20131024

हत्यारा र राजनीतिक अपराधीहरुको राज चलेको नेपाल मा जिबन भर दुर्गम क्षेत्रमा बसेर जनताको सेवा गर्ने एउटा उदाहरणीय डाक्टर चित्र प्रसाद वाग्ले उपचार नपाएर मरे

हत्यारा र राजनीतिक अपराधीहरुको राज चलेको नेपाल मा जिबन भर दुर्गम क्षेत्रमा बसेर जनताको सेवा गर्ने एउटा उदाहरणीय डाक्टर चित्र प्रसाद वाग्ले उपचार नपाएर मरेको खबरले फेरी अर्को भिमसेन थापा को याद गराएको छ । शतिले श्राप गरेको देश मा यस्ता राम्रा मान्छेलाई बाँच्न कहाँ छ र ! उनी माओवादी भएका भए एयर एम्बुलेन्स बाट सिङापुर वा अमेरिका पुर्याएर भए पनि उपचार गरिन्थ्यो होला, काङ्रेस एमाले रा.प्र.पा  वा मधेशी दलको भएको भए भारत लगेर उपचार गरिन्थ्यो होला तर उनी एक अशल नेपाली मात्र थिए उनी कसैका दलाल वा पिछलग्गु थिएनन त्यसैले उपचार गरे बँच्ने मान्छे पनि उपचार नपाएर मरेर गए । नेपाल मदर डट कम नालायकहरुको देशमा, शतिले श्राप गरेको देशमा जन्मिएका हजारौं हजार दुर्गम क्षेत्रका जनताका भगवान रुपी सेबक डाक्टर, अर्का भिमसेन थापा रुपी नायक डाक्टर चित्र प्रसाद वाग्ले प्रती हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । मलाई बँचाउ भनेर गुहार माग्दा सुनेको नसुनेझै गर्ने र उनको मृत्‍यु पछी गोहिका आसुँ झार्ने अन्यायी खिरारे  सरकार, देशका लुटाहा हरु, आतंक का मतियारहरु प्रती घ्रिणा ब्यक्त गर्दछ । यस दु:खद घडीमा शोकाकुल सम्पूर्ण
परिवार जन प्रती हार्दिक समबेदना प्रकट गर्दछ ।     


        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक