय गरेको हो।
सोमबार नै राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई उक्त मुद्दाको अनुसन्धान अगाडि बढाउन उसकै शब्दमा ‘अत्यन्त जरुरी’ पत्र पठाएको थियो।
आयोगले अधिकारी हत्या काण्डमा २०६५ सालमै तत्कालीन सरकारलाई पीडितलाई क्षतिपूर्ति दिलाउन, पुनर्स्थापना गराउन र घटनाको अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको थियो।
निर्देशन
आयोगबाट करीब एकहप्ता भित्रै दोश्रो पत्र प्राप्त गरेपछि मन्त्रिपरिषद बैठक मार्फत सरकारले आयोगको सिफारिश बमोजिम अनुसन्धानको कारवाही अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
सरकारका प्रवक्ता एवं सूचना तथा सन्चार मन्त्री माधव पौडेलले भने, "अनुसन्धान गर्ने निकायलाई कानुन बमोजिम काम अगाडि बढाउन भनिएको छ।"
"अनुसन्धान गर्ने निकायलाई कानुन बमोजिम कारवाही अगाडि बढाउन भनिएको छ"
माधव पौडेल, मन्त्री तथा सरकारका प्रवक्ता
तर सरकारले व्यवहारिकरुपमै कारवाही अगाडि नबढाएसम्म आफुहरुको लडाइ नरोकिने दिवंगत कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले बताए।
उनले भने, "भाइको अपहरण गरेर लाने र हत्या गर्नेहरुलाई अगाडि देखाएर हतकडी लगाएर हनुमान ढोका हुलेपछि मात्रै खाना र उपचार शुरु हुन्छ।"
गोरखाबाट आफ्ना हजुरबा, हजुरआमा भेट्न चितवन पुगेका बेला कृष्णप्रसाद अधिकारीको २०६१ सालमा हत्या गरिए पछि अधिकारी परिवार गोरखाबाट विस्थापित भएको थियो।
अधिकारी परिवारले कृष्णप्रसादको हत्याकालागि तत्कालिन माओवादी विद्रोहीहरु जिम्मेवार रहेको बताउंदै आएको छ।
लापरवाही
त्यसबेला देखि नै छोराको हत्याको न्यायिक जाँचको याचना गर्दै आएका उनका बाबुआमालाई सरकारले कहिले मानसिक अस्पताल त कहिले प्रहरी हिरासतमा पुर्‍याएको थियो।
"भाइको अपहरण गरेर लाने र हत्या गर्नेहरुलाई अगाडि देखाएर हतकडी लगाएर हनुमान ढोका हुलेपछि मात्रै खाना र उपचार शुरु हुन्छ"
नुरप्रसाद अधिकारी, पीडित
पछिल्लो समयमा उनीहरुमाथिको सरकारी लापरवाही चरम बन्दै गएपछि सन्चारमाध्यम र मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको थियो।
अधिकारी दम्पतिको स्वास्थ्यस्थिति खराब बन्दै गएपछि सोमबार मानव अधिकारकर्मीहरुको एक समूहले महान्यायाधिवक्तालाई भेटेका थिए।
तिनै मध्ये एक मानव अधिकार आयोगका पूर्व सदस्य सुदीप पाठकले भने, "यस अघिका महान्यायाधिवक्ता मुक्ति प्रधानले उक्त मुद्दा अगाडि नबढाउन निर्देशन दिएको वर्तमान न्यायाधिवक्ताले हामीलाई बताए।"
नेपाल बार एसोसियसनले पनि सोमबार नै न्यायिक जाँचको अनुसन्धान प्रक्रिया शुरु गराउन सरकारमाथि दबाब बढाउने निर्णय गरेको थियो।
गोरखाका अधिकारीबन्धुको न्यायिक अधिकारको लडाइको एक दशक पुग्नै लाग्दा गोरखाकै माओवादी उच्च नेता बाबुराम भट्टराईले सामाजिक सन्जाल ट्वीटर मार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन नै यस्ता मुद्दाहरुको समाधान हो भन्दै लाशको राजनीति नगर्न चेतावनी दिएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान कारवाही अगाडि बढाउन सरकारलाई पुनः सिफारिस गरेको छ । आयोगको पत्र प्राप्त भए लगतै सरकारले कारवाही प्रक्रिया अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
रेग्मी नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वकालका घटनामा कारवाही गर्न नसक्ने भनेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मानवअधिकार आयोगले सोमबार सरकारलाई ‘अत्यन्त जरुरी’ पत्र पठाई पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति दिन र कारवाही अघि बढाउन यसअघि गरेको सिफारिस कार्यान्वयन गर्न पुनः आग्रह गरेको हो ।
आयोगले ०६५ साल चैत २३ गते अधिकारी हत्यासम्वन्धी मुद्दाको अनुसन्धान कारवाही अगाडि बढाउन चितवन प्रहरी कार्यालयलाई लेखी पठाउने, मृतकका आफन्तलाई ३ लाख रुपैयाँ दिने र विस्थापित अधिकारी परिवारलाई स्थापित गराउन सिफारिस गरेको थियो । सरकारले अयोगको सो सिफारिस अहिलेसम्म कार्यान्वयन नगरेपछि आयोगले पुनः पत्र लेखेको हो ।
मुद्दा चलाउनु र सत्यतत्य पत्ता लगाउन अनुसन्धान गर्नु फरक भएको भन्दै आयोगले पत्रमा सत्य निरुपण आयोग गठनमा ढिलाइ भइसकेका अवस्थामा पीडित पक्षले सत्यतथ्य जानकारी पाउने अधिकारमा बन्देज लाग्ने गरी अनुसन्धान राक्नु कानून सम्वत नहुने प्रष्ट पारेको छ ।

आयोगले सरकारलाई लेखेको पत्रमा एमाओवादी प्रवक्ता अग्नि सापकोटा र प्रहरी महानिरीक्षक कुबेरसिंह राणाको समेत नाम लिएको छ । द्वन्द्वकालकै घटना भए पनि कुवेरसिंह राना र अग्नि सापकोटा समेत भएको मुद्दामा सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएको स्मरण गराउँदै आयोगले मुद्दा फिर्ता लिने तथा अनुसन्धान नचल्ने निर्णय आकषिर्त नहुने जिकिर गरेको छ ।
न्याय माग्ने अधिकारीका आमाबाबु लामो समयदेखि आमरण अनसनमा छन् । गोरखा फुजेल गाविसका १९ वषर्ीय नन्दप्रसाद अधिकारीको जनयुद्धकालमा माओवादी कार्यकर्ताले हत्या हत्या गरेको आरोप लगाउँदै मृतकका बुबा नन्दप्रसाद अधिकारी र आमा लामो समयदेखि अनसनमा बसेका हुन् । उनीहरुको अवस्था गम्भीर छ ।
मानवअधिकार आयोगले अधिकारी दम्पत्तिको जीवनको अधिकारमा गम्भीर, आघात पर्न जानसक्ने र त्यसको जिम्मा सरकारले लिनुपर्ने अवस्था हुँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । यसैवीच वीर अस्पतालमा रहेका अधिकारी दम्पत्तिको तस्वीर लिन प्रहरीले रोक लगाएको छ । वीर अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।

मानवअधिकार आयोगले सरकारलार्इ पठाएको पत्र
NHRC

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक