(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131104

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा आयोजित तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

 अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा आयोजित तिहार विशेष सांस्कृतिक कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ ! आयोजित कार्यक्रम श्रीमती सुनिता पाख्रिनको सभापतित्वमा भएको थियो भने प्रमुख आतिथि महामहिम राजदुतावास श्री प्रल्हाद प्रसाई र वहाँको परिवार हुनुहुन्थ्यो |त्यस्तै गरि अतिथिहरुमा इजरायलमा रहेका विभिन्न संघ संगठनका प्रतिनिधिहरु रहनुभएको थियो, राजदुतावास बाट पाल्नु भएको प्रमुख अतिथिले मन्तव्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा
दिदीबहिनीहरुलाई दीपावलीको शुभकामनाको साथै अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाको नयाँ गठित पदाधिकारी ज्यूहरुलाई बधाई र कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो| त्यस्तै  गरि संस्थाको अध्यक्ष  एवम सभापतिले अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाको  पदाधिकारीहरु र कलाकारहरु पूर्ण जिम्मेवारी र  उत्साहका साथ कार्य गर्ने अठोट गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दीपावलीको शुभकामना ब्यक्त गर्दै पहिलो चरणको कार्यक्रम बिसर्जन गरिएको थियो | 
              आयोजित कार्यक्रम दुई चरणमा छुटाएर संचालन गरिएको थियो| जसमा पहिलो चरणको औपचारिक  कार्यक्रम  संस्थाको  नृत्य विभागको सबिना खड्काले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको  सांस्कृतिक एवम मनोरन्जनात्मक  कार्यक्रम संस्थाको महासचिब उर्मिला लामा र सचिव  चन्द्र माया बोम्जनले संचालन गर्नु भएको थियो |

















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक