20131106

ज्यानमारा माओवादी बाल कृष्ण ढुँगेलको उमेदवारी निर्वाचन आयोग द्वारा खारेज

 प्रचण्डले भने "झापामा हात्ती आतंक रोक्ने भए माओवादी लाई बहुमत चाहिन्छ!"  
निर्वाचन आयोगले एमाओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुंगेलसँगै उशा शाह फकिरको उम्मेदवारी रद्द गरेको छ । 
balkrishnaसमानुपातिकका उम्मेदवारहरुबीच परेको उजुरीको छानविनपछि आयोगले बुधबार ढुंगेल र फकिरको उम्मेदवारी रद्द गरेको हो । ‘ढुंगेललाई सर्वोच्च अदातलबाट ज्यानसम्बन्धी दोषी ठहर गरकाले आयोगले संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० को दफा १९ को (ङ) बमोजिम उम्मेदवार हुन अयोग्य देखिएकाले ढुंगेलको उम्मेदवारी रद्द गरी निजको नाम समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ’ आयोगले भनेको छ । यससँगै एमानुपातिक निर्वाचन प्रणाली अन्तरगत एमाओवादीका २ सय ३३ जना मात्र उम्मेदवार भएका छन् ।
सर्वश्वसहित जन्मकैदको सजाय पाएका ढुंगेल उम्मेदवारका लागि अयोग्य भएको दावी गर्दै एमालेका समानुपातिक उम्मेदवार रामकुमारी झाँक्रीले उजुरी दिनु भएको छ । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।
यस्तै राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेकी फकिरविरुद्ध मोहम्मद जाकिर हुसैनले आयोगमा उजुरी परेको थियो । सरकारी सुविधा लिइरहेको हुँदा फमिरको उम्मेदवारी रद्द गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगमा उजुरी परेका माओवादीकै धनमाया विक खनाल, हरिराम श्रीपाइली र अनिताकुमारी परियार, लिग नेपाल शान्ति एकता पार्टीका उम्मेदवार विमला लक्ष्मी शाह र समाजवादी जनता पार्टीका रिता थापामगरको
उम्मेदवार भने कायमै रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार दलहरुले पेश गरेको बन्द सूचीमा समावेश भएका उम्मेदवार मध्ये ८३ जनाको नाम मतदाता नामावलीमा नाम समावेश छैन । यस्तै नपुगेका उम्मेदवार १ सय ४८ भन् भने १९ जनाको नाम प्रत्यक्ष र समानुपातिक दुबैमा छ । ८२ जनालाई एक भन्दा बढी राजनीतिक दलले समानुपातिकको बन्दसूचीमा राखेका छन् ।
सम्बन्धित दल र उम्मेदवारलाई आफ्नो भनाइ पेश गर्न २०७० साल कात्तिक २४ गतेसम्मको मौका दिइएको छ । अयोग्य उम्मेदवारको उम्मेदवारी आयोगले निर्वाचन पूरा नहँुदै जुनसुकै अवस्थामा पनि रद्द गर्नसक्ने छ । त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित दल र उम्मेदवारलाई आफ्नो भनाइ पेश गर्ने मनासिव मौका दिनुपर्ने व्यवस्था रहेअनुसार सम्बन्धित दल र उम्मेदवारलाई पत्राचार गरिएको आयोगले जनएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले झापाको काँकडभिट्टामा बुधबार बिहान मेची–महाकाली राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै आफ्नो पार्टीलाई बहुमत दिलाए नयाँ बन्ने सरकारले  झापामा भइरहेको हात्ती आतंक नियन्त्रण गर्ने बताउनुभएको छ । आफ्नो पहाडदेखि तराईसम्म आफ्नो दलप्रति जनलहर उर्लिएको भन्दै प्रचण्डले दुई तिहाइ बहुमत पाए सहजै संविधान बन्ने बताउनुभएको छ ।
अघिल्लो चुनावमा एमाओवादीले बहुमत नपाएकाले आफ्नो सरकारले बजेट ल्याउन नपाएको भन्दै दुई तिहाई बहुमत दिए सहजै संविधान बन्ने प्रचण्डले बताउनुभयो । झापाको बाहुनडाँगी, मेचीनगर र शान्तिनगर लगायतका स्थानमा भारतीय सीमाबाट आएका हात्तीले दुःख दिने गरेको र आफ्नो सरकार बनेको खण्डमा भारतसँग कुटनीतिक कुरा गरेर हात्ती नियन्त्रण गरिने उहाँले झापावासीलाई आश्वासन दिनुभयो ।
मधेसमा आफ्नो चुनावी प्रभाव विस्तारका लागि शुरु गरिएको अभियानको पहिलो दिन एमाओवादीका शीर्षनेता सम्मिलित सभामा प्रचण्डले स्थानीय एजेन्डालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुभयो । उहाँले चिया मजदुरहरुको समस्या, सुकुम्वासीहरुको समस्या र काँकडभिट्टाको शहरीकरणबारे आफ्नो सरकार बनेमा काम गरिने बताउनुभयो ।
झापाका एमाओवादीका सातै क्षेत्रका उम्मेद्वार र केन्द्रीय नेताहरु सहभागी कार्यक्रममा अर्का नेता डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा बन्ने सरकारले वृद्धभत्ता बढाएर मासिक २ हजार पार्ने बताउनुभयो ।
मेचीकाली अभियानः विपक्षीलाई चुनौती
एमाओवादीले झापादेखि कञ्चनपुरसम्म ५० भन्दा बढी सभाहरुको आयोजना गर्ने गरी तय गरेको यो अभियानले मधेसमा एमाओवादीको पक्षमा चुनावी लहर ल्याउने सो पार्टीका नेताहरुले अनुमान गरेका छन् । एकैदिनमा पार्टीका शीर्ष नेताको सहभागितामा एकै दिन ८ वटा सभाहरुको आयोजना गरेर एमाओवादीले आफूलाई आक्रमकरुपमा प्रस्तुत गरेको छ ।
झापा क्षेत्र नं १ का उम्मेद्वार रविन कोइरालाको गृहनगर काँकडभिट्टामै पुगेर एमाओवादीका शीर्षनेताले पूर्व एमाले कलाकार जेबी टुहुरेलाई समेत साथमा लिएर सुकुम्बासी, चिया मजदुर र हात्ती पीडित जनतालाई सम्बोधन गरेपछि यसबाट विपक्षीलाई, विशेष गरी नेकपा एमालेलाई निकै ठूलो दबाव पुगेको महसुुस झापाबासीले गरेका छन् । झापाको काँकडभिट्टा, बिर्तामोड र दमक गरी तीनवटा शहरमा आयोजित कार्यक्रमका कारण झापामा बिग्रँदै गएको एमाओवादीको अवस्थामा सुधार आउने र एमाओवादीले झापामा विगतको विरासत कायम गर्न सक्ने एमाओवादी कार्यकर्ताको दाबी छ ।
एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीको चुनाव क्षेत्र दमकमा आयोजित आमसभाले गोपाल किरातीको पक्षमा माहौल बनाउने र केपी ओलीमाथि चर्को दबाव दिने अनुमान धेरैले गरेका छन् । त्यस्तै मोरङको उर्लाबारीमा आयोजना गरिएको सभाले वर्षमान पुनलाई र पथरी बजारमा गरिने सभाले केन्द्रीय सदस्य कुमार पौडेललाई जित्ने वातावरण बनाउने अनुमान गरिएको छ । बेलबारीको सभाले मोरङ ३ का एमाओवादी सभासद खेमराज भट्टराई र बिराटचौकको सभाले मोरङ ८ का गोपी अछामीको पक्षमा चुनावी माहौल बनाउने दाबी गरिएको छ । इटहरीको सभाले रामकुमारी चौधरी र अन्य उम्मेद्वारलाई सहयोग पुग्ने बताइएको छ । बिराटनगरको सभाले समग्र मोरङ जिल्लामा एमाओवादीको पक्षमा जनमत आकर्षित गर्ने एमाओवादी लक्ष छ ।

निर्वाचनको प्रचारका लागि एमाओवादीले तय गरेको मेची महाकाली अभियान बुधबारदेखि काँकडभिट्टाबाट सुरु भएको हो । अभियानको सुरुवात झापाको का“करभिट्टाबाट गरिएको छ । बुधबार एकै दिन झापाको काँकडभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम तय गरिएको छ भने मोरङको उर्लाबारी, पथरी, बेलबारी र सुनसरीको इटहरीमा कोणसभा गरी मोरङको सदरमुकाम बिराटनगरमा बास बस्ने कार्यक्रम छ ।
अभियानको उद्घाटनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको उपस्थितिमा उद्घाटन गर्नुभएको छ । अभियानका क्रममा देशका विभिन्न ५० भन्दा बढी स्थानमा सभा हुनेछ । उक्त सभालाई एमाओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुनेछ । अभियानमा सांस्कृतिक टोली पनि रहेको र उनीहरुले मनोरञ्जन प्रदान गर्ने कार्ययोजना बनाइएको छ । प्रत्येक ठाउ“मा हुने सभाअघि मोटरसाइकल ¥याली गरिने कार्यक्रम छ । सभा क्षेत्रमा भएको खर्च तथा सहभागीलाई खान बस्नको व्यवस्था सम्बन्धित राज्य समितिले बेहोर्ने बताइएको छ । अभियानको समापन कात्तिक २७ गते धनगढीमा पत्रकारसम्मेलन मार्फत गरिनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक