20131027

संविधानसभा निर्वाचन बहिष्कारको आन्दोलन गरिरहेको नेकपा–माओवादीका नेताहरू अर्धभूमिगत भए ! संविधानसभा निर्वाचनभन्दा केही समयअघि नै विद्रोहको उद्घोषसहित सशक्त आन्दोलनका कार्यक्रम

संविधानसभा निर्वाचन बहिष्कारको आन्दोलन गरिरहेको नेकपा–माओवादीका नेताहरू अर्धभूमिगत भएका छन् । राष्ट्रिय स्वाधीनताको नारा आङ्खनो मूल मर्म भएको बताउँदै आएका माओवादीले संविधानसभाको दोस्रो निर्वाचन विदेशीको इसारामा हुन लागेको आरोप लगाउँदै बिथोल्न अर्धभूमिगत हुने निर्णयमा पुगेको हो । माओवादीले संविधानसभाको निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णयका साथ आन्दोलनको तयारी गरेको छ । केही दिन अघिदेखि भूमिगत रूपमा भएको पोलिटब्युरो बैठकले केन्द्रीय नेताहरू अर्धभूमिगत भई बहिष्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो । शनिबार सामाखुसीमा सामना परिवारले आयोजना गरेको बहिष्कार कार्यक्रमका लागि प्रमुख अतिथि तोकिएका पार्टी महासचिव रामबहादुर थापा पार्टीको अर्धभूमिगत हुने निर्देशनपछि कार्यक्रममै उपस्थित भएनन् । उनलाई कार्यक्रममा उपस्थित भए पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशनसमेत दिएको थियो । नेकपा–माओवादीले आङ्खनो बहिष्कार आन्दोलनलाई उत्कर्षमा पु¥याउन अर्धभूमिगत हुनुको कुनै विकल्प नभएको निष्कर्ष निकालेको स्रोतले जनाएको राजधानी दैनिकमा खबर छ । ‘हामी अब पहिलाजस्तो सार्वजनिक कार्यक्रममा उपस्थित नभई बहिष्कारको आन्दोलनलाई उत्कर्षमा पु¥याउँछौं,’ स्रोतले भन्यो, ‘चारदलीय सिन्डिकेटमा हुन लागेको संविधानसभा निर्वाचन जनताको हितविपरीत हो ।’ आङ्खनो बहिष्कार
आन्दोलनको पहिलो निशाना एकीकृत नेकपा माओवादी भएको जनाउँदै माओवादीले एमाओवादीभित्र पनि पहिलो निशाना अध्यक्ष पुष्पकमल दाहाल र नेता डा.बाबुराम भट्टराई भएको जनाएको छ । माओवादीले संविधानसभा निर्वाचनमा सहभागी नहुन जनतालाई आह्वान गर्दै निर्वाचनका क्रममा हुने कुनै अप्रिय घटनाको जिम्मेवार सरकार भएको बताएको छ । माओवादीका एक नेताका अनुसार पार्टीको निर्देशनबमोजिम सबै बहिष्कारका कार्यक्रम अर्धभूमिगत रूपमा हुनेछन् । आइतबार माओवादीनिकट सुकुमबासी संगठनले सुकुमबासी बस्तीमा आयोजना गरेको कार्यक्रममा अतिथिका रूपमा
माओवादी पदाधिकारी रहेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुकुमबासी बस्तीलाई निषेधित क्षेत्र नै घोषणा गरेको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि कार्यक्रम नै स्थगित भएको थियो । माओवादी नेताहरूले अर्धभूमिगत कार्यक्रम गरे पनि आङ्खनो आन्दोलनलाई ‘जनयुद्ध’ नभई ‘जनविद्रोह’ नै भएको बताएका छन् । पार्टीको सातौं महाधिवेशनले तय गरेको कार्यदिशा र पोखरा बैठकले लिएको बहिष्कार नीतिलाई आत्मसात् गरी आन्दोलनका कार्यक्रम तय गर्दै जाने बताएको छ । माओवादीले ३२ दलीय मोर्चाको नेतृत्व गरिरहेका सचिव देव गुरुङ र पार्टी प्रवक्ता पम्फा भुसालबाहेक सबै नेता अर्धभूमिगत हुने निर्णय गरेको हो । स्रोतका अनुसार पार्टीको कार्यक्रममा गिरङ्खतारी दिनुपर्ने परिस्थिति आएमा प्रवक्ता भुसाल र सचिव गुरुङले नै गिरङ्खतारी दिनेछन् । माओवादी नेताहरूले यसअघि लिँदै आएको सरकारी सुरक्षा शनिबारदेखि नै छाडेको माओवादीले जनाएको छ । माओवादीले आङ्खनो सुरक्षा जनताले गर्ने भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक नभएको’ भन्दै फिर्ता पठाएका छन् । माओवादीका सबै नेताहरूले मोबाइल नम्बरसमेत फेर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनीहरूले संविधानसभा निर्वाचनभन्दा केही समयअघि नै विद्रोहको उद्घोषसहित सशक्त आन्दोलनका कार्यक्रम प्रस्तुत गर्ने जनाएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक