20130912

गभ्भीर प्रकृतिको क्यान्सरबाट ग्रस्त साहित्यकार जगदिश घिमिरेले नेपाल बन्द कर्ताहरुलाई यसरी लेखेका छन कबितामा

हे बन्दका प्रभुहरू !
तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस्
बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर

 अकालमा मर्नु परोस् !
किमोथेरापी गर्न जाने दिनहरूमा बन्द होस्
बेलामा उपचार नपाएर अकाल मृत्यु होस् !
...हे बन्दका प्रभुहरू !
बन्दकै दिन तिम्रो अचानक हार्ट अट्याक होस्
तिमीहरूले ओढार-बगरमा बस्न वाध्य पारेका

 निमुखा जनता जस्तै
तिमी पनि अस्पताल पुग्न नसकेर
अकालमा कालको मुखमा पर्नु परोस् !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक