20131108

विद्यालयलाई अमेरिकाबासी नेपालीको साथ र सहयोगबाट मुलुककै लागि गौरवशाली ज्ञान मन्दिर बनाउने प्रतिवद्धता

नेपाल मदर डट कम का तर्फबाट हेम सरिता पाठक प्रतिस्ठानलाई यस सर्हानिय कार्यका लागि बधाई
अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक एकेडेमीले आयोजना गरेको एक कार्यक्रममा आधा घन्टाकै अवधिमा ८४ हजार डलर संकलन भएको छ । काठमाडौंको बज्रयोगिनी गाविसस्थित अग्रतारा निमाविका लागि सहयोगार्थ आयोजित सामाजिक योगदान कार्यक्रममा उक्त रकम संकलन भएको हो । सामाजिक कामका लागि एउटै कार्यक्रमबाट यति धेरै रकम संकलन भएको यो पहिलो पटक हो ।  हेम–सरिता पाठक एकेडेमीले दुई वर्षअघि राजधानीमै रहेर पनि दयनीय अवस्थामा रहेको उग्रतारा निमाविलाई नमूना विद्यालय बनाउने जिम्मेवारी लिएको थियो । एकेडेमीका प्रमुख संरक्षक हेमप्रसाद पाठकले सो विद्यालयलाई अमेरिकाबासी नेपालीको साथ र सहयोगबाट मुलुककै लागि गौरवशाली ज्ञान मन्दिर बनाउने प्रतिवद्धता र परिकल्पना बोक्नु भएको छ । दुई वर्षको बीचमा आफ्नो निजी सामाजिक लगानीबाट उल्लेख्य सुधार र पूर्वाधार तयार पार्नु भएका पाठकको यो अभियानमा अमेरिकावासी नेपालीहरुले उत्साहजनक साथ दिएका छन् । निवास्वार्थ सामाजिक भावना र लक्ष्यमा साथ दिनेहरुको कमी हुँंदैन भन्ने उदाहरण विद्यालय सञ्चालनका लागि भएको कोष निर्माण कार्यक्रममा भएको सहयोगले प्रमाणित गरेको छ । यो रकमले सन् २०१४ सम्म विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यालयको शैक्षिक गुणस्तर विकास तथा विपन्न बालबालिकाका लागि निःशुल्क पठनपाठनको प्रवन्धका लागि खर्च गरिने एकेडेमीले जनाएको छ । एकेडेमीका प्रमुख संरक्षक हेम पाठकले विद्यालय सहयोगका लागि एकैछिनमा यतिधेरै रकम संकलन
हुनुले आफूलाई उत्साहित मात्र होइन भावुक समेत बनाएको प्रतिक्रिया दिनु भएको छ । धर्तीआवाज अनलाइनसँग कुरा गर्दै पाठकले भन्नुभयो, ‘एकेडेमी र मप्रति अति ठूलो विश्वासका साथ अमेरिकाबासी दाजभाइ दिदीवहीनीहरुको सहयोगलाई सबैका लागि प्रेरणा र हौसला हुने गरि खर्च गरिने छ ।’ उहाँले विदेशमा रहेका नेपालीहरुमा आफ्नो राष्ट्रप्रति निकै ठूलो माया र सहयोग गर्ने भावना छ भन्ने पनि यो सहयोगले प्रामाणित गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामाजिक कामका लागि हामी आफ्नो पसिनाको मूल्यमात्र होइन जीवनकै मूल्य सर्मपण गर्ने लक्ष्य लिएर हिडेका छौं ।’ हेम–सरिता पाठक एकेडेमीले दुई वर्षदेखि सो उग्रतारा निमाविको सञ्चालनको जिम्मेवारी लिएको छ । यो जिम्मेवारी अन्तर्गत दुईजना अतिरिक्त शिक्षक नियुक्त गरी उनीहरुको तलबभत्ताको व्यवस्था, विद्यालयका सरकारी शिक्षकहरुलाई अतिरिक्त मेहनत, इमान्दारी र समयसमेत प्रयोग गरी अध्यापन गराउने शर्तमा उनीहरुले खाइपाई आएको तलवमा दश प्रतिशत भत्ताको व्यवस्था, शौचालय र सरसफाइको व्यवस्था, विपन्न बालबालिकाका लागि निःशुल्क पाठ्यसामग्री प्रदानजस्ता काम भएका छन् । यी कार्यक्रमको निरन्तरताका अतिरिक्त यस वर्ष विद्यालयका लागि आवश्यक भवन, पुस्तकालय र खेलकुद मैदान निर्माण आदि काम आरम्भ गरिने भएको छ । यो विद्यालयलाई गुणस्तर, भौतिक पूर्वाधार, अनुशासन र समाजिक कार्यका हिसाबले देशकै नमूना र प्रेरणा बनाउने लक्ष्य एकेडेमीले लिएको छ । कार्यक्रममा ईण्डियन अमेरिकन ब्यवसायीहरु अम्बीर अली र यासीर महमदले क्रमश ३० र १५ हजार अमेरिकन डलर सहयोग गर्नुभएको थियो । नेपाली समाजसेवी तथा ब्यनेपाल मदर डट कम का तर्फबाट हेम सरिता पाठक प्रतिस्ठानलाई यस सर्हानिय कार्यका लागि बधाई वसायीहरु बाला घिमिरे र मणी प्रधानले प्रतिष्ठानलाई १०( १० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो । त्यस्तै सानुबाबु सिलवाल, दुर्गा दाहाल, शिमा, आशिष कट्टेलले ५(५ हजार अमेरिकन डलर सहयोग गर्नुभएको थियो । जेनी पाठक र दिपक हुमागाइँले १(१ हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो । पदम ठकुराशी, हिमेश वली र राजन रिजालले ५(५ सय डलर सहयोग गरेको एकेडेमीले जनाएको छ । त्यसैगरी प्रदिप पराजुली, प्रशन्न ढुंगाना र सुनिल सिटौलाले २(२ सय अमेरिकन डलर सहयोग गर्नुभएको थियो ।


बितेका तीन हप्ता मेरा लागि जीवनको एक महत्वपूर्ण घडी
- सानुबाबु सिलवाल 
 बितेका तीन हप्ता मेरा लागि जीवनको एक महत्वपूर्ण घडीको रुपमा अंकित हुने भयो । महत्वपूर्ण यस मानेमा कि एकातिर यसले जीवनमा एउटा गहकिलो छाप स्थापित गर्यो भने अर्कातिर मानव भएर मानवीय उत्तरदायीत्व र भावनालाई एउटा राम्रो पाठ मात्र सिकाएन, यसबाट मनकारी मानवहरुको भित्री इच्छा र चाहनालाई राम्रोसँग अध्ययन गर्ने मौका पनि मिल्यो । पहिलो प्रसंगः– यहीँबाट सुरु गरौं कि, एउटा होनहार युवा, मेरा अनन्य भाइ–धर्म भट्टराई । जसलाई मानिस हरि दाइ भन्दारहेछन् । हाल उनी संयुक्त राज्य अमेरिकाको मिचिगन राज्यमा बस्छन् । नेपालको पहाडी जिल्ला गोरखा हुँदै संयुक्त राज्य अमेरिकासम्मको जीवन–यात्राका दौरानमा उनले समाजलाई दिन खोजेको सन्देश र योगदान मेरा लागि सधैं स्मरणीय रहने भएको छ । दोश्रो प्रसंगः– एउटा समाजसेवी, व्यवसायी तथा पूर्व सञ्चारकर्मी, जसले नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट जिन्दगीको लामो यात्रा पार गर्दै अमेरिकाको टेक्सास राज्यमा आफूलाई स्थापित गर्न सफल भए, उहाँ अर्थात् मेरा अनन्य मित्र हेम पाठक । अब पहिलो प्रसंगतिरै जाऔं । एक दिन भाइ धर्म (जसलाई अनौपचारिक र साहित्यिक रुपमा हरिदाइ भन्दा रहेछन् ।) ले फोन गरे । सायद, अक्टोबरको पहिलो साता हुनुपर्छ । उनको आग्रह थियो–‘सानुदाइ मिचिगन आइदिनुप र्यो ।’ मैले सोधेँ–‘त्यस्तो विशेष केही छ र ?’ मेरो वाक्य पूरा हुन नपाउँदै उनले भनिहाले–‘सानुदाइ, मैले सामाजिक र राजनीतिक विकृतिलाई औंल्याउँदै मेरा भावनालाई कवितामार्फत् पोखेको छु । त्यसलाई ‘बाले भन्थे’ नामक कविता संग्रहको रुपमा ल्याएको छु । त्यसलाई विमोचन गर्ने कार्यक्रम छ । मैले प्रेमराजा महत दाइलाई पनि बोलाएको छु, आइदिनुहोला ।’ उनको थप जानकारी दिए–‘मैले कार्यक्रमका क्रममा मिचिगन क्षेत्रमा बस्ने सम्पूर्ण नेपालीहरुका लागि सांस्कृतिक कार्यक्रम पनि राखेको छु ।’ उनको यस्तो आग्रहपछि मैले भनें–‘भाइ धर्म, म तिमीलाई प्रोत्साहन र उत्प्रेरणा दिन जसरी पनि आइपुग्नेछु ।’ त्यसैले म अक्टोबरको १८ तारिख बिहानै नर्थक्यारोलिनाबाट मिचिगनतर्फ लागेँ । मेरो अर्को खुसीको कुरा मिचिगनमै मेरा आदरणीय दाइ प्रेमराजा महतसँग पनि भेट भयो । जसले महावाणिज्यदूतमात्र नभई अमेरिकामा नेपाली समुदायको अभिन्न अंगका साथै नेपाली संस्कृतिलाई प्रवद्र्धन गरिरहनुभएको छ । कार्यक्रमका क्रममा मिचिगन क्षेत्रमा रहेका अधिकांश नेपाली दाजुभाइ, दिदीबहिनीहरुसँग भेटघाट गर्ने मौका पनि मिल्यो । त्यसमा पनि गीतकार बुद्धि बस्याल, स्थानीय दिलिप केसी, बिपिन श्रेष्ठलगायतका थुप्रै आत्मीय मित्रहरुसँग भेट भयो । समग्रमा कार्यक्रम उत्साहजनक रह्यो । भाइ धर्मको कविता संग्रहलाई दाइ प्रेम र मैले संयुक्त रुपमा विमोचन ग¥यौं । त्यस क्रममा धर्मले गरेको कविता वाचनले जीवनभर भुल्न नसक्ने गरी छाप बसायो । धर्म भट्टराई, जो मिचिगनमा सानोतिनो व्यवसाय चलाएर रोजीरोटी गरिरहेका छन् । उनले यसरी कमाएको थोरै पैसाबाट गोरखा जिल्लाको ग्रामीण भेगका असहाय र विपन्न वर्गका बालबालिकालाई सहयोग गर्ने गरी हरेक वर्ष ५० हजार रुपैयाँ सहयोगको घोषणा पनि गरे । समाजका विकृति र विसंगतिलाई उनले साहित्यमार्फत् मात्रै पोखेनन्, आफ्नो औकातले भ्याएसम्म समाजका दुःखीहरुका लागि केही सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले प्रतिबद्धता मात्रै ब्यक्त गर्दैनन्, कमाएको पैसामध्येको केही रकमबाट नेपाली समाजमा सन्देशसहित योगदानसमेत पुर्याउँदै आएका छन् । उनको यो कार्यले मेरो मन छोयो । समाजमा काटमार छ । समाज यति विभाजित र द्वन्द्वमा फसेको छ कि यो नियतिले प्रगति र परिवर्तनलाई सधैं गाँजिरहेको छ । यसमा पनि नेपाली समुदायको त झन् बेग्लै कथा छ । यस्तो विभक्त समाजलाई उनले आफ्नो तप्काबाट सहयोगमात्र गरेनन्, ‘हरिदाइ’ले समाजमा श्रोत र साधनबाट सम्पन्न तर स्वार्थी र मानवीय उत्तरदायीत्व बुझ्न नसकेको सम्पन्न तह र वर्गलाई राम्ररी झापड हान्न भ्याएका छन् । नयाँ मानिस, जो मिचिगन क्षेत्रमा आउँछन्, उनीहरुका लागि खाने, बस्ने र काम गर्न सक्नेसम्मको बनाउने तथा मर्दा र पर्दाको सहयोग र सदभावलाई बुझेका भाइ धर्म मिचिगनमा मात्र होइन, अमेरिकाका र नेपालमा पनि चर्चित छन् । उनलाई मेरो तर्फबाट उत्तरोत्तर प्रगति र निरन्तरताको कामना छ । अब अर्को प्रसंग । जसको बारेमा उल्लेख गर्दा मन सन्तुष्ट हुन्छ र सान्त्वना मिल्दछ । पूर्वसञ्चारकर्मी तथा समाजसेवीमात्र होइन टेक्सास राज्यको अस्टिनका व्यवसायी हुन्–हेम पाठक । उहाँलाई चिन्ने, जान्ने र उहाँबाट सेवा प्राप्त गरेका वर्गहरुले ‘हेम बा’ भन्न रुचाउँदा रहेछन् । जो ब्यवसायबाट कमाएको पैसा भविष्यका लागि जोहो गर्ने र आफ्नो परिवार र आर्थिक हैसियत उकास्नेतिर नलागी आफ्नो छाक काटेर समाजको निमुखा वर्गको उत्थानमा अग्रसर छन् । अघिल्लो हप्ता टेक्सासको अस्टिन पुगेपछि मैले उनै हेम बा बाट धेरै पाठ सिक्ने मौका पाएँ । दाइ प्रेमराजा महतले भन्नुभएको थियो–‘भाइ सानु तपाईंलाई हेमजीको फोन आउँदैछ ।’ नभन्दै भोलिपल्ट उनै हेम बाको फोन आयो र शुभकामना आदान–प्रदान कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रण गरेपछि मैले सोच्दै नसोची हुन्छ भनिदिएँ । र, म नोभेम्बर–१ तारिख बिहानै नर्थक्यारोलिनबाट टेक्सासको अस्टिनतिर लागेँ । अस्टिनबासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुसँग भेट हुँदा मैले नेपाल बिर्सिएँ । कार्यक्रममा आफ्ना विचार र अनुरोधहरुलाई सबैका सामु प्रस्तुत गर्दागर्दै महसुस भयो–‘आउँदा दिनमा हामी समाजलाई बदल्न सक्छौं ।’ हेम पाठक, सरिता भाउजू र छोरीहरुको न्यानो आतिथ्यतासँगै दाइ प्रेमराजा महत र क्यालिफोर्नियाबाट आउनुभएका दाइ दुर्गा दाहालसँगको बसाइ अत्यन्तै सुखद भयो । दोश्रो दिन अर्को कार्यक्रम रहेछ–हेम–सरिता फाउण्डेशनको भेटघाट । कार्यक्रममा भेला भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुको उच्च भावना, समाजप्रतिको उत्तरदायीत्व र प्रतिबद्धताले वास्तवमै धेरै प्रभावित बनायो । हेम–सरिता फाउण्डेशन परिवारको नेतृत्व भए पनि फाउण्डेशनले सम्पूर्ण समाज, उत्पीडित समुदाय र समाजको विकृति, विसंगति र भ्रष्टाचारलाई आधार बनाएर काम गरिरहेको छ । र, यो सम्पूर्ण नेपालीको संस्थाका रुपमा स्थापित छ । हेम–सरिता फाउण्डेशनले विगतमा गरेका सामाजिक गतिविधि र भविष्यको यसको प्रतिवद्धता हेर्दा मलाई लाग्यो, इमानदार, स्वच्छ र मन भए हामीले समाजलाई धेरै कुरा दिन सक्ने रहेछौं । फाउण्डेशनले भ्रष्टाचार निवारण, शैक्षिक क्षेत्र र समाज परिवर्तनका लागि अग्रगामी भूमिका निर्वाह गर्ने जुन उद्धेश्य बोकेर काम गरिरहेको छ, यसबाट के देखियो भने समाजमा इमानदार भएर काम गरेमा श्रोत र साधनको खाँचो नहुने रहेछ । बडो अचम्मको कुरा के भने जम्माजम्मी ३० मिनेटको दौरानमा फाउण्डेशनका लागि शैक्षिक निर्माण र गरीव जेहेनदार विद्यार्थीहरुको क्षेत्रमा काम गर्न ८५ हजार डलर जम्मा हुन सक्यो । यो शायद सामाजिक क्षेत्रमा हेम–सरिता फाउण्डेशनको मात्र नभएर सम्पूर्ण नेपाली संस्था र नेपाली समुदायका लागि खुसी र उत्प्रेरणाको कुरा हो । जसरी हेम पाठक र उहाँको परिवारले आफ्नो व्यवसायबाट आफ्नो छाक कटाएर समाजसेवा गर्ने प्रतिबद्धता गरेको छ, त्यसले समाजलाई नैतिक शिक्षा त दिएको छ नै । सँगसँगै समाजसेवाका लागि श्रोत, साधन र क्षमता भएका समुदायलाई उत्प्रेरणा र झक्झक्याउने काम पनि गरेको छ । नेपालको विकास, समृद्धि र आर्थिक स्वतन्त्रताको बाधक भ्रष्टाचारलाई न्यूनीकरण गर्न यस फाउण्डेशनले पुर्याएको योगदान, सन्देश र प्रतिबद्धतालाई कदर गर्नैपर्छ । त्यसो भएमा आगामी दिनमा उहाँहरुको थप सक्रियता र निरन्तरताको अपेक्षा गर्न सकिन्छ । अमेरिकामा व्यवसाय गरी आम्दानीबाट नेपालको पिछडिएका समुदायको हक–हितमात्रै नभएर उनीहरुलाई प्रत्यक्ष राहत दिने जुन जमर्को फाउण्डेशनले गरेको छ । त्यसप्रति हेम पाठक र उहाँको परिवार धन्यवादको पात्र हुनुहुन्छ । म आउँदा दिनमा उहाँहरुको मनकारी भावनाको निरन्तरताको कामना गर्दछु । अन्त्यमा, भाइ धर्म भट्टराई (हरिदाइ) र मित्र हेम पाठक (हेम बा) लाई मेरो सलाम । (लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपसभापति र अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक