20130913

गायक एबम सारँगी बादक तीर्थ बहादुर गन्धर्बको असामयिक निधन

काल ले लैजानुपर्नेहरु लाई लैजादैन, नलैजानु पर्ने हरुलाई खोजी खोजी छिटो छिटो लैजान्छ । फत्तेमान लाई लिएर गएको एक हप्ता पनि नबित्दै आज फेरी निस्ठुरी कालले मेरा अनन्य सहयोगी, मित्र  रेडियो नेपाल, नेपाल टेलिभिजनमा मेरा करिब दुई सय भन्दा बढी कार्यक्रमहरु मा र मेरा आफ्नै   थुप्रै गीतहरुमा पनि मलाई गीत गायन र सारँगी बादन मा साथ दिएका गायक एबम सारँगी बादक तीर्थ बहादुर गन्धर्बको असामयिक निधन भएको खबरले मन स्तब्ध भएको छ । उनले मलाई रेडियो नेपाल र नेपाल टेलिभिजन मा मात्र साथ दिएका थिएनन मेरा देश भरी भएका स्टेज शो हरुमा पनि सधैं साथ दिएका थिए । मैले आज तीर्थ बहादुर गन्धर्बको निधन भएको खबर सँगै मेरो गीत संगीत क्षेत्रको एउटा पिल्लर भाँच्चिएको दु:खद अनुभब गर्दैछु । अब नेपाल जाँदा देश ब्यापी रुपमा मैले गन्धर्ब कलाकारहरुको एउटा ठुलो जमात नै बोकेर नयाँ ढंगका साथ देश ब्यापी स्टेज शो मा निस्किने योजना बनाइरहेको थिएँ र त्यसमा तीर्थ बहादुर गन्धर्बले मलाई पूर्ण रुपमा सहयोग गर्ने, गन्धर्बहरुको नेत्रित्व गरेर मेरो कार्यक्रम लाई एतिहासिक बनाउने बचन दिएका थिए, तयारीमा जुटेका पनि थिए । तर आज उनको निधन सँगै मैले पनि उनको साथ सहयोग मात्र होइन आफ्नो साँगीतिक क्षेत्रको अभिन्न मित्रलाई गुमाएको छु । भाबी को लेखा भनौँ या बिधिको बिडम्बना तीर्थ बहादुर अब सदाका लागि हामीबाट बिदा भएका छन तर उनले बजाएका सारँगी का मिठा धुन हरु र उनका गीत हरु हामी बिच छन र उनी भौतिक रुपमा नरहे पनि साँगीतिक रुपमा हामी बिच रहिरहनेछन । उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सपूर्ण गन्धर्ब परिवार प्रती समबेदना प्रकट गर्दछु ।     
- रामप्रसाद खनाल
  अध्यक्ष - अन्तराष्ट्रिय कलाकार मँच 
 सम्पादक - नेपालमदर डट कम 
                                                                  समस्त परिवार                
स्वर्गीय तीर्थ बहादुर गन्धर्बले मेरो एउटा पुरानो गीत जुन रेडियो नेपालमा २०५० सालमा र नेपाल टेलिभिजनमा २०५५ सालमा रेकर्ड भएको थियो त्यसमा उनले ब्याकग्राउन्डमा बजाएको सारँगीको धुन यो भिडियोमा महसुस गर्न सक्नुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक