20130818

अन्यत्रबाट चुनाव लडदा आफुलाई जित्न कठिन हुने मेसो पाइसकेका राजनीतिक धुर्त दाहालको मधेशको मिथिला क्षेत्रबाट चुनाव लड्ने घोषणा

"कमल साहले धनुषामै पहिलो पटक बम बनाउन मलाई सिकाउनु भएको थियो। अहिले नेपाली जनता धेरै उपलब्धि पाइसकेको अवस्थामा म मिथिला क्षेत्रबाट मधेशीको छोरा बनेर चुनाव लड्दै छु।" : दाहाल
आईजीपीको आदेशपछि दाहाल जहाजको ढोकैबाट आफ्नो गाडी चढेर फर्कन त पाए तर यो सुविधा उनका लागि मात्रै किन ? 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर चार गते हुन लागेको दोस्रो संविधानसभाको लागि मधेशको मिथिला क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन्। जनयुद्धको सुरुवाती तयारी क्रममै सहीद भएका रामवृक्ष यादवको १९ औं स्मृति सभालाई आइतबार यादवको गृहनगर धनुषा बरमझियामा सम्बोधन गर्दै दाहालले यसपाली मधेशबाट चुनाव लड्ने घोषणा गरेका हुन्।‘यसपाली मधेशीको छोराको हैसियतले
मिथिला क्षेत्रबाटै चुनाव लड्दैछु,’ दाहालले भने, ‘यहाँबाट जितेर सिंहदरबारमा मधेश र मधेशीको लागि निर्णायक लडाइ लड्ने विश्वास दिलाउन चाहन्छु।’ दश वर्षे जनयुद्धको तयारी धनुषाबाटै सुरु भएको स्मरण गर्दै दाहालले थपे, ‘कमल साहले धनुषामै पहिलो पटक बम बनाउन मलाई सिकाउनु भएको थियो। अहिले नेपाली जनता धेरै उपलब्धि पाइसकेको अवस्थामा म मधेशीको छोरा बनेर चुनाव लड्दै छु। अबको हरेक परिस्थितिमा मधेश र मधेशीको हित माओवादीको पहिलो प्राथमिकतामा रहीरहनेछ।’ सभाको सम्बोधन गर्न दाहाल हेलिकोप्टर चढेर आउने प्रचार र तयारी गरिएपनि अन्तिम समयमा चुनावी आचार संहिता लागू भएको सम्झेर हवाइजहाजमा आउनु परेको पार्टी स्रोतले जनायो। आइतबारै दिउँसो १२ बजे जनकपुर विमान स्थलमा ओर्लेका दाहाल सोझै सदरमुकामदेखि ३० किलोमिटर उत्तर/पूर्वमा पर्ने बरमझिया पुगेका थिए। करिब दुई घण्टा सभामा बसेर जनकपुर विमानस्थल हुँदै राजधानी फर्किएपनि सोमबार बिहानै पुनः फर्किने पार्टीले जनाएको छ।
एमालेबाट आएका रामचन्द्र झाको क्षेत्र नम्बर एकमा तय भएको कार्यकर्ता प्रवेश कार्यक्रममा सहभागी हुन उनी सोमबार पुनः आउने बताइएको छ। ‘देशको राजनीति निर्णायक अवस्थाबाट गुज्रिरहेको अवस्थामा पार्टीको काम भन्दा राष्ट्रिय निकासको लागि ध्यान दिनुपरेको हो,’ पार्टीका जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले भने।
आईजीपीको आदेशपछि दाहाल जहाजको ढोकैबाट आफ्नो गाडी चढेर फर्कन त पाए तर यो सुविधा उनका लागि मात्रै किन ?
     पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई अन्य पूर्वप्रधानमन्त्रीले पाउँदै आएको मृत्युपछिको सलामी सम्मानबाट बन्चित गरिएकै बेला अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भने बिमानको ढोकासम्म आफ्नै गाडीमा जान सुविधा दिइएको आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमाओवादी अध्यक्ष दाहाल शुक्रबार भैरहवा जाने क्रममा आफ्नै गाडीमा जहाजको ढोकैसम्म पुगे । तर उनी शनिबार बिहान काठमाण्ठडौं र्फकदा भने यो प्रकरणले ठूलै रुप लियो । विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले दाहाल र्फकदा उनको गाडीलाई ढोकैसम्म जान नदिन सुरक्षाकर्मीलाई आदेश दिएका थिए । कुनै पनि पूर्वप्रधानमन्त्रीलाई आफ्नो गाडीमै चढेर दलबलसहित जहाजसम्म जान दिने नियम छैन । उनीहरुलाई भीआईपी कक्षमा राखेर ‘फलो मी’ नामाकरण गरिएको गाडीमा राखेर जहाजसम्म पुर्‍याउने गरिन्छ । तर, दाहालको हकमा यो लागू भएको छैन । यसपटक लागू गर्ने प्रयत्न भएपछि सुरक्षा निकायले सकेन । आफ्नो गाडी जहाजसम्म पुग्नबाट रोक्न लागिएको जानकारी दाहालले भैरहवामा पाएछन् । त्यसपछि उनका सुरुक्षा प्रमुखका रुपमा खटिएका पूर्वलडाकु कमाण्डर सन्त दराईले नेपाल प्रहरीका आइजीपी कुबेरसिंह रानालाई फोन गरी जहाजको ढोकासम्म गाडी जान रोकिनुको कारण सोधेछन् । त्यसलगत्तै आइजीपी रानाले डीआईजी भण्डारीलाई फोन गरी दाहालको गाडी नरोक्न आदेश दिएका थिए । आईजीपीको आदेशपछि दाहाल जहाजको ढोकैबाट आफ्नो गाडी चढेर फर्कन त पाए तर यो सुविधा उनका लागि मात्रै किन ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक