20131001

खादा ओडेर र भाषण छोडेर मात्र समाजसेवा हुन्न !

- Ujjwal KC
नेपाली नारी समाज बेल्जियम द्वारा आयोजित स्थानीय कलाकारहरुको साथमा एउटै पाउले कुशल नृत्य प्रस्तुत गर्ने कलाकार रोमा नेउपानेको एक्कल प्रस्तुति '' शुभ कामना साझ '' भव्यता साथ सम्पन्न भएको छ I पश्चिम नेपालको धनगडीमा एच आइ भी पिडित ३० बालबालिकालाई हेर्दै आएको राइट अफ लाइफ संस्थाकी प्रमूख बेल्जियम नागरिक भेरा लेफ्लोटलाई वहांको नेपाल र नेपालीकोलागि सामाजिक योगदानको कदर स्वरुप प्रमूख अतिथिको रुपमा निम्ताइएकी भेरालाई सम्मान र उनको छोटो मन्तव्य पश्चात निर्धारित समयमै सिधै नेपाल र बेल्जियमको राष्ट्रिय गान गायर मूल कार्यक्रम सुरु गरी एउटा नयाँ शैलीको सुभारम्भ गरेर बेल्जियमका दर्शकहरुलाई नेपाली नारी समाजका महिलाहरुले अचमभ्भित पारेका थिए I बिगतमा हरेक कार्यक्रममा आषण ग्रहण र भाषणबाट आजित भयका दर्शकहरु सारै खुशी भयको देखियो मंचको दाहिने पट्टि  निरन्तर सहयोगी व्यक्ति र संस्थाहरुको नाम कार्याक्रम भरि प्रोजेक्सन गरेर बिशेष स्थान दिए पनि आयोजक संस्थाका पदाधिकारी भनेर कोहि पनि आषण ग्रहण वा भाषण गर्ने कार्यक्रम तालिकामा नपरेको बारे जिज्ञासा राख्दा नारी समाजकी संस्थापिका श्रीमती रिता पाण्डे
सुवेदीले भन्नु भो यो हाम्रो संस्था  बेल्जियममा रहनु भएका केहि महिला दिदि बहिनिहरुको सामुहिक साथले महिलाहरुको आत्म निर्भरता, आर्थिक उत्थान र हामीले आफ्नो गच्क्षे अनुसार जुटाउन सकेको सहयोग कोषको रकमको आधारमा केहि सामाजिक रुपान्तरका निम्ति कार्य गर्न जुटेका  महिलाहरुको समुह हौ यस सस्थामा हामि सबै समान छौ संस्थागत कामका लागि केहि पद छुट्टाइएको भए पनि हामि पद होइन कार्यलाई सम्मान गर्ने मान्यता राख्छौ I रोमा बहिनीलाई साथ दिन हामि खटेका हौ I हाम्रा काम कुरा उदेश्य कार्यक्रम संचालिका शोफिया बहिनीले प्रष्ट पार्दा पार्दै हामि मंचमा उभ्भिएर भाषण छाट्नुले के औचित्य राख्ला र ? टिकट काटेर सहयोग गर्न आउनु भएका महानुभावहरुलाई किन बोर गर्नु ? हामीले सम्झनाका लागि ब्रेकमा सबैजना दिदि बहिनी बसेर मन्चमा फोटो खिच्यौ क्यारे भै हाल्यो नि भन्नु भयो I
        कलाकार रोमा नेउपानेको उत्कृष्ट नृत्य  प्रस्तुतिको साथमा शोफिया महर्जन कार्कीको कुशल कार्यक्रम संचालन र स्थानीय भाई बहिनीहरुको मनमोहक गायन र नृत्य प्रस्तुतिलाई यति शान्त सौम्य वातावरणमा हेरीएको यो पहिलो प्रस्तुति हुनु पर्छ किनकी कार्यक्रम कक्षमा तालि सिवाय अरु कुनै कोलाहल थिएन I प्रमूख अतिथिले आफ्नो कार्यलाई पहिलो पटक बेल्जियम निवासी नेपाली महिलाहरुले यसरी सराहना गर्नु भएकोमा आफु र आफ्नो टिम सारै खुशी भएको बताउदै आगामी दिनमा नारी समाजका महिलाहरु संग सहकार्य गर्न आफु इच्छुक रहेको बताउनु भयो I उत्कृष्ठ ध्वनि तथा प्रकाश व्यवथापनका साथ नेपाली तथा बेल्ज दर्शकहरुको माझ मदिरा रहित वातावरणमा सम्पन्न यस कार्यक्रमबाट नेपाली समाजमा पक्कै राम्रो संदेश जानेछ I खादा ओडेर र भाषण छोडेर मात्र  समाजसेवा हुन्न भन्ने सटिक उदारहण प्रस्तुत गर्नु भएको छ  बेल्जियम स्थित सचेत महिलाहरुको समूह नेपलिज वोमन सोसाइटीका महिलाहरुले I

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक