20131025

बढ्यो नेपालमा चुनाबी हिँसा, चुनाव हुने छाँट कम, ड्यास माओवादी र क्यास माओवादी घोसित रुपमै भिड्न थाले !

शुक्रबार बिहान वैद्य पक्षको आक्रमणमा परी घाइते बन्नुभएका ताप्लेजुङ १ का एमाओवादी उम्मेद्वार सञ्चपाल मादेनसहित तीनजनाको अवस्था गम्भीर रहेको एमाओवादीले जनाएको छ । मादेनसहित तीनजना गम्भीर घाइतेलाई उपचारका लागि गाउँबाट सदरमुकाम ल्याउँदै गरेको एमाओवादी प्रवक्ता अग्नी सापकोटाद्वारा शुक्रबार जारी वक्तव्यमा जनाइएको छ ।‘आक्रमणवाट पूर्वसभासदसमेत रहनुभएका
उम्मेदवार सञ्चपाल मादेनसहित १५ जना घाइते हुनुभएको छ, घाइतेमध्ये उम्मेदवार मादेनसहित ३ जनाको अवस्था गम्भीर छ,’ सापकोटाको वक्तव्यमा भनिएको छ, ‘उहाँहरुलाई उपचारका लागि सदरमुकामतर्फ ल्याइँदैछ । आक्रमणकारीले अभियान टोलीसँग रहेको नगद, मोवाइल, क्यामरा, रेकर्डरसहितका सञ्चार साधन, प्रचार-प्रसारका सामग्री, सुन, घडीलगायतका सामानसमेत खोसेर लगेको छ ।’ ताप्लेजुङको क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार सञ्चपाल मादेनसहितका कार्यकर्तामाथि शुक्रवार विहान ३.३० बजे सुतिरहेको अवस्थामा बर्वर र कायरतापूर्ण आक्रमण भएको एमाओवादीले जनाएको छ । निर्वाचन प्रचार प्रसारका क्रममा ताप्लेजुङ क्षेत्र नं १ को मेहले गाविस वडा नं २ मा पुगी राति घरमा सुतिरहेको बेला मोहन वैद्य समूहका सन्तोष पतङ्वा, परशुराम पौडेल, तारा थापासमेतको हातहतियारसहित आएको एक समूहले घर घेरेर सांघातिक आक्रमण गरेको सापकोटाले बताउनुभएको छ । सो आक्रमणवाट पूर्वसभासदसमेत रहनुभएका उम्मेदवार सञ्चपाल मादेनसहित १५ जना घाइते हुनुभएको जनाइएको छ । ‘हाम्रो पार्टी उक्त आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना एवम् घटनामा संलग्न अपराधीहरुमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दछ’ सापकोटोले भन्नुभएको छ, ‘उम्मेदवारसहितको प्रचार टोलीमाथि यसप्रकारको गम्भीर आक्रमण हुँदा पनि सरकारले आवश्यक सुरक्षा, घाइतेको उद्धार गरी सिघ्र उपचारको व्यवस्था मिलाउन नसकेकोमा दुःख प्रकट गर्दछ । सरकारका सुरक्षाकर्मीको चरम लापर्वाही र सुरक्षा चुनौति रहेका उम्मेदवारको सुरक्षामा पर्याप्त ध्यान दिन नसकेकै कारण यसप्रकारको घटना भएको ठहर गर्दै सरकारलाई निर्वाचन प्रचार प्रसारका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गर्दछ ।’ वैद्यपक्षको प्रतिकार गर्न आग्रह एमाओवादी प्रवक्ता सापकोटाले आफूमाथि आइलाग्नेमाथि जाइलाग्न र प्रतिकार गर्न निर्देशन दिनुभएको छ । ‘हाल केही दिन यता देशका विभिन्न भागमा हाम्रो पार्टीका उम्मेदवारसहितका नेता, कार्यकर्ता माथि आक्रमण गर्ने, प्रचार सामग्री नष्ट पार्ने तथा शान्तिपूर्ण कार्यक्रममा ढुंगा प्रहार गर्ने र सवारी साधनमा आक्रमण गर्ने जस्ता कार्यमा केही समूहको सक्रियता रहेकाले आम पार्टी पङ्तिलाई उच्च सतर्कताका साथ रहन तथा हामी माथि आइलाग्नेहरुको डटेर प्रतिकार गर्न निर्देश गरिन्छ ।’


अज्ञात समूहले धरान नगरपालिका-१५ स्थित श्यामचौकमा रहेको एकिकृत माओवादीको सम्पर्क कार्यालयमा वोतल वम फेला परेको छ ।
चुनावी अभियानका लागि एमाओवादीले स्थापना गरेको सम्पर्क कार्यालय अगाडि शंकास्पद बस्तु फेला परेपछि सो पार्टीका कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए । फेला परेको बमलाई धरान-१३ फुस्रेमा रहेको नेपाली सेनाको कालीबक्स गणको वम डिस्पोजल निष्कृय गराएका थिए ।
IMG_0585वोत्तलमा सिसा र ढुङ्गा राखिएकाले सो वम घरमै बनाइएको सेनाको वम डिस्पोजल टोलीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले प्रहरीले सेनाको डिस्पोजल टोलीलाई बोलाई निष्कृय बनाएको बताउनुभयो ।
घरेलु बम भएकाले त्रास फैल्याउन राखिएको हुनसक्ने डिएस्पी तामाङले बताउनुभयो । वम राख्ने समूहको पहिचान नखुलेकाले अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

एमाओवादीको कार्यालय आचारसंहिता विपरित रंगीन बोर्ड
एकिकृत माओवादीले सुनसरी क्षेत्र नं. १ स्थित सम्पर्क कार्यालयमा संविधानसभा निर्वाचन आचारसंहिता विपरित रंगीन बोर्ड राखेको छ । सो क्षेत्रका उम्मेदवार मुक्साम हाङ मेयाङ्बो लिम्बूलाई जिताऔं भन्ने सन्देशसहितको रंगिन बोर्ड आचारसंहिता विपरित राखिएको हो ।
निर्वाचन आयोगले तोकेको आकारभन्दा ठूलो र रंगीनबोर्ड चुनावी प्रचारको सन्देशसहित एमाओवादीले राखेको हो । एमाओवादीले आचारसंहिता विपरित राखेको बोर्ड हटाउन निर्वाचन कार्यालय सुनसरीले चासो नदिएको स्थानीयको भनाई छ ।

दाङमा नेकपा एमालेका सचिव शंकर पोख्रेल चढेको गाडी माथि तोडफोड भएको छ । तुलसीपुरमा नेकपा-माओवादीका कार्यकर्ताहरुले पोख्रेलको गाडीमाथि तोडफोड गरेका हुन् ।
sankar_pokrelतुलसीपुरको नयाँ वसपार्कमा आयोजित कार्यक्रम स्थलमै उनिहरुले गाडिको साइडका सिसा तोडफोड गरेका हुन् । सभालाई विथोल्नका लागि तिलक योगीको नेतृत्वमा आएका करिव एकदर्जन कार्यकर्ताले पोख्रेल चढ्ने ना २ च २७३४ नम्वरको र अर्को कार्यकर्ता चढ्ने रा १ ज २७६ नम्वरको जीपमा समेत क्षति पुर्याएका छन् ।
उनीहरुले कार्यकर्ता चढ्ने ४ वटा मोटरसाईकलमा समेत क्षति पुर्याएका छन् । कार्यक्रम स्थलमा प्रवेश गरेर चुनाव विरोधी नारा लगाउदै एकाएक गाडिमा आक्रमण गरेको क्षेत्रनम्वर ४ का ईन्चार्ज मनोहर वुढाथोकीले जानकारि दिनुभयो । कार्यक्रम पूर्णरुपमा बिथोल्न खाजेपनि सुरक्षाकर्मीको उपस्थितिले त्यहावाट भागेका थिए । तोडफोडमा संलग्म मध्ये ३ जनालाइ नियन्त्रणमा लिइएको इलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख तुल बहादुर कार्कीले जानकारि दिनुभएको छ ।

कपिलवस्तु- नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्दले सरकार र तीन ठूला दलले निर्वाचनको निहुँ बनाएर द्वन्द्व निम्त्याउन खोजेको बताएका छन्। उनले विदेशीको इशारामा चलिरहेको यो कठपुतली सरकारले सेना परिचालन गरेर निर्वाचन गर्दा देश मुठभेडको स्थितिमा जाने पक्का भएको बताए। कपिलवस्तुको गोरुसिंगेमा ३३ दलले आयोजना गरेको निर्वाचन बहिष्कार सभालाई सम्बोधन गर्दै चन्दले खिलराज रेग्मीको सरकारले जनताको चाहनाविरुद्ध नेपाली सेना परिचालन गरेर देशलाई फेरी द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए।
आफूहरुले निर्वाचनमा भाग लिएका विभिन्न दलका उम्मेदारको गाडीमा आगजनी गरेर, सडकमा रुख ढालेर र जनता लगाएर गाउँबाट लखेट्न पठाएर कुनै पनि हालतमा मंसिर ४ मा चुनाव हुन नदिने उनले बताए। 'जनता आफैं बहिष्कारमा लागेका छन्, हामीले नेतृत्वमात्र गरेका हौं, ' उनले भने। वास्तविक संविधान सभाको निर्वाचन यसअघि नै विफल भइसकेकाले अब गर्न लागिएको संविधान सभाको निर्वाचनको कुनै अर्थ नरहेको बताउँदै 'हामीलगायत ३३ दल बहिष्कारको पक्षमा छौं, जनता नै यसको विपक्षमा छन्, अनि के का लागि निर्वाचन गर्ने' उनले भने। 

कांग्रेस, एमालेले पटक-पटक जनताको पक्षमा काम गर्ने अवसर पाएर पनि त्यसको अवसर गुमाएको र प्रचण्ड नेतृत्वको माओवादीले जनतालाई धोका दिएको हुँदाजनता आफैं बहिष्कारको पक्षमा रहेको समेत उनले दाबी गरे। यसैगरी सोही कार्यक्रममा बोल्दै माओवादी पोलिटव्यूरो सदस्य खड्काबहादुर विश्वकर्माले जनता समक्ष निर्वाचनमा होमीएका ठूला दलका नेताले कसैको पनि दुई तिहाइ नआए र बहुमत नपाए संविधान बन्दैन भन्ने धम्कीसमेत दिने गरेकाले यो संविधान सभाको निर्वाचन नौटंकीमात्र भएको आरोप लगाए। 

उनले चुनावको बहिष्कार गर्नु भनेको देशका ठूला दल र विदेशी शक्तिको मुखमा दह्रो थप्पड हान्नु रहेकाले त्यसलाई सफल बनाउन सम्पूर्ण नेपालीले आगामी निर्वाचन बहिष्कार गर्नुपर्ने बताए। कार्यक्रममा कपिलवस्तु जिल्ला इन्चार्ज चन्द्रबहादुर चन्द, अर्घाखाँचीका जिल्ला इन्चार्ज भेषराज भुसाल लगायतले निर्वाचन बहिष्कारको पक्षमा मन्तव्य दिएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक