20130818

नेकपा–माओवादी चुनाव बिथोल्नको लागि दस्ता निर्माणमा ! होइन हो बैद्य बा अझै कती मार्ने मराउने मन छ र हो तपाईंको ?

नेकपा–माओवादी चुनाव बिथोल्नको लागि दस्ता निर्माणमा जुटेको छ । आफ्नो असहमतिका बाबजुत सरकार र अन्य दलहरु चुनावको तयारीमा जुटेपछि वैद्य माओवादी जिल्ला जिल्लामा दस्ता निर्माणमा लागेको हो । नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली राज्य समितिका इन्चार्ज  ओमप्रकाश पुनले केही तस्बिरहरु फेसबुकमा राखेका छन्, जहाँ शारिरीक व्यायाम
गरिरहेको देखाइएको छ । 
उनले राखेका तस्बिरमा उदयबहादुर चलाउनेले नेतृत्व गरेको राष्ट्रिय जनस्वयंसेवकका केही कार्यकर्ता शारीरिक ब्यायम गरिरहेका देखिन्छन् ।  स्रोतका अनुसार सो तालिम सेती महाकाली क्षेत्रकै जंगलमा चलिरहेको छ । तालिम दिइरहेकै स्थल नजिकै सेन्टी पोस्ट समेत राखिएको छ । 

उता प्रचण्डको दादागिरी !
शुक्रबार बिहान साढे ८ बजेपछि वुद्ध एयरका कर्मचारीहरु तनावमा थिए । फोन गर्ने, अरु यात्रुलाई उडानका बारेमा जानकारी गराउने, विमानस्थल आन्तरिक उडानमा कर्मचारीहरुलाई चटारो थियो । त्यसको सबै कारण बनेका थिए एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । 
शुक्रबार एकीकृत नेकपा माओवादीका अध्यक्ष  प्रचण्डका कारण वुद्ध एयरको उडान एकघण्टा प्रभावित बन्यो ।  वुद्ध एयरको ८५१ नम्बरको विमान बिहान साढे ८ बजे भैरहवाको उडानका लागि कार्यतालिकामा राखिएपनि एमाओवादी अध्यक्ष प्रचण्ड साढे ९ बजे मात्रै विमानस्थल पुगेका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्ड ढिला गरि विमानस्थलमा पुग्दा वुद्ध एयुरका सबै उडान प्रभावित बनेको एक अधिकारीले बताए ।
''एउटा उडानमात्रै डिले हुँदा त्यसको प्रभाव अरु उडानमा पनि पर्छ'' ती अधिकारीले ओएनएससँग भने, ''अब आज दिनभरीका सबै उडान केही समय प्रभावित बन्ने देखिएको छ ।''
प्रचण्ड विमानस्थलमा ढिला पुग्दा त्यसै विमानमा भैरहवा जान लागेको नेकपा माओवादी सचिव देवप्रसाद गुरुङले पनि सास्ती खेपे ।
  उनी उडान प्रभावित गरेकोमा प्रचण्ड प्रति आक्रोस पनि पोखिरहेका थिए । '‘एउटा व्यक्तिका कारण यतिका यात्रुलाई दुःख दिने कुरा चै राम्रो भएन नी’' उनी निजिकै रहेकाहरुसँग गुनासो गरिरहेका थिए ।
प्रचण्डका सहयोगी शिव खकुरेलले बिहानको भेटघाटका कारण केही समय ढिला भएको स्वीकार बताए ।  प्रचण्डको पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन भैरहवा हुँदै बुटवल पुगेका छन् । 


यसै बिच सरकार र असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच आइतबार हुने भनिएको वार्ता स्थगित भएको छ । 
मोर्चाका मागका विषयमा सरकारको धारणा बनिनसकेकोले वार्ता स्थगित भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणी थापाले जानकारी दिए ।
वार्ता आज ५ बजेका लागि तय गरिएको थियो ।  तर, सरकारले गृहकार्यको लागि समय माग गरेपछि वार्ता स्थगित भएको हो ।
मोर्चाले मंसिर ४ मा तोकिएको निर्वाचन स्थगन गर्नुपर्ने मोर्चाको मागका विषयमा सरकारले चार दलसँग छलफल गरेर जवाफ दिने तयारी गरेको छ । - ओएनएस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक