20130802

एमालेले सहाना लाई बिर्सिसकेको छ । एमालेका बर्तमान नेताहरुले बिर्सिसकेका छन वहाँलाई ! सहाना प्रधान थलिनुमात्र भएको छैन वहाँले जिबनको अन्तिम शाहस फेर्दैछु, अब म जाने बेला भयो भन्नुहुन्छ आफैले

 झलनाथ खनाल, माधव कुमार नेपाल, केपी ओलीजीहरु प्रचन्डका पछाडि कुँदिरहँदा, भारत र चीन भ्रमणमा जाँदा फुर्सद नभएर होला, अझ भनौं सत्ता र शक्तिमा ब्यस्त भएर होला सहानालाइ भेट्न समेत नजानुभएको !!!नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल कि धर्म पत्नी एबम नेपाली बाम आन्दोलनकि एक सच्चा योद्धा, एमालेकी बरिस्ठ केन्द्रिय नेता   सहाना प्रधान थलिनुमात्र भएको छैन वहाँले जिबनको अन्तिम शाहस फेर्दैछु, अब म जाने बेला भयो भन्नुहुन्छ आफैले । तपाईंलाई आश्चर्य लाग्ला यो भन्दा कि एमाले ले सहाना लाई बिर्सिसकेको छ । एमालेका बर्तमान नेताहरुले बिर्सिसकेका छन वहाँलाई । वहाँ आफैले भन्नु भएको कुरा हो यो । वहाँ र वहाँकी यी सहयोगीका कुरा सुन्दा कसको आँखाबाट आसुँ न आउला । जुन पार्टीका लागि वहाँ जिबन भर खुन पसिना चुहाउनु भयो उही आफुले बनाएको आफ्नो श्रीमान ले बनाएको पार्टीले
मलाई बिर्सियो । नेताहरु भेट्न सम्म आएनन भन्नुहुन्छ वहाँ । हुन त झलनाथ खनाल, माधव कुमार नेपाल, केपी ओली जी हरु प्रचन्डका पछाडि कुँदिरहँदा, भारत र चीन भ्रमण मा जाँदा फुर्सद नभएर होला, अझ भनौं सत्ता र शक्तिमा ब्यस्त भएर होला सहानालाइ भेट्न समेत नजानुभएको । सहानाको निकै ठुलो गुनासो छ एमाले सँग र वहाँ का सहकर्मी देखी आफ्नै कार्यकर्ता हरु सँग समेत । नेपाल मदर डट कम परिवार अशल, नैतिकवान नेत्री, निश्कलँक पूर्व मन्त्री सहाना प्रधानको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्रचन्ड र बाबुराम पथमा दौडिरहेको अन्धो एमाले र एमालेको नेत्रित्वलाई सहानाहरु नबिर्सन अनुरोध गर्दछ । भोली झलनाथ खनाल, माधव कुमार नेपाल, केपी ओलीजीहरु पनि यस्तै हालत हुँदा वहाँहरुलाई भेट्न आउने परिस्थिती स्रिजना गर्न सचेत तुल्याउन चाहन्छ । सत्ता र शक्ती दुई दिनको राम छाँया हो भन्ने कुरा स्मरण गर्न पनि सम्बद्ध सबैलाई आग्रह गर्दछ नेपाल मदर । आगे कामरेडहरुकै जो मर्जी । सहाना दिदी तपाईंलाई हाम्रो श्रद्धा र स्यालुट  छ सधैं भरी ।                    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक