20131021

भाईहरुले नै गरे बुटवल नजिक दाजुको निर्मम हत्या !


Bhutbal

रुपन्देहीको शंकरनगर ४ का सुरज भट्टराईको हत्या प्रकरणमा सहोदर भाईहरुले हत्या गरेको प्रहरीले प्रतिवेदन पेस गरेको छ । गत असोज २५ गते राती साढे ९ बजेको समयमा शंकरनगरकै आरती चोक नजिकैको ३६ कुलोको छेउमा ३२ वर्षीय सुरजको हत्या गरि कुलोमा बगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उहांको सवलाई प्रहरीले घटनास्थलदेखि करिव १ किलो मिटर दक्षिणमा प्रगतीटोल भन्ने स्थानमा नहरमा फेला पारेपछि अनुसन्धान गर्ने क्रममा सहोदर भाईहरुबाट हत्या भएको प्रहरीको अनुसन्धानले प्रमाणित गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरि अभियुक्तहरु (मृतकका भाईहरु) २५ वर्षीय नारायण र २१ वर्षीय प्रकाशलाई सार्वजनिक गरेको हो । बिभिन्न शंकास्पद अभिव्यक्तिका आधारमा घटना घटेको अर्को दिन नै उनीहरुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनु भयो । उहांका अनुसार घरायसी झैझगडा, रिसिबीका आधारमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीलाई अभियुतmले
बयान दिएका छन ।
उनीहरुसंग अर्को एक जना पनि सहभागि भएपनि त्यो खुल्न नसकेको पनि प्रहरीले बताएको छ । उनीहरुको अनुसन्धानको लागि प्रहरीले म्याद थप गरि थप अनुसन्धान अंगाडी बढाएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्धा चलाईने प्रनाउ बैदवारले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक