20131223

किशुन जि को पुनर्जन्म नेपालमै होस हाम्रो कामना !

अरु जनको त कुरै छाडौँ काङ्रेसी जनहरुले नै नचिनेका, नबुझेका, नेपाली कङ्रेस का एक संस्थापक जसले जन्मे देखी आफ्नो जिबन कालको अन्त्य सम्म सधैं निस्ठाको राजनीति गरे, प्रजातन्त्रको लागि लडे । उनी गिरिजा बाबुहरु बाट लखेटीइरहे जिबन भर तर कही कतै बिचल्लीत भएनन । बिशको प्याला हाँसी हाँसी पिएर पनि सधैं देश र जनता का लागि काम गरे । बिपी, पुष्पलाल, गणेशमान, मदन भण्डारी जस्ता महान नेताहरु सँगै अबल दर्जामा दर्ज भए । नेपालको इतिहासमा प्रधानमन्त्री पद छोडदा का दिन मा पनि उही एउटा छाता र सुराही अनी पान चपाउँदै सिँहदरबार र बालुवाटार छाडेका, मरेर पनि सधैं जन जनको छाती भित्र बास बस्न सफल नेपालका एक अशल राजनेता आदरणीय श्री कृष्ण प्रसाद भट्टराई ज्यू प्रति नेपाल मदर डट कम परिवार हार्दिक श्रध्दा सुमन अर्पण गर्दछ वहाँको ९० औँ जन्म जयन्तिको अबसरमा । किशुन जि को पुनर्जन्म नेपालमै होस हाम्रो कामना । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक