20131023

सरकारमा बसेका अन्धाहरुको कारण जनताका वास्तविक डाक्टर चित्र प्रसाद वाग्ले उपचार नपाएर मृत्‍युको नजिक

शतिले श्राप गरेको देशमा जन्मेका यि अर्का भिमसेन थापा प्रती नेपाल मदर डट  कम गर्ब गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।     ग्रान्डी इन्टरनेसनल हस्पिटलको आईसीयूमा भर्ना रहेका डा. चित्रप्रसाद वाग्लेको स्वास्थ्य स्थिति चिन्ताजनक छ । एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. वाग्लेलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि गत आइतबार आईसीयुमा राखिएको हो । वाग्लेलाई 'प्यालिएटिभ' उपचार (क्यान्सरको अन्तिम अवस्थाका
रोगीहरूलाई दुखाइ लगायतका समस्याबाट दिइने राहत) मा राखिएको उल्लेख गर्दै ग्रान्डीका निर्देशक डा. चक्रराज पाण्डेले भने, 'स्थिति चिन्ताजनक छ ।' वाग्लेलाई अक्सिजन थेरापी दिइएको जनाउँदै डा. पाण्डेले क्यान्सर शरीरका विभिन्न भागमा फैलिसकेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक