
छलफलमा मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले अधिकारी हत्या प्रकरणसम्बन्धी अनुसन्धान प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्नुभएको छ । सशस्त्र द्वन्द्वकालीन मुद्दाको अनुसन्धान अघि नबढाउने सरकारको निर्णयलाई आधार बनाएर आरोपित व्यक्तिहरूउपर अनुसन्धान रोक्नु कानुनसम्मत नभएको भन्दै उहाँले पीडितले न्याय पाउनुपर्ने खाँचो औंल्याउनुभयो । न्यायको माग गर्दै आमरण अनसनमा बसेका मृतकका आमा-बालाई न्यायको प्रत्याभूति दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आयोगका सदस्य रामनगिना सिंहले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आयोगको सिफारिसअनुसार सरकारबाट पीडित क्षतिपूर्ति दिने निर्णय हुनु तर पीडकलाई कानुनी कारबाही नगरिनु न्यायिक हिसाबले अमिल्दो कुरा भएको टिप्पणी गर्नुभयो ।
मृतक अधिकारीका पिता नन्दप्रसाद अधिकारी र आमा गंगामाया पीडकलाई कारबाही हुनुपर्ने माग गर्दै विगत १५ दिनदेखि आमरण अनसनमा बस्नुभएको छ । स्वास्थ अवस्था गम्भीर भएपछि वीर अस्पताल भर्ना गरिएपनि अधिकारी दम्पत्तिले अनसन तोडेका छैन ।
गोरखा फुजेल-७ का १९ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २३ गते चितवन रत्ननगर-१ बकुलहर चोकबाट तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताद्वारा अपहरण गरी जेठ २४ गते हत्या गरेको थियो ।
तस्वीर सौजन्य : मानवअधिकार आयोग
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक